बद्री बहादुर मास्के
१. पृथ्विमा पानी कति छ ?
अमेरिकाको प्रशिध्द वैज्ञानिक् MR.WAYNE ICENHOWER ले भन्नु भएको छ, जो कोहि व्यक्तिले पृथ्विको पानी अभावका वारेमा तपाईको विचार केछ भनि प्रश्न गर्नसक्छ । वाहाँको भनाई अनुसार जब हामी आकाशबाट पृथ्विमा हेर्छौ, पृथ्वि एउटा ठुलो निलो रत्नको डल्लो जस्तो ग्रहदेख्न सक्छौं । जहांँ सिमित् मात्रामा पिउन योग्य पानी देखिन्छ । वास्तव्मा पृथ्विको ७०% प्रतिसत जति भूभाग् नुनिलो पानीले ढाकेकोछ, तर त्योे पानी पिउन योग्य छैन । त्यो नुनिलो पानी माहाशागर तथा समून्द्रमा अवस्थित् रहेकोछ । यी मध्ये पृथ्विमा ३% प्रतिसत मात्र पानी सफा पिउन योग्य छन् । त्यो पानी पनि धेरैजसो मानिसहरुको प्रयोगका लागी प्राप्तगर्न सकिएको छैन । पिउन योग्य पानीहरु मध्ये ३/४ भाग जति पानी ठुलाठुला चट्टान्मा हिउंँबनेर वसेका छन् । बाँकी १% प्रतिसत पानी मात्र मानव प्रयोगको लागी उपलब्ध छन् । त्यही १% प्रतिसत पानी मध्ये पनि उत्तर अमेरीकाको ठुलोताल (North America’s Great Lake) र रसियाको बैकाल ताल (Russia’s Baikal Lake) मा २/५ भाग जम्मा भएकोछ ।
पानीको चक्र (Hydrological Circle) अनुसार विसाल परिमाणको पानी शुर्यको शक्तिले समुन्द्रवाट नुन् रहित वाफ्वनेर पृथ्विमा झर्नेगर्छ । तर, आकासवाट झरेको पानी वरावर भू–भाग्मा पर्दैन, बढी मात्रमा पृथ्विको माहादेसीय भागहरुमा पर्नेगर्छ । अन्दाजी, वर्षभरी परेको ७५% प्रतिसत पानी मध्ये १/३ भाग मात्र मानिस भएको ठाउंँमा पर्नेगर्छ । नमुनाको लागी, वर्षको २०% प्रतिसत पानी साउथ अमेरीकाको अमाजन् नदीको घनाजंगल्मा पर्दछ । अझै यो क्षेत्र भनेको १० मिलियन् भन्दा बढी जनसंख्या रहने ठाउंँ हो ।
एट्लान्टीक् माहाशागरको वरीपरी, अफ्रिकामा परेको लगभग ३०% प्रतिसत पानी कंंगोनदी र यसको वरीपरी पर्दछ, यो भनेको सबै जनसंख्याको करिब १०% प्रतिसत मात्र हुन्छ । अझै सोच्नुपर्ने कुरा चाहिँ यो छकी, एसिया माहाद्वीप्मा वर्षभरिमा लग्भग् ३१% प्रतिसत पानी पर्दछ । यो भनेको प्रतिव्यक्ति प्रतिवर्ष ४७०० क्यू.मि.भागमा पर्छ । यसको अनुपातमा उत्तर अमेरिकामा प्रतिव्यक्ति १९००० क्यू.मी. भागमा पर्दछ ।
२. पानीको दुरुपयोग र प्रदुषण (Misuse and Pollution)
अत्यावश्यक् वस्तु पानीको वारेमा एकछिन् छल्फल् गरौं । पृथ्विमा वस्ने मानिसहरुको अत्यावश्यक वस्तुु खानेपानीे अड्कलेर वितरण गर्ने वस्तु होईन । नमुनाको लागी एक एकड् जमीन्को मकै खेतिको लागी ४००० ग्यालन् पानी चाहिन्छ । अर्को एक पाउण्ड आलु उत्पादन्को लागी १००० पाउण्ड पानीको आवश्यक पर्दछ । साधारणतया एकटन् आलु उत्पादन्को लागी एकहजार टन् पानीको आवश्यक् पर्दछ । के यो आश्चर्य जनक कुरा छैन ?
