×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

राष्ट्रसंघको कालो सूचिमा पर्दै सरकार, विदेशी भूमिमा पक्राउ पर्न सक्छन् मन्त्री

  •  
  • मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक खरेल

     काठमाडौं– सरकारले यातना र जघन्य अपराधसम्बन्धी गम्भीर घटनाका विषयमा संयुक्त राष्ट्रसंघमा बुझाउनु पर्ने नियमित प्रतिवेदन १२ वर्षसम्म बुझाएको छैन।

    पटक—पटक ताकेता गर्दा पनि सरकारले प्रतिवेदन नबुझाएपछि यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको कार्यालयले प्रतिवेदन नुबझाउनुको  कारण सोध्दै सरकारलाई पत्राचार गरेको थियो। सरकारले विभिन्न बाहना देखाएर पन्छिने प्रयास गरेपछि दोस्रो चरणमा ४८ प्रश्नको लेखेर पठाउँदै तिनको जवाफ माग गरेको थियो। १२ वर्ष बित्दा समेत सरकारले न प्रतिवेदन बुझाएको छ न त जवाफ नै दिएको छ।

    सो महासन्धिअनुसार अनुसार यातना र जघन्य अपराधका घटनाबारे नेपालले नियमित प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। १२ वर्षसम्म एउटा पनि प्रतिवेदन बुझाउन नसक्दा राष्ट्रसंघले नेपाल सरकारलाई पीडकको सूचिमा राख्ने खतरा बढेको छ।

    मैना सुनवार, पत्रकार डेकेन्द्र थापा र ब्यापारी रामहरि श्रेष्ठसहित धनुषा, रौतहट र कैलाली घटनाका विषयमा सोधेका प्रश्नको जवाफ सरकारले नदिएको हो। संयुक्त राष्ट्र संघको यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको नेपाल सो महासन्धिको पक्ष राष्ट्र हो।

    प्रतिवेदन नबुझाउँदा अपराधिक घटना फिर्ता लिने सरकारका मन्त्री, सेना र प्रहरीका उच्च अधिकारी तथा अाराेपीहरु महासन्धि पक्ष राष्ट्र भएका विदेशी भूमिमा पक्राउ पर्ने खतरा बढेको छ।

    सो महासन्धिअनुसार अनुसार यातना र जघन्य अपराधका घटनाबारे नेपालले नियमित प्रतिवेदन बुझाउनु पर्ने हुन्छ। १२ वर्षसम्म एउटा पनि प्रतिवेदन बुझाउन नसक्दा राष्ट्रसंघले नेपाल सरकारलाई ‘कालोसूचि’मा खतरा बढेको छ। प्रतिवेदन नबुझाउँदा अपराधिक घटना फिर्ता लिने सरकारका मन्त्री, सेना र प्रहरीका उच्च अधिकारी तथा अाराेपीहरु महासन्धि पक्ष राष्ट्र भएका विदेशी भूमिमा पक्राउ पर्ने खतरा उच्च हुन्छ।

    सरकार विगतमा बिद्रोही र सरकारबीच भएको बृहत् शान्ति सम्झौतामा रहेका प्रावधानको कार्यन्वयनलाई आधार बनाएर उम्कदै आएको थियो। हाल सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग समेत गठन भएर शान्ति प्रक्रिया लगभग टुंगिँदै गएको स्थिति छ।

    मुद्दा फिर्ताको विषयले अड्कियो प्रतिवेदन

    गृहमन्त्रालय उच्च स्रोतका अनुसार पछिल्लो समय गृहले राष्ट्रसंघले सोधेका अधिकांस प्रश्नको जवाफ तयार पारेको छ। गृहको प्रतिवेदनलाई मन्त्रिपरिषदले अस्वीकृति गरिदिएको स्रोतको दाबी छ।

    ‘तराईमा भएका सुरक्षाकर्मी हत्याका घटना, कैलाली घटना हत्याका दोषीबारेको जवाफ मन्त्रिपरिषदले स्वीकृति नदिँदा प्रतिवेदन अलपत्र परेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘यो बाहेक सरकारले विभिन्न समयमा फिर्ता लिएका जघन्य अपराधका मुद्दामा के बताउने भन्ने विषयले अप्ठ्यारो स्थिति देखिएको छ।’ राजनीतिक घटना भन्दै सरकारले विभिन्न समयमा फिर्ता लिएका ३२९ जघन्य अपराधका मुद्दामा के जवाफ दिने भन्ने विषयले सरकार अप्ठ्यारोमा परेको हो।

