नरेन्द्र ढकाल
मैले त यसालीको चुनावमा युवा उम्मेदवारलाई भोट दिने निर्णय गरेँ । सिरान्चोक गाउँपालिकाको बिकास र समृद्धिको स्पष्ट खाका सहित उम्मेदारी दिएका एक युवाले मेरो महत्वपुर्ण एक भोट पाउँनेछन् । झण्डै २० वर्ष पछि स्थानिय तहको चुनाब हुन लागेको छ, त्यही पनि संघिय ढाँचामा, खुसिको त सिमा छैन् । पहिले गाविसको चुनाब हुँदा म सानै थिए । पल्लाघर माईला बाले सदस्य पदमा चुनाव जित्नु भयो भन्दै बाजा बजाएर अबिर जात्रा गर्दै गाउँ घुमाएको याद छ । माईला बा त बित्नु भयो, माईली आमालाई अझै पनि गाम भरीका मान्छेले सदस्यिनी भनेर बोलाउँछन । त्यस पछि त अहिल्यै हो स्थानिय चुनाब हुन लागेको ।अब त हाम्रा गाउँले पनि आफ्नै जनप्रतिनिधि पाउँने भयो जनप्रतिधि भए पछि हाम्रा समस्याहरुलाई बुझेर काम गर्छन अनि त कसोे विकास नहोला र गाउँको?कहिले बैशाख ३१ आउला अनि महेन्द्र लिला मावि केन्द्रमा गएर ति भाग्यमानी युवा उम्मेदारलाई निर्धक्क सँग भोट हाल्न पाउँला भन्ने लागि रहेको छ ।
नेपाली राजनितिमा धेरै आन्दोलनहरु भए, व्यवस्थाहरु फेरिए, तर नेतृत्व भने सधै उही रह्यो । ७ साल, १७ साल,३५ साल,४६/४७, ६२/६३ नेपाली राजनितिमा व्यवस्था परिवर्तनका हिसाबले सबै भन्दा बढि चर्चित र महत्वपुर्ण वर्ष रहे । जहानियाँ राणा शासन, बहुदल,शाह वशंकोे एकलौटी शासन, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्था, संघियता सहितको लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि तिनै पनि हजुरबुबाहरु पोल्टामा छ नेपाली राजनितिको ताला चापी । उनीहरुको सुझ बुझ हो या सत्ता मोह हरेक व्यवस्था परिर्वतन सँगै घिसारिदै भए पनि डाडु पनियो समाउन भने उनीहरु नै आइपुग्छन । नेपालको राजनिति आफ्नै बाउको बिर्ता ठान्नेहरु यमराजको घर नजादा सम्म अर्कोलाई पालो दिने होइन क्यारे ।
नेपालको विकास र समृद्धिलाई गति दिन नसकेका थोत्रा गाडीहरु नै फेरी नयाँ यात्रामा निस्कने खतरा बढेको देखेको छु । प्रधानपञ्च, गाविस÷वडा अध्यक्ष र नगरपालिकाका प्रमुख भईसकेकाहरु फेरी गाउँपालिका तथा नगरपालिको नेतृत्वमा पुग्ने होडबाजीका साथ उम्मेदवारी घोषणा गर्न थालेका छन । प्रचुँर सम्भावनाहरु भए पनि आर्थिक रुपमा फड्को मार्न नसेको हाम्रो देश नेपालमा सधै अधिकार प्राप्तीको आन्दोलन मात्र भईरहे । झण्डै ८० वर्ष नेपालले अधिकार प्राप्तीको आन्दोलनमा खर्च गरिसक्यो । हरेक व्यवस्था परिर्वतन सँगै,सधै भन्ने गरिन्छ नेपालमा उत्कृष्ठ संविधान बन्यो, जनता अधिकार सम्पन्न भए, अब देशले आर्थिक बिकास र समृद्धिको बाटो लिन्छ । तर त्यो कुरा कहिल्यै व्यवहारमा परिर्वतन भएन फगत ती त राजनिति दलका गरि खाने भाँडा मात्र भए ।