सायद यो सबै आश्चर्यकै कुरा हुनसक्छ, अन्य खानेकुराको वारेमा तल उल्लेख गरिएकोछ ।
१ दाना स्याउको लागी १६ ग्यालन् पानी चाहिन्छ ।
१ दाना सुन्तलाको लागी २२ ग्यालन् पानी चाहिन्छ ।
एउटा अण्डा उत्पादनको लागी ८५ ग्यालन् पानी चाहिन्छ ।
एक लफ् पाउरोटीको लागी १५० ग्यालन् पानी चाहिन्छ ।
एक पाउण्ड गाईको मासुको लागी ३००० ग्यालन् पानी चहिन्छ ।
कृषी व्यवसाय पनि स्वच्छपानीको मुहान्लाई प्रदुषणगर्ने माध्यम् हो । रिकर्डमा पाईए अनुसार ७०% प्रतिसत भन्दाबढी पानी अमेरिकामा मात्र प्रदुषण हुने गरेकोछ । अमेरिका एक्लैले कृषी जन्य केमीकल (Including pesticides) मात्र र वस्तुभाउको मल संग घस्रण भएर १७३००० माईल पानीको वाटो भएर हिड्छ । अरु देसहरुमा जटिल समस्या छैन । नमुनाको निमित्त भारतमा मात्र ४ मिलियन हेक्टर जमीन नुन जम्मा हुनु र पानीको मुदाका कारण सिंचाई नहुनुले छोड्नु परेकोछ ।
औद्यौगीकवाट निष्कने फोहोरहरुवाट पनि पानी दुषीत हुने गर्दछ । विस्वभरीमा कम्तीमा ७०००० किसिमको केमीकल उद्योगहरुमा नियमीत प्रयोग हुनेगर्छ, त्यस विचमा २०० देखि ४०० सम्मको टक्सीक केमीकल विस्वभरीको पानीमा घुल्न पुग्छन । यो पनि आकलन् गर्न सकिन्छ कि विस्वमा वर्षभरी १००० भन्दा बढी नयां किसिमको केमीकल उत्पादन हुनेगर्छ । जबकि, यी औद्यौगीक फोहोरहरु कृषी मार्फत हिमालयन क्षेत्रको स्वच्छ पानीपनि दुषीत हुनपुग्छन् । तब सांँचोकुरा यो छकि, औद्येगीकरण भईरहेको विस्वमा विकसीत पानी शुध्दगर्ने केमीकल द्वारा किन नदी र तालहरु सफा नगर्ने ? यूरोपका नदीहरुमा ९०% प्रतिसत भन्दा बढी नाईटे«ट मिसियको छ, जबकि यो मानव स्वास्थ्यको लागी धेरै हानीकारक छ । आधाजसो पवित्र तालहरु कम अक्सीजन यूक्त बनेकोछ । यसलाई भनिन्छ eutrophication, यसले बढी भन्दा बढी पोषण तत्वलाई उत्तेजित पार्छ, अनि पानीमा समुन्द्री घांसहरु पैदा हुन्छ, जस्ले तलाउको पानीमा हुने अक्सीजन खाईदिन्छ अनि पशु, जलचरहरुले खान पाउंदैनन् ।
खेरगएको पानीलाई प्रशोधन गर्ने व्यापार पनि तिब्रगतिमा बढी रहेकोछ, परिवर्तनको प्रकृयामा फोहोर गरेर फालिएको लाखौंलाख ग्यालन पानीलाई उठाएर सफा गर्नसक्छ । जे भएपनि, तेश्रो विस्वमा घरेलु प्रयोगवाट निष्केको ९० देखि ९५% प्रतिसत र औद्यौगीकवाट निष्केको ७५% प्रतिसत सतहको फोहोर पानीमा मिसिन पुगेको छ ।
३. मानव शरिरमा खानेपानीको महत्व
मानव शरिरमा करिव ८०% प्रतिसत पानी हुन्छ । मानवको टाउकोमा ८५% प्रतिसत जति, रगतमा ८२% प्रतिसत पानी हुन्छ । यो अचम्मको कुरा के छभने, खाना विना मानिस हप्ता दिनसम्म बाँच्न सक्छ, तर पानी विना मानिस केहिदिन पनि बाच्न सक्तैन ।
मानव शरिरका लागि पानीको आवश्यक्ता प्रतिदिन छोरी मानिसलाई ३.३ लिटर र छोरा मानिसलाई ४.५ लिटर आवश्यक पर्नेकुरा विशेषज्ञहरुले सिफारिस गरेका छन् । सरसफाईको लागी दैनिकि एक जना मानिसको लागी थप् ४० लिटर पानीको आवश्यक पर्छ । नुहाउन, पकाउन सहितको लागि भने पानीको आवश्यक्ता आकाशीयको छ । यो भनेको आश्चर्य जनक ढंगवाट २०० लिटर÷दिन÷व्यक्ति सम्म आवश्यक देखिएको छ ।
