नवीन लामीछाने/मनाङ्ग
चैत २० गते । उच्च हिमाली जिल्ला मनाङ्गमा खेतीपाती गर्न सिजन शुरु भएको छ । मनाङ्गमा बर्षको एक पटक मात्र खेतीपाती गर्ने गरिन्छ ।
खेतीपाती लगाउने समय सुरु भएसँगै मनाङ्गवासी यतिबेला चटारोमा छन् । यहाँका मानिसहरु विहान देखी वेलुकीसम्म खेतवारीमा व्यस्त देखीन्छन । व्यापार सँगसँगै कृषि पेशा मनाङ्गका मानिसहरुको मुख्य पेशा हो ।
मनाङ्गमा गहु, आलु, करु, फापर जस्ता अन्नवालीहरु लगाइने गरीन्छ । केही बर्ष यता देखी मनाङ्ग बासी व्यवसायिक तरकारी खेतीमा समेत आकर्षीत हुन थालेका छन् । प्याज, गोलभेडा, लसुन, काउली, वन्दा, रायो जस्ता तरकारी वालीको व्यवसायीक खेती यहाँ हुन थालेको छ ।
हिमाली जिल्ला भएकोले एक सिजन भन्दा अर्को सिजनमा अन्न वाली उत्पादन नहुने हुदा यहाका मानिसहरुलाई एक सिजनको उत्पादनले वर्षदिन सम्म छिचोल्नु पर्ने वाध्येता रहेको छ । वढी चिसो, कम पानी पर्नु र हिमपात हुनुले पनि खेतीपाती गर्नलाइ कठीन भएको हुने गर्दछ ।
मनाङ्गमा खेतीपातिको सिजन शुरु
मनाङ्गमा खेतीपातिको सिजन शुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


