×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कांग्रेस नेता रविन्द्रको हत्या विप्लवका कार्यकर्ताको योजनामा : प्रहरी

  •  
  • मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • रविन्द्र शाह हत्या प्रकरण
    – भीमबहादुर सिंह, जाजरकोट

    चैत्र २२, २०७३- कांग्रेस युवा नेता रविन्द्रशम्शेर शाहको हत्या विप्लव माओवादी कार्यकर्ताले गरेको खुलासा भएको छ । आर्थिक लेनदेन तथा चन्दा नदिएको निहुँमा विप्लव निकट कार्यकर्ताले शाहको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

    प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत शाह हत्या घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीले पत्रकार सम्मेलन कार्यक्रममा हत्यामा संलग्न मध्येका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको हो ।

    हत्या योजनाकार तथा घटनामा संलग्न संकित भनिएका सिंह र रानाले अपराध स्वीकार गरेको प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले बताए । हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिंह भनिने इन्द्र शाही, अभिषेक भनिने दिर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका एक व्यक्तिको खोजी भैरहेको भेरी अञ्चल प्रमुख शाहले बताए । पक्राउ परेका र फरार रहेका सबै विप्लव नेतृत्वको माओवादी सम्बद्ध कार्यकर्ता भएको प्रहरी वरिष्ठ उपरिक्षक शाहले बताए ।

    विप्लव माओवादी निकट कार्यकर्तालाई चन्दा तथा अन्य सहयोग गर्न अस्विकार गर्नु, गत पुसमा पाँचतारा युवा संरक्षण मञ्चको खलंगा स्थित कार्यालयमै चन्दा विषयमा मृतक शाह र विप्लव कार्यकर्ताबीच हात हालाहाल हुनु, गत आर्थिक वर्ष ढिमे सिंचाई कुलो निर्माण ठेक्कामा बलबहादुर मल्ल ‘पौरख’ लाई सहमति भए अनुरुपको रकम नदिनु, शाहको बलियो राजनीतिक पहुँच रहनु, ठेक्का व्यवसायमा शाहको वर्चश्व बढ्नु लगाएत हत्याका मुख्य कारण भएको प्रहरी वरिष्ठ उपरीक्षक शाहले बताए ।

    मृतक तथा शंकास्पद व्यक्तिको मोवाइल नम्बरको कल डिटेल्स अध्ययन, हत्या आशंकामा नियन्त्रणमा लिएका शंका गरिएको व्यक्तिमा पोलीग्राफ परीक्षणलगाएत अनुसन्धानबाट हत्याराको पहिचान भएको प्रहरी वरिष्ठ  उपरिक्षक शाहले बताए ।

    योजनाकार तथा घटनामा संग्लग्न व्यक्तिले शाहको हत्या योजना भेरी गेष्ट हाउस ठाँटीबजार, खलंगा बुनेको उनले बताए । प्रहरीले शाह हत्यामा संग्लग्न भएको आशंकामा १३ जनालाई नियन्त्रण लिएको थियो । आवश्यक अनुसन्धान पश्चात ५ जनालाई छाडिएको अन्य ८ लाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको प्रबउ शाहले बताए ।

    इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेर भए पनि हत्यारालाई पक्राउ गरीने शाहले बताए । गत १५ गते अपरिचित व्यक्तिको समूहले भेरी नगरपालिका–३, थाप्ले निवासी कांग्रेसका युवा नेता तथा समाजसेवी ३६ वर्षीय शाहको हत्या गरेका थिए ।

    शाह नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष पनि थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.