तल निर्देशित गरिएको कुराहरुवाट हाम्रो शरिरका नियमीत आवश्यक पर्ने कति होभन्ने कुरा स्पष्ट गरिएकोछ ।
मानव शरिरमा ५% प्रतिसत मात्र पानीको कमी भयोभने तिर्खालाग्ने, चिट्चिटाहट हुने, वाक्वाक लाग्ने र शरिर कमजोर हुनेहुन्छ ।
१०% प्रतिसत पानी कमी भएमा चक्कर लाग्ने, टाउको दुख्ने, हिड्डुल गर्न नसक्ने र शरिरको तल्लो भाग झम्झमाउने हुन्छ ।
१५% प्रतिसत पानी कमी भएमा मधुरो देख्ने, पिसाव पोल्ने, जिव्रो फुल्लिने, कान नसुन्ने र छालाको भाग लाटो हुने गर्दछ ।
१५% प्रतिसत भन्दा बढी पानी कमी भएमा साधारण तया मानिसको मृत्यू हुनसक्छ ।
पानीको सिधा सम्बन्ध cell membranes र protein surfaces संग हुन्छ, जस्को यो संग कडा किसिमको आकर्षण हुन्छ । बायोलोजिष्टहरुले यसलाई हाईड्रोफिलिक् (hydrophilic) भन्ने गर्छ । धेरै तत्वहरु जस्तैः तेल, पानीमा राम्रोसंग घुल्दैन । छालाको पातलो झिल्ली (Cell Membrane) ले यस्तै कुराहरुलाई प्रयोग गरि बाहिरी वातावरणवाट रसायन तथा पौष्टीक् तत्वहरुलाई परिवर्तन हुनवाट जोगाउंछ । यो प्रकृया शरिरको सबैजसो भागमा हुन्छ, किनभने पानीको अणुहरुसंग यसको असाधारण संवन्ध हुन्छ । यी कुराहरु शरिरको बाहिरी सतहको भागमा हुनेगर्छ । मानिसको शरिरमा पानीको कार्य एउटा घोलकको रुपमा, माल वाहक्को रुपमा र रक्षक्को रुपमा काम गर्दछ ।
पानीको सबै ईन्जिनियरहरु भन्नेगर्छ “The solution to pollution is dilution.” जबकि यो समस्याहरुको व्यंग्यपुर्ण आलोचनाका रुपमा पनि लिन सकिन्छ अथवा यसमा केहि हदसम्म सत्यता पनि लुृकेको छ । तर, धेरै पानीले यस्तो गरिरहेको छकि, एक ग्यालन पेट्रोल वा मट्टीतेलले ७५०००० ग्यालन पानीलाई दुषीत बनाउन सक्छ । यो अन्दाज गर्न सकिन्छ कि, यहि रफ्तारमा जानेहो भने २०५० सम्ममा सबै पानीहरु दुषीत हुनसक्छन ।
४. पानीको वारेमा लडाँई (War Over Water)
सन् १९९५ तिर ३१ देसहरुको ४५८ मिलियन जनसंख्या पानीको समस्या तथा अभावले चिन्तित् थिए । धेरैजसो समस्या चाहिं तेश्रो मुलुकहरुमा थिए । केहि वर्षपछि ५४% प्रतिसत समस्या तलाउ, नदि, खोला र जमीन भित्रको शुध्दपानीवाट समाधान भएको थियो । अफ्रीकामा जहांँ ४३% प्रतिसत सतहको पानी हरेक ५÷६ वर्षमा सुखा भएको थियो । जेहोस्, हालसाल केहिवर्ष यता अतिधेरै सुखा लाग्नु र अतिधेरै पानीको अभाव भएकोले ५० मिलियन जनतालाई प्रत्यक्ष प्रभाव परेको र कम्तीमा २ मिलियन मानिस मरिरहेको छ । राष्ट्रसंघको कृषी तथा खाद्य माहाशाखाका प्रवक्ताले सतर्क गरायको छकि, यो वर्ष पुर्वी अफ्रिकाको ११ मिलियन जनतालाई तुरुन्त ठुलो परिमाणको सहयोग नपु¥याएको खण्डमा मर्नसक्ने संभावना देखाएको छ । अति सुखाहुने क्षेत्र उत्तर केन्या, दक्षिणी ईथीयोपीया र दक्षिण पश्चिम सोमालीयामा भने विशेष गरेर घरपाल्तु जनावरलाई काम नलाग्ने गरि प्रत्यक्ष असर पार्नेछ । २५ वर्षको हुसेन आदेन्ले भनेका छन कि, “तिन दिनसम्म डुले ति जनावरहरुलाई यहां ल्याउन र अहिले जतिसुकै मुल्य पाएपनि विक्रिगर्न चाहान्छु, किनभने ति जनावर कहिल्यैपनि पहिलेको अवश्थामा आउंदैन” (“Africa: Economies Worst Placed to Cope With Knock-On Effects of Drought,” UN Office for the Coordination of Humanitarian Affairs)