अहिले जताततै स्थानिय तहको निर्वाचनको चर्चा भइरहेको छ । दलहरुले पनि चुनाबी अभियान सुरु गरेको देखेको छु । नेताहरुले फेसबुकका भित्ताहरुमा चुनावी अभियान भन्दै फोटो राख्न थालेको पनि एक महिना हुन लाग्यो । सधै जसो सदरमुकामका चोकहरुमा, चिया तथा भट्टी पसलहरु र सरकारी कार्यलयका हाकिमहरुका कोठा हुने पुगेर खोक्रा आडम्भर देखाउने नेताहरु अहिले सबै दुलो पसिसेका छन् । गाउँ गाउँमा चहलपहल सुरु भएका छ भने सदरमुकाम अहिले प्राय सुन्सान छ । घर आमा भन्दै हुन्थ्यो भोट माग्न दिनहुँ हुल मानिस आउँछन कस्लाई दिने हो बाबु भनेर । जसलाई दिन मन छ उसैलाई दिनुहोस् भनेको भनेँ । सुन्तली उठ्छु भनेकी छ उसैलाई दिनु पर्ला भन्दै हाँस्नु भयो । सुन्तली नै किन त आमा भनेर सोधेको त,पढे लखेकी छ,महिला पनि भई, भर्खर की पनि छ भन्दै फोन राखिदिनुभयो ।
२० वर्ष यता सदरमुकाममै बसेर केन्द्र देखि गाउँ सम्मको नेता कार्यकता रिझाएर जनताको आँखामा छारो हाल्न भ्याएकाहरु नेताहरु पनि अहिले भने गाउँ छन रे । होटलबाला साईलादाई हिजो फोनमा भन्दै हुनुहुन्थ्यो दिनमा १० टोली आउँछन् ४०÷५० किलो बोइलर र एक डडम त एक दिनमै सकिन्छ । गाउँमा आजकल निकै रमाईलो छ रे जताततै पार्टी पिच्छेका झण्डा राखिएको छ रे । दिन दिन चुनाव प्रचारको कार्यक्रम हुन थाल्या छ रे । युवा उम्मेदवारकै कार्यक्रममा धेरै मान्छे हुन थाले बुढाको त दिन गएछ भाषण सुन्न हर्मी भञ्जाङ पुग्नु भएको हजुरबाले फोनमा भन्नुभयोे । प्रधानपञ्च पनि तिनीहरु नै भए, गाविस अध्यक्षको चुनाब पनि नै जिते, २० वर्ष सम्म संयन्त्र÷परामर्श समिति भनेर बसे अब नी कति भोट दिनु तिनिहरुलाई मात्र ।
गोरखामा अहिले सम्म कुनै पनि दलले आधिकारी उम्मेदवार त घोषणा गरिसकेको छैन । तर पुरानै अनुहारहरु मतदाता रिझाउन व्यस्त भएको देखेको छु । नेपाली राजनितिको पुराना दल काग्रेस,राप्रपा, एमाले देखि माओवादी केन्द्र हुँदै नयाँ शक्ति नेपाल सम्म आईपुग्दा युवा नेतृत्वको पंत्ती निकै कम छ । तिनै पुराना मक्एिका बुढाहरुले काँधमा थापेको मुलकले गति लिन सकेको छैन । फेरी पनि तिनै अनुहार नेतृत्वमा आउने हो भने नेपाली जनताले के अपेक्षा गर्ने ? आखिर व्यवस्था परिर्वतन हुँदैमा मुलकको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव रहेनछ भन्ने कुरा त यस अघि नै छर्लङ्ग भईसकेको छ । नेपालका राजनितिक दलका घोषणा पढ्दा,सुन्दा कसैको पनि नराम्रो छैन् । समस्या त खाली राजनितिक संस्कारमा छ । अहिले