    यो बाहेक तत्कालीन विद्रोही नेकपा माओवादीका केन्द्रीय नेतादेखि प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारीविरुद्धका उजुरी र मुद्दाका विषयमा सोधेका प्रश्नको जवाफ दिनुपर्दा पनि सरकार अप्ठ्यारोमा परेको हो। बर्दियाबाट बेपत्ता पारिएका एकसय ५६ व्यक्तिको अवस्था, धनुषाबाट बेपत्ता ब्यक्तिको अवस्था र तत्कालिन लडाकू शिविरमा हत्या गरिएका रामहरि श्रेष्ठको विषयबारे पनि जवाफ दिन महासन्धि कार्यालयले ताकेता गरिरहेको छ।

    प्रतिवेदन बुझाउनु पर्ने जिम्मेवारी गृह मन्त्रालयको हो। गृह प्रवक्ता सहसचिव बालकृष्ण पन्थीले प्रतिवेदनका विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन्। ‘मलाई प्रतिवेदनबारे जानकारी छैन सम्बन्धित शाखामा सोध्नुस्’, नागरिकन्युजसँग उनले भने।

    सोधखोजी गर्दै संसदीय समिति

    व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले यातनाविरुद्धको महासन्धि लगायत नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताका विषयमा सोधखोज थालेको छ। समितिले पछिल्लो समय उपसमिति  गठन गरेर सम्बन्धित मन्त्रालयका सचिव र महाशाखा हेर्ने सहसचिवसँग सोधखोज गरेको हो।

    ‘सरकारले प्रतिवेदन नबुझाउँदा घटनाका आरोपी विदेश भ्रमणमा जाँदा पक्राउ पर्ने सम्भावना हुन्छ। पक्ष राष्ट्रले नै पीडकलाई संरक्षण दिएको उजुरी परे मुद्दा फिर्तामा संलग्न सरकारका मन्त्री नै पक्राउ पर्न सक्छन्।’

    समितिका सभापति सुशीलकुमार श्रेष्ठले संक्रमणकालीन अवस्थामा न्याय र मानवअधिकारका विषयमा छलफल र सोधखोज गरेपनि समस्याको चुरो बाहिर आउन नसकेको बताए।

    उनले भने ‘यो देशेकै प्रतिष्ठाको विषय बन्यो। हामीले उपसमिति नै बनाएर मन्त्रालयका जिम्मेबार अधिकारीसँग सोधखोज गरेका छौं। अब आयोग र मन्त्रीलाई बोलाउने तयारीमा छौं।’

    न्याय तथा अधिकार संस्था–नेपाल (जुरी नेपाल) का अध्यक्ष राजु चापागाईं महासन्धिको नेपाल पक्ष राष्ट्र भएकाले त्यसमा उल्लेख भएका प्रावधान नेपालका लागि कानुन सरह हुने बताउँछन्। ‘नियमित प्रतिवेदन नै नबुझाउन गम्भीर लापरवाही हो’, उनले भने, ‘सरकारले प्रतिवेदन नबुझाउँदा घटनाका आरोपी विदेश भ्रमणमा जाँदा पक्राउ पर्ने सम्भावना हुन्छ। पक्ष राष्ट्रले नै पीडकलाई संरक्षण दिएको उजुरी परे मुद्दा फिर्तामा संलग्न सरकारका मन्त्री नै पक्राउ पर्न सक्छन्।’

    १२ वर्षदेखि एउटा प्रतिवेदन पछ्याउँदै राष्ट्रसंघ

    यातनाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएकाले नेपालले चार–चार वर्षमा यातनासम्बन्धी देशमा भएका घटनाको तथ्य र कारणसहित खुलाएर प्रतिवेदन बुझाउनु पर्छ। नेपालले २०६१ पछि कुनै प्रतिवेदन पठाएको छैन।  २०४८ बैशाख १ मा पक्ष राष्ट्र बनेको नेपालले महासन्धी अनुसार बनाउनुपर्ने कानून समेत संसदमै बिचाराधिन छ।

    नेपालले पक्ष राष्ट्र बनेयता पुस १, २०५० मा प्रारम्भिक प्रतिवेदन र माघ १, २०६१ मा नियमित प्रतिवेदन बुझाएको थियो। महासन्धि कार्यालयले तेस्रो, चौथो र पाँचौ प्रतिवेदनका लागि ताकेता गर्दै आएको हो।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.