बृध्दी भईरहेको पानीको अभावले चिनको आर्थीकस्तर वृध्दिलाई समेत खतरा पु¥याउन सक्छ । राष्ट्रहरु जगा जमीन र पानीको अभावका कारण खाद्यान्नका सामग्रीहरु अन्यदेसवाट भित्र्याउनु पर्नेहुन्छ । अहिलेको अवश्थामा सुखा र अभावको कारण (विशेष गरेर उत्तरी क्षेत्रमा) र बाढीपैरोको कारण (विशेष गरेर दक्षिणि क्षेत्रमा) छिट्टैनै प्रभाव पर्नसक्नेछ ।
सबै राष्ट्रहरुले जनसंख्या बृध्दिका कारण, मौसम परिवर्तनका कारण, पानीको भण्डार सानो भएको कारण, पानीले निम्त्यायको लडाईको सामना गर्नुपर्नेछ । राष्ट्रसंघले स्विकार गरेको छकि, तातो क्षेत्रहरुका राष्ट्रहरु एक आपसमा लडाई गर्न सक्छन् । यहां केहि नमुनाहरु दिईएका छन् ।
पानीको स्वामीत्व र प्रयोगको वारेमा ईजरायल र जोर्डन विच विगतमा असहमत भईसकेको छ । तैपनि, सन् १९९४ को ट्रिटीले केहि हदसम्म समाधान गरेकोछ ।
टिनि जेवीस राज्यले जोर्डन नदीको मुख्य पानीको भण्डारलाई आफ्नो कन्ट्रोलमा ओगटेर राखेको छ । यसकुरामा सिरिया र जोर्डनले असंतोष व्यक्त गरिरहेका छन् (One couse of the 1967 Arab-Israeli war was said to be water.)
ब्यूलाईलको पानीको वारेमा ईजिप्ट र ईथोपीयाको विचमा पनि कडा लडांई भयो । ईजिप्टलाई नाईल्को पानीमा ९८% भर पर्नुपर्ने भएकोले उनिहरु यसमा कब्जा जमाई राख्न खोज्दछन् ।
टर्की देसमा दक्षिणपुर्वीको एनाटोलिया प्रोजेक्टमा यूथ्रेटस् नदीको आधाजसो पानी वरावरी बांडीएको छ ।
छोट्कारीमा, पानी दुर्लभको कारणले एकआपसमा कडा सब्दमा बोल्नेहुंदा लडाईमा विभाज्य हुनपनि सक्तछन् । विस्वमा अहिले प्रतिष्पर्धा गर्ने राष्ट्रहरु आफ्नो सक्ति प्रदर्शन गरि होडवाजी चलिरहेको बेला कमजोरलाई पछाडी पारेर पानी हत्याउनको लागी लडाईगर्न सक्छन् । त्यस्तो कार्य मानवताको ईच्छानुसार हुनेछ । जबसम्म राष्ट्रसंघ जस्ता संस्था र विज्ञान द्वारा विस्वको पानीको समस्या हटाउने पहल गर्दैन, धर्मसास्त्रले भनेजस्तै आगमी दिनमा अध्यारो दिन नआउला भन्न सकिन्न । भविष्यका सुचक अनुसार र मानिसको अवज्ञाका कारण मानिसहरुमा यस्तै सुखा, अनिकाल फैलियर राष्ट्रहरु एकआपसमा लडाई हुनसक्ने संभावना धेरैनै छ ।
भारतको विभिन्न राज्यमा अहिले पानीको हाहाकार मच्चि रहेकोछ । नेपालकै परिवेसलाई हेर्ने होभने, भारतले नेपालको पानी पाउनका लागि विभिन्न हत्कण्डा अपनाई रहेकैछ । बरु नेपाल आफैले आफुसंग भएको पानी सदुपयोग गर्न सकिरहेको छैन । चिनले आफ्नो देसवाट भारत तर्फ बगिरहेको ह्वांगो नदिलाई फर्काएर सदुपयोग गरिरहेको अवस्था छ । यसले भोलिको दिनमा पानीका कारण देसहरु विवादमा नपर्ला भन्न सकिन्न ।