नेपालको राजनिति ठुलो बैचारिक मोडमा छ । पैसा र पावरका वरिपरी घुमेको नेपालको राजनितिमा राम्रा र इमान्दारी व्यक्तिहरु सधै पाखामा छन् । धुर्तहरु नै नेतृत्वमा हाबी भएको देखिएको छ । तिनै खाईपाई आएका धुर्तहरु आगामी निर्वाचनमा उम्मेदार बन्ने र बिजयी पनि हुन सक्ने खतरा बढेको छ । यदि यस्तो भयो भने बहु–प्रतिक्षित सघियता पनि हात्ती आयो हात्ती फुस्सा नहोला भन्न सकिन्न ।
अहिले मुलक सामु युवाहरुको ठुलो दायित्व र जिम्मेवारी छ । अब मुलकलाई कहाँ लैजान भन्ने कुरा युवा नेतृत्वको काँधमा छ ।देश अब बिधिवत रुपमा संघियतामा जादैछ । काठमाण्डौ र जिल्ला सदरमुकाममा रहेका अधिकारहरु गाउँ गाउँमा पुगेका छन्, बस्ती बस्तीमा पुगेका छन् । नेपालको इतिहासमा स्थानिय तहहरु अहिले सम्म कै सबै भन्दा अधिकार सम्पन्न र स्वतन्त्र हुँदैछन् । तिनीहरुलाई कसरी सक्षम, आत्मनिर्भर,समृद्ध बनाउने भन्ने चुनौती छ । स्थानिय तहको आयश्रोत के हुने?गाउँपालिका वा नगरपालिका कसरी सञ्चालन गर्ने ?आफ्नो गाउँपालिका निति नियम कस्तो हुने ?कर निति कस्तो बनाउने ?आन्तरिक आय कसरी वृद्धि गर्ने ?जस्ता अनगिन्ती योजना र खाका अब निर्वाचित टिमले बनाउनु पर्ने अवस्था छ । यस्तो बेला नेपालका हरेक स्थानिय तहमा सक्षम नेतृत्वको जरुरी छ त्यसैले त मैले युवा उम्मेदारलाई भोट हाल्ने निर्णय गरेको हुँ । देश, दुनिया बुझेको,शिक्षित, क्षमतावान, योग्य तथा चरित्रवान गाउँ प्रमुख वा नगरप्रमुखको खोजीमा जनता छन् । उनीहरु चाहान्छ, आफ्नो गाउँठाउँमा बिकास समृद्धिको लहर चलोस्, आर्थिक उन्नयनका प्रस्तत बाटाहरु हुन, परिबार पाल्न नसकेर विदेश जान नपरोस्, समग्र्रमा भन्दा गाँस,बास, कपास, शिक्षा,स्वास्थ्य, रोजगार जस्ता आधारभुत पुर्वाधारको ग्यारेण्टी होस्् । कसैको डर त्रास,धाक धम्की बिनै स्वतन्त्र रुपमा पेशा, व्यवसाय र उद्यम गरेर आफ्नै ठाउँमा बस्ने चाहान धेरै युवाको छ । उक्त सबै पुर्वाधारको अपेक्षा अहिलेको नयाँ स्थानिय निकाय सँग नागरिकको छ । सबै कुराहरुको प्रत्याभुति गराउने गरि सरकारले नेपालमा संघियता कार्यन्यवन त ग¥यो । अब कस्ता व्यक्ति नेतृत्वमा आउँछन र कसरी त्यो कामलाई अगाडी बढाउँछन भन्ने चुनौती एका तिर छ भने, थुप्रै चासो र अपेक्षाहरु अर्काे तिर जनता सँग छ । यस्तो विद्यमान परिपेक्षमा जनताको नजर हरेक दलका सक्षम युवा नेतृत्वमा छ । अब दलले पनि युवा नेताहरुले अघि सारेर पाका र प्रयोग भईसकेका नेताहरुलाई विश्राम दिदै आफ्नो गाउँ तथा नगरको मुहार फेर्ने महान कार्यमा होमिनु पर्ने बेला आएको छ । अब फेरि पनि युवाहरु