×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

देशकै ठूलो महानगर पोखराः यस्ता छन् मेयरका आकांक्षी

  •  
  • बुधबार, चैत १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कांग्रेस र एमालेवीच कडा टक्कर, माओवादीले शक्ति सुदृढ गर्दै

    १६ चैत, पोखरा । क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा ठूलो महानगरपालिका बनेको छ पोखरा । लेखनाथ नगरपालिका समेत गाभिएपछि यसको नाममै विवाद भयो । पोखरा लेखनाथ महानगरपालिका नै देशभरिको यस्तो स्थानीय तह हो, जसभित्र जिल्लाका सबै निर्वाचन क्षेत्र अटाएका छन् ।

    कास्की जिल्लाको ८० प्रतिशत भूभाग समेटिएको पोखरा लेखनाथ महानगरपालिकाको मेयर बन्नका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीभित्रका आकांक्षीहरुले लबिङ तीब्र पारेका छन् ।

    देशको पयर्टकीय शहर पोखरा महानगरको प्रमुख बन्न जिल्लाका प्रभावशाली नेताहरु नै अग्रसर भएका छन् । पोखरा उपमहानगरपालिकामा लेखनाथ नगरपालिकासहित एक दर्जन गाविस थपिएर महानगर बनेको हो ।

    पोखरा महानगरमा राङकोट, पुरुनचौर, लामाचौर,भदौरे, चापाकोट,कास्कीकोट, अर्मला, मौजा, काहुँ, भारतपोखरी, निर्मलपोखरी र भलाम गाविस गाभिएका हुन् ।

    टिकटका दाबेदार देखिन थाले

    एमाले पकड रहेका गाविसहरु समेत थपेर महानगरपालिका एमालेका लागि अनुकुल बनाइएको भन्दै कास्कीका कांग्रेस कार्यकर्ताहरुले अशन्तुष्टि व्यक्त गरिरहेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी चर्चा पनि चुलिएको छ ।

    कतिपयले पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलाएका छन् । तर, सांसदहरु मेयरको उम्मेदवार बन्ने सम्भावना छैन ।

    उम्मेदवारका आकांक्षीहरुले कार्यकर्ता भेटघाट बढाउन थालेका छन् । कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्र महानगरपालिका भित्र पर्ने भएकाले महानगरको मेयर सांसदभन्दा शक्तिसाली हुने निश्चित छ । त्यसैले बहालवाला सांसददेखि सांसदको चुनावमा प्रत्याशीहरुनै मेयरका आकांक्षी देखिएका छन् ।

    कतिपयले पोखराको मेयरमा एमालेका सांसद तथा युवा नेता रविन्द्र अधिकारी र कांग्रेस सांसद यज्ञबहादुर थापा नै आउने चर्चा पनि चलाएका छन् । तर, सांसदहरु मेयरको उम्मेदवार बन्ने सम्भावना छैन । अन्य नेताहरुलाई नै व्यवस्थापन गर्न समस्या परेका बेला पार्टीहरुले बहालावाला सांसदलाई मेयरको उम्मेदवार बनाउने सम्भाव नै नरहेको दलका नेताहरु बताउँछन् ।

    कांग्रेसमा धेरै आकांक्षी

    पोखराको मेयरका लागि कांग्रेसभित्र आधा दर्जन आकांक्षी देखिएका छन् । ती मध्ये पूर्व सांसद महादेव गुरुङ र उद्योग वाणिज्य संघ पोखराका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा सशक्त दावेदार हुन् ।

    त्यस्तै कांग्रेसका जिल्ला सभापति कृष्ण केसी, अशोक पालिखे र पोखरा उपमहानगरका पूर्व वडाध्यक्ष बिजेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी हुन् ।