५. गोरखावजारमा खानेपानीको समस्या र समाधान
कुनैबेला गोरखाबजारमा खानेपानी छेलोखेलोको अवस्था थियो । पुर्खाहरु हावा र पानीको राम्रो सुविधा देखेर गोरखाबजारमा बस्न रुचाएका थिए । हुँदैजादा ढुंगेधारा वरिपरि फोहोर गर्ने, श्रोतको माथितिरवाट भलपानी पस्ने, पशुपंक्षिले दुषीत गर्ने कारणले पानीमा प्रदुषण हुनपुग्यो । वस्ति विकास र बनजंगल विनास अनि मौसम परिवर्तनका कारण पानीको श्रोतहरु सुक्दैजान थाल्यो । यस्तोकुरा जान्दाजान्दै पनि हामिले यसको व्यवस्थापन र संरक्षणमा ध्यानदिन सकेनौं । यसको बदला सुविधा यूक्त ठाउँमा बसाई सार्न थाल्यौं । हामि सबैलाई थाहाछ, पानी भएको ठाउँमा मानव बस्ति हुन्छननै, बस्ति नभए पनि कृषी जन्य कृयाकलापहरु हुनेगर्छन । त्यसैले आफुले प्रयोग गरिरहेको पानी अर्कालाई दिन जोकोहिले मान्दैनन । केहिवर्ष अगाडी पानीको मुहान नपाउँदा गोरखावासीले छाङ्गखोला र ढाक्रेखोलाको पानी ल्याउन परेको हो । यसमा पनि २/४ गाउँका मानिसहरुले वाधाविरोध जनाएकै थिए । धेरै प्रयाश पछि समाधान गरि सानासहरी खानेपानी आयोजनालाई अगाडि बढाउने काम भयो । यसैले हालको खानेपानी समस्यालाई संवोधन गर्ने बाटो बनेकोछ । तर आयोजनाको ठेकेदारको कमजोरीका कारण सानासहरी खानेपानी आयोजनाले उपभोक्तलाइ धोका दियो भन्ने गरेकाछौं । त्योकुरा बुझेर वा नबुझेर उपभोक्ताहरु कार्यसमितिलाई दोषदिन पनि भ्याएका थिए ।
पानीका लागि विस्वका मानिसहरुले धेरै दुःखकष्ट भोग्नु परेकोछ । पानी अत्यावश्यक बस्तु होभन्ने कुरा माथि उल्लेख भई सकेकोछ । यसको विकल्प नभए पछि समाधानका लागि विना मतमतान्तरका साथ पानीको व्यवस्था गर्नु बाहेक अन्य उपाय छैन । उपभोक्ताहरु विरोधका लागि गरिने विरोधका कुरासुनेर सहि थाप्ने गर्छन, अनि सकारात्मक काममा पनि अवरोध गर्न खोज्छन । यो भनेको उपभोक्ताले आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो । हामिले देखे जानेकै छौं, दिन प्रतिदिन पानीको मुहानहरु सुक्दै गरेकोछ । हिमाल पग्लेर नाङ्गो हुँदै गईरहेकोछ । पृथ्विको तापक्रम बढेर वातावरणमा असर गरिरहेकोछ । तसर्थ पानीको सदुपयोग, दुरुपयोग, संरक्षण, आदर जस्ता कुराहरुलाई ध्यानपुर्वक सुन्ने र व्यवहारमा उतार्ने बानि बसाल्नु पर्ने आजको आवश्यक्ता छ ।
बस्ति विकासका लागि पानी, बाटो, बत्तिको आवश्यक्ता पर्दछ । समग्रमा यिसबै मिलेर बस्तिको विकास हुनेहो । यसरि बस्ति विकास भनेको शहरी विकास हुनुहो । यसले जनमानसको आर्थिक विकासमा ठुलो टेवा पु¥याउँछ । पानी, बाटो र बत्तिका कारण गोरखा बजारको जमीनको भाउ आकासिएकोछ । कोठाको भाडा बृध्दि भईरहेकोछ । गोरखाबजारमा जनचेतनाको कमि र व्यक्तिगत स्वार्थका कारण विकासको वाधक बनिरहेको हामि सबैले महशुष गरिरहेकाछौं । यसले हामिलाई धेरै पछाडि धकेलि सकेकोछ, अझै विचार पु¥याउँदैनौं भने छिमेकीहरुले हामिलाई धेरै पछाडि छाड्नेछन ।