पछाडी बसेर पुरानै नेतृत्व गाउँ तथा नगरमा पठाउने हो भने विगतका अभ्यासले अहिलेको यो संघियताको खाका पनि एउटा प्रयोग मात्र बन्ने खतरा छ । नेपाल सधै प्रयोगशाला मात्र बन्न सक्दैन् । त्यसैले युवा पिढिले अब साहस गर्नु पर्छ लाग्छ । हरेक पार्टीहरुमा पुराना नेतृत्वलाई विस्तापित गर्दै नयाँ पुस्ता अगाडी आउनु जरुरी छ । नेपालका राजनितिक दलहरुले पनि यति बेला बुद्धि पु¥याउन सकेनन् भने उनीहरुको अस्तित्वमा संकटमा नपर्ला भन्न सकिन्न । स्थानिय निकायको चुनाव राजनितिक दलहरुका लागि त फलाम कै चिउरा हुने निश्चित छ । यो निर्वाचन पार्टी–पार्टी विचको प्रतिस्पर्धा भन्दा,उम्मेदवार–उम्मेदवार विचको प्रतिस्पर्धा बढि हुने र त्यसमा पनि उम्मेदवारको एजेण्डा नै मुख्य प्रतिस्पर्धाको विषय हुने देखिन्छ । त्यसैले अब राजनितिक दलहरुले पुराना र धेरै पटक प्रयोग भईसेको पात्रहरुलाई विश्राम दिन सक्नु पर्छ । नयाँ व्यवस्थामा पुरानो विचारले नेतत्व गर्न सक्दैन् । नयाँ यात्राका लागि नयाँ योजना चाहिन्छ । आगमी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागि नेतृत्वमा पठाउने नेताको सट् सिस्टिङमा दलहरु छन् । राजनितिलाई सधै दुहुनो गाई बनाएर खान पल्केकाहरु नेतृत्व हत्याउने, केन्द्र देखि जिल्ला हुँदै स्थानिय स्तर सम्म शसक्त रुपले लागेको देखिन्छ । राजनिति मार्फत समाज रुपान्तरणको सपना देखेका काबिल युवाहरुलाई यो वा त्यो बाहनामा पन्छाउने खतरा बढेको छ । त्यसैले हरेक राजनिति दलमा क्रियाशिल काबिल युवा नेतृत्वले आ–आफ्नो पार्टी भित्र दबाब दिन सुरु गर्नु पर्छ । अब नभए कहिले हुन्छ ? के नेपाली जनता सधै अधिकारी प्राप्तीको लडाइँ मात्र लडिरहन सक्छन् ?जनतामा जागेकोे तिब्र बिकास समृद्धिको आकांक्षा अब कस्ले र कहिले सम्म रोक्न सक्छ ? राजनिति देशको मुल निति हो । राजनिति बाटै सबै कुरा निर्देशित हुन्छ । अहिले देशलाई युग सुहाउँदो सक्षम राजनितिज्ञ चाहिएको छ । जनताको आङ्काक्षा कुन दलले बुझेको छ सो कुरा त अब केही दिनमा स्पष्ट हुनेछ । नेता र नितिको व्यवस्थापन जस्ले गर्छ सक्छ उस्को पल्ला भारी हुनेछ । जो पावर र पैसामा, परम्परामा चल्छ ऊ यसपाली नराम्रेरी पछारिने छ । जनता निकै सचेत भई सकेका छन् । उनीहरु विवेकको मत हाल्न चाहान्छन् । मुलक बनाउने दायित्व अब युवा कै हो । स्थानिय तहको निर्वाचनमा बढि भन्दा बढि युवा उम्मेदवार उठाउनु पर्छ । हामीले जनताले नयाँ र क्षमतावान नेतृत्व छनोट आफ्नो विवेकको मत प्रयोग गर्नसक्नु पर्छ । त्यसैले मैले निश्चय गरेको मेरो भोट युवा उम्मेदवारलाई ।