    त्यस्तै पूर्वसचिव बाबुराम आचार्यले पनि मेयरका लागि आकांक्षा देखाउँदै कांग्रेस कार्यकर्तालाई आफ्नो पक्षमा परिचालन गरिसकेका छन् ।
    पोखरा गुरुङ समुदायको सघन बसोबासको महानगरपालिका भएकाले महादेव गुरुङले टिकट पाउने सम्भावना बढी रहेको चर्चा कांग्रेस वृत्तमा छ । तर, उनी जिल्लामा भन्दा केन्द्रमै रहने गरेकाले जिल्लामा उनको पक्षमा माहौल बन्न सकेको छैन । विन्दुकुमार थापा पनि चर्चित अनुहार हुन् । त्यसो त देवराज चालिसेले पनि मेयरका लागि आफ्नो आकांक्षा देखाएका छन् ।

    एमालेबाट को को ?

    एमालेबाट मेयरका लागि पोखराका पूर्व मेयर कृष्ण थापा प्रबल दाबेदारका रुपमा देखिएका छन् । त्यस्तै एमालेका पूर्व जिल्ला अध्यक्ष मानवहादुर जिसी र युवा संघका अध्यक्ष राजिव पहारी पनि मेयरका आकांक्षी हुन् । कृष्ण थापा ०५४ मा पनि पोखराको मेयर जितेका व्यक्ति हुन् । उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट कांग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए ।

    त्यस्तै अर्का दाबेदार मानवहादुर जिसी एमालेका दाबेदार हुन् । उनी लेखनाथ नगरपालिका महानगरमा गाभिएपछि महानगरको मेयरका दाबेदार बनेका छन् ।

    पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।

    उनी पनि गत संविधान निर्वाचनमा कांग्रेसका यज्ञवहादुर थापासँग पराजित भएका थिए । एमालेबाट मेयरका अर्का दाबेदार राजिव पहारी युवा संघका अध्यक्ष र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वस्ववियु सभापति हुन् ।

    पोखराको मेयरमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका पूर्व डीन डा.भरत पहारीको पनि नाम चर्चामा आएको छ ।

    माओवादीका दाबेदार

    माओवादी केन्द्रबाट मेयरका आकांक्षीहरु चार जना देखिएका छन् । पोखरा नगर विसका समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, क्रिकेट एशोसियसनका पूर्व अध्यक्ष दीपक कोइराला, तमु मुक्ति मोर्चाका अध्यक्ष बखान सिंह गुरुङ र पार्टीका पोलिटब्यूरो सदस्य झलकपाणि तिवारी मुख्य दाबेदारका रुपमा देखिएका छन् ।

    पोखरा महानगरपालिकामा राप्रपा र संघीय समाजवादी फोरमको पनि अस्थित्व छ । तर, ती पार्टीबाट मेयरका आकांक्षीहरु सार्वजनिक भइसकेका छैनन् । राप्रपाका नेता सूर्यबहादुर केसी पार्टी छाडेर बसेका छन् । राप्रपाबाट अरु आकांक्षीहरु देखिइसकेका छैनन् ।

    कसको अवस्था कस्तो ?

    पोखरा नगरको चुनावी इतिहास हेर्दा ०४९ मा नेपाली कांग्रेसले जितेको थियो भने ०५४ मा एमालेले जित्यो । अहिले गाभिएको लेखनाथ नगरपालिकामा एमालेले जितेको थियो । थपिएका गाविसहरुमध्ये धेरैजसो एमालेको पकड क्षेत्र मानिएका गाउँ हुन् ।

    पोखरा महानगरपालिकामा कास्कीका चारवटै क्षेत्रका ८० प्रतिशत भूभाग समेटिएको छ । चार क्षेत्रमध्ये ०७० को चुनावमा २ सीट कांग्रेस र २ एमालेले जितेका थिए । त्यसअघि ०६४ मा तीनवटा क्षेत्र माओवादीले जित्दा एउटा क्षेत्र एमालेका रविन्द्र अधिकारीले जितेका थिए ।

    पोखराको चुनावमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिएको छ । तर माओवादी केन्द्रले पनि पछिल्लो पटक आफ्नो अवस्था सुधार गर्दै लगेको देखिन्छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.