सानासहरी खानेपानी आयोजनाको कुरागर्नु पर्दा उपभोक्ता समितिको पहलमा दुईतिन पटक स्तरोन्नतिको कार्यक्रमहरु प्राप्त भएको हो । यसले गोरखा बजारको खानेपानी समस्यामा केहि हदसम्म समाधान हुनसक्ने आँकलन गरिएकोछ । तर यसले समस्या समाधानको दुरगामी प्रभावपार्न भने सक्ने अबस्था छैन । र दरौंदीको पानी बाहेक अन्य विकल्प देखिन्न । यो कुरा सबैले महशुष गरेकै विषय हो । तसर्थ हालैमात्र दरौंदी (बृहत लिफ्टीङ्ग) खानेपानी आयोजनालाई अगाडि बढाउन ठुलो प्रयाश पछि उपभोक्ता समिति गठन भएकोछ ।
६. दरौंदी (बृहत लिफ्टीङ्ग) खानेपानी आयोजनाका वारेमा केहि जानाकारी
नेपाल सरकारको निति अनुसार खानेपानीका लागि अनुदान नगरपालिका क्षेत्रमा ७०% प्रतिसत र ग्रामीण क्षेत्रमा ८०% प्रतिसत दिने गर्दछ । दरौंदी खानेपानी तथा सरसफाई आयोजना भने नेपाल सरकारको सुखाक्षेत्र खानेपानी आयोजना अन्तरगत सन्चालन हुने आयोजना भएकोले ९०% प्रतिसत अनुदान प्राप्त हुने आयोजना हो । नेपाल सरकारले ज्यादै समस्याग्रस्त क्षेत्रलाई विशेष ग्राहियताका साथ यस किसिमको आयोजना सन्चालन गर्ने गर्दछ । यस विषयमा गोरखावासी उपभोक्ताहरु भाग्यमानीका पात्र बनेका छन । अब दरौंदी (बृहत लिफ्टीङ्ग) खानेपानी तथा सरसफाई आयोजनाका वारेमा डिजाईन अनुसार थप केहि जानाकारी गराउन चाहान्छु ।
१. आयोजनाको कार्यक्षेत्रः– गोरखा नगरपालिकाको तत्कालिन वडा नं. १ देखि ७ र १२, १४, १५ भित्र
२. लिफ्ट संख्या ५ लिफ्ट
३. धारासंख्या ३८०० धारालाई पानी दिन सकिने ।
४. दैनिक पानी खपत २७००००० लिटर पानी खपत गरिने ।
५. डिजाईन पिरियड सन २०३४ सम्म
६. सम्पवेल २ वटा
७. ट्रान्स्फर्मर ४ वटा
८. ट्रान्स्मीसन पाईपलाईन २८ किमि
९. डिष्ट्रीव्यूसन लाईन २१ किमि
१०. रिजर्भ ट्यांक सानो ठुलो २५ गोटा
११ पानी उपचार केन्द्र १
१२. चौकीदार भवन ४ वटा
१३. कार्यालय भवन १ वटा
१४. पम्प संख्या १४
१५. जम्मा लागत रु. ५९५९९२१०१।
१६. उपभोक्ताले व्यहोर्नु पर्ने नगद १% प्रतिसत
१७. खन्नेपुर्ने बापत उपभोक्ताको ९% प्रतिसत
१८. प्रति धारा मासिक महशुल रु ५८०। न्यूनत्तम
ट्रान्स्मीसन लाईनमा निर्माण हुने पम्प हाउस, रिजर्भ ट्यांकी, पानी उपचार केन्द्र, गार्ड हाउसका लागि जमीन उपभोक्ताले उपलब्ध गराउनु पर्ने बाहेक उपभोक्ताको कुनै लगानी हुनेछैन । आयोजनालाई चाहिने जगाजमीनहरु उपभोक्ता समितिले उपलब्ध गराउनु पर्नेछ । वितरण ट्यांकी देखि हाउस कनेक्सन सम्मको खर्चको १% नगद र ९% खन्नेपुर्ने काममा लाग्ने खर्च व्यहोर्नु पर्नेछ । वितरण पाईपलाईनवाट उपभोक्ताको घरसम्म लाग्ने खर्च सबै उपभोक्ता आफैले व्यहोर्नु पर्नेछ । सिङ्गल प्याकेजको आयोजना भएकोले सम्पुर्ण कामको एकैचोटी टेण्डर गरिनेछ र यो आयोजना ३ बर्ष भित्र पुरागर्नु पर्नेछ । यस वर्ष प्राप्त बजेटवाट “क“ श्रेणीको ठेकेदार नियूक्त भएपछि मोविलाईजेसन पेश्कि र केहि कामगर्न सकिने हुँदा प्राप्त बजेट फ्रिज हुने संभावना देखिन्न । आयोजना क्षेत्र भित्रका उपभोक्ता संस्थाहरुमा सन्चालन भएको साना