आमा जयसरा छोराको नीलडाम देखाउँदै ।तस्बिर : प्रकाश अधिकारी/कान्तिपुर
- कारबाहीको माग गर्दै प्रहरीमा उजुरी
– , सुर्खेत
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी उनले कथित माथिल्लो जातिकी बाटु शाही र उनका दुई छोरा चक्रबहादुर, भरतविरुद्ध हदैसम्म कारबाहीको माग गर्दै उजुरी दिइन् । प्रहरीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ बमोजिम उनको उजुरी दर्ता गरेको छ । नौ वर्षको छोरामाथि सामान छोएकै निहुँमा निर्घात कुटपिट गरेपछि जयसरामा अहिले छटपटी छ । ‘अपांग श्रीमान् दुई/चार पैसा कमाउन विदेश हुनुहुन्छ । यहाँ गाउँमा गरिब, दलित भएकै कारण हामीले दिनैपिच्छे अपमानित हुनुपरेको छ’ जयसराले दलित हुनुको पीडा पोखिन्, सानातिनो अपमान त कति सह्यौं सह्यौं । यसपल्ट त छोराले घरभित्र पठाउने, आमाले कुट्न लगाइछिन् ।’
ekantipur