योजनाहरु यथावत चल्नेछ । दरौंदी आयोजनाले केहि संरचनाहरु थपगर्न सक्नेछ । दरौंदी आयोजना क्षेत्रभित्र उपभोक्ता समितिको परामर्शमा जनघनत्व भएको अत्यावश्यक क्षेत्रमा केहि सामुदायीक चर्पीहरु बन्नेछ । दरौंदी आयोजनाका लागि सदस्य संस्थाले उपभोक्ताहरुवाट प्रति धारा रु. १५००। सम्मका दरले रकम उठाउनु पर्नेछ । नेपाल सरकारको खानेपानी विभागमा रहेको महशुल निर्धारण माहाशाखावाट आयोजना संचालनका लागि चाहिने मासिक महशुल दररेट उपभोक्ता संख्याका आधारमा निर्धारण गरिनेछ । हाल डिपिआरमा देखाईएको न्यूनत्तम महशुल अनुमानित अंक हो ।
दरौंदी खानेपानी आयोजनालाई दरौंदी खानेपानी खानेपानी उपभोक्ता समितिको तर्फवाट डिपिआरमा नभएका निम्न कुराहरु सच्याउन सुझाव दिईएकोछ ।
हालको DPR मा उल्लेख भए अनुसार दरौंदी किनारमा बन्ने २ वटा सम्पवेलमा सम्वरसिबल पम्प राखिएकोछ, यस सम्वरसिवल पम्पमा दरौंदीको वालुवा आउन सक्ने भएकोले पम्प छिटो विग्रने हुँदा यसको बदलामा टर्वाईन पम्प राखियोस् ।
१ नं. पम्प स्टेसन दरौंदी किनारमा अवस्थित भएकोले यस ठाउँको पम्प सन्चालन २ नंवर पम्प स्टेसनवाट गने व्यवस्था होस् । किनकि यस ठाउँमा पानी उपचार केन्द्र सहित सबै संरचना र कर्मचारी रहनेछ ।
३ नं. पम्प स्टेसन पनि असहज र एकान्त ठाउँको जंगलमा भएकोले यस ठाउँको पम्प पनि २ नं. पम्प स्टेसनवाट चलाउने व्यवस्था गरियोस् ।
यसैगरि ४ नं पम्प सटेसन पनि जंगलको असुरक्षित एकान्त ठाउँमा रहने भएकोले यो पम्प पनि ५ नं. स्टेसनवाट चलाउने व्यवस्था होस ।
लोडसेडिङ्ग देखि विभिन्न घटनावाट विद्युत अनियमित हुने भएकोले कहिल्यै लाईन नजाने गरि हरेक पम्प स्टेसनमा डेडिकेसन (फिडर) लाईनको व्यवस्था होस् । किनभने पानी आपुर्ती नियमित गर्नुपर्ने हुन्छ ।
पम्प स्टेसनमा फिडरलाईन हुँदाहुँदै पनि पोलढल्ने, रुखढल्ने, फ्यूजजाने, पहिरोजाने आदीका कारण विद्युत अवरुध्द हुनसक्ने भएकोले पानी नियमित वितरणका लागि सबै पम्पस्टेसनमा जेनेरेटरको राख्ने व्यवस्था होस् ।
उपभोक्ता समितिको तर्फवाट कामको गुणस्तर, सामानको गुणस्तर अनुगमन गर्न उपभोक्ता समितिका लागि एकजना वरिष्ठ प्राविधिक (VMW) को व्यवस्था होस ।
सबै पम्प स्टेसनमा १÷१ वटा पम्प जगेडा हुनु अत्यावश्यक छ । यस्तैगरि पाँच ठाउँको ट्रान्स्फर्मर विग्रदा तुरुन्त फेर्न सकिने गरि एउटा ट्रान्स्फर्मर जगेडा राखियोस् ।
सबै संरचना बनेपछि खानेपानी संचाालनार्थ दरौंदी खानेपानी उपभोक्ता संस्थाको कार्यालय अत्यावश्यक छ, तसर्थ यसको भवन बनाउने व्यवस्था गरियोस् । जुनकुरा अहिले डिपिआरमा थिएन ।
दरौंदी खानेपानी सन्चालनको अनुगमन तथा निरिक्षणका लागि हरेक पम्पस्टेसन तथा रिजर्भ ट्यांकी रहेको क्षेत्रहरु पुरा देखिने गरि सिसि क्यामेराहरु गरियोस् । जसले गर्दा कार्यालय वाटै यसको नियन्त्रण गर्न सकियोस ।
दरौंदी खानेपानी उपभोक्ता संस्थाको सदस्य संस्थालाई पाईपलाईन र रिजर्भ ट्यांकीहरु थपगर्ने व्यवस्था गरियोस् । आयोजना क्षेत्रभित्रका सबै उपभोक्ता संस्थाको आवश्यक रिजर्भ ट्यांकी र पाईप लार्यनहरु बनाईयोस ।
दरौंदी खानेपानी संस्था र सदस्य संस्थाको महशुल संकलन तथा एकाउण्ट सफ्टवयर सरल र सहजका लगि एउटै किसिमको एकाउण्ट सफ्टवयर राखियोस् । जसले गर्दा संकलित रकम हिनामिना हुन नपावोस । र यो सबै महशुल संकलन बैंक मार्फत गर्ने व्यवस्था होस ।
र व्याकअपको व्यवस्था गरियोस् ।
सबै सदस्य संस्थाहरुका उपभोक्ताहरुको घरघरमा समानुपातिक पानी वितरणका लागि वितरण ट्यांकीवाट हरेक टोलसम्म जाने डाईरेक्ट पाईपलाईनको व्यवस्था गरियोस् ।
पहाडी उच्च धरातलका कारण पानीको प्रेशरले पाईप फुट्ने चुहिने गरेको हुँदा आवश्यक ठाउँहरुमा ब्रेकपे्रशर ट्यांक राख्ने व्यवस्था गरियोस् ।
दरौंदी खानेपानी संस्थाको सबै सदस्य संस्थाका समितिहरुलाई तालिम र अवलोकन भ्रमणको व्यवस्था गरियोस् ।
२१सौंं सताब्दीको खानेपानी आयोजनामा सकेसम्म नयाँ प्रविधिहरु पयोग गरि सहज सन्चालनको व्यवस्था गरियोस ।
दरौंदी खानेपानी संस्थाका सदस्यहरु संग मौजुदा रकम नभएकोले संकलन गर्न समय लाग्ने हुँदा किस्ताबन्दीमा जम्मा गर्ने गरि व्यवस्था होस ।
५. अब दरौंदी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संगठनिक स्वरुप
कार्यक्षेत्र भित्रका जिल्ला जलश्रोत समितिमा दर्ता भएका जतिपनि खानेपानी उपभोक्ता संस्था यस दरौंदी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य संस्था बन्न सक्नेछ । खानेपानी संचालन गरिरहेका सबै सदस्य संस्थाले यथावत रुपमा आ–आफ्नो उपभोक्ताहरुलाई खानेपानी वितरण र महशुल संकलन गरि संस्था संचालन गरिरहने छन । दरौंदी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान अनुसार साधारण सभाको सभासद निम्न हुनेछन ।
१. दरौंदी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यसमितिहरु ११ जना
२. सदस्य संस्थाको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ९/९ जना
३. दरौंदी खानेपानी संस्थाको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पदेन साधारण सभाका सभासद हुनेछ ।
४. दरौंदी खानेपानी संस्थाको सदस्य संस्थाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु दरौंदी खानेपानी संस्थाको सभासद हुनेछन ।
५. सदस्य संस्थाले आफ्नो धारा संख्याका आधारमा ३% प्रतिसत प्रतिनिधि छनौंट गरि दरौंदी खानेपानी संस्थाको साधारण सभाका सभासदका रुपमा पठाउन सक्नेछ ।
तर कुनैपनि संस्थाको पदाधिकारी तथा सदस्यहरु दरौंदी खानेपानी संस्था र सदस्य संस्थाको पदाधिकारी तथा सदस्यमा दोहोरो पद धारण गरेको भए एक सभासदको मात्र मत गणना हुनेछ । र दरौंदी खानेपानी संस्थाको पदाधिकारीमा उमेदवार हुन कुनैपनि संस्थाको पदाधिकारी पदमा एक कार्यकाल विताएको हुनु पर्नेछ । सदस्य पदमा भने यो नियम लागुहुने छैन ।
अस्तु
[dropcap][/dropcap]
मास्के दरौंदी गोरखा (बृहत लिफ्टीङ्ग) खानेपानी उपभोक्ता संस्थामा अध्यक्ष हुनु हुन्छ


