×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अहिले हिमवतखण्ड–नेपालमा हिन्दु र बौद्धलाई सबभन्दा ठूलो खतरा !

  •  
  • मङ्गलबार, चैत १५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीर्घराज प्रसाई

    नेपाल संसारका राष्ट्रहरुका अगाडि आफ्रना मौलिक विशेषता लिएर उभिएको देश हो । नेपालका तीन विशेषता छन् । १) ऋषिमुनीहरुको जन्म र कर्मथलो– वेद, उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा बौद्धभूमि हिमवत्खण्ड नेपाल, २) विश्वका राष्ट्रहरुमा पुरानो सार्वभौमसत्तासम्पन्न देश, ३) विश्वको एक मात्र हिन्दु अभिराज्य ।

    हिमवतखण्ड–नेपाल भनेको पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा कैलास मान शरोवर र दक्षिणमा गंगानदी । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ । यो पूण्यभूमिलाई भारतीय हिन्दुहरु देशभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् । नेपालको दोस्रो विशेषतामा नेपालले आफ्नो सार्वभौमसत्ता माथि कहिले पनि विदेशीहरुबाट बिटुलो गर्न दिएन । सार्वभौमसत्तासम्पन्न राष्ट्रलाई बचाएर राखेका छन् ।

    यो विश्वभरका नेपालीहरुले गौरव हो । तेस्रो विशेषता हो– नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य । विश्वको एक मात्र हिन्दु अधिराज्यको नाताले भारत तथा विश्वका हिन्दुहरु नेपाल माथि ठूलो आस्था राख्छन् । नेपालमा हिन्दु र बौद्ध वीचको सामञ्जस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ वीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्नेगरिन्छ । बौद्धहरु पनि पशुपतिनाथको पूजाआजा गर्दछन् ।

    काठमाण्डौं उपत्यकामा बौद्धहरु आठओटा शिवलिङ्गलाई अष्टवैतरागको रुपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दुहरु मञ्जुश्रीलाई सरस्वती मानेर पूजागर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्तिनाथको मंदिरमा लामा र बैष्णव दुबै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दुहरु नारायणको रुपमा र बौद्धहरु भगवान बुद्धको रुपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दु तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगनारायण स्थित गरुडलाई बौद्धहरु हरिहरवाहन लोकेश्वर मान्दछन् ।

    बुढानिलकण्डलाई बौद्धहरु १०८ लोकेश्वरको रुपमा आराधना गर्छन् । बौद्ध बिहारहरुका मूलढोकामा दाँया र बाँया गणेश र महांकालको प्रतिमा खडा गरी पूजागर्ने गरिन्छ । यस्तो धार्मिक सम्मिश्रण भएको नेपालको धार्मिक सद्भाव र मेलमिलापलाई नेपालीहरुले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकेका छन् । दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्री, इन्द्रजात्रा आदि अनेकौ चाडपर्वहरु नेपाली समाजका जीवन पद्धति भएका छन् । हिमवतखण्ड नेपाल मानव सभ्यताको केन्द्रस्थल हो ।

    यो देवभूमि, ऋषिमुनीहरुको तपोभूमि, वेद, उपनिषद, रामायण, शास्त्रहरुबाट सिचित पूण्यभूमि भएकाले युगयुगान्तरसम्म यो सार्वभौमसम्पन्न स्वर्णभूमिको पहिचान र प्रतिष्ठा कायम राख्न यसको संरक्षण गर्ने आधारभूत मान्यताहरु कायम रहेनन् भने यो पवित्रभूमि अस्तित्व माथि खतरा आउछ ।

    नेपाल हिन्दु तथा बौद्धको उद्गमभूमि भएकाले हिन्दु बिरोधीहरु ज्सरी भएपनि हिन्दु तथा बौद्धभूमिलाई इसाईहरुले धवस्त गरेर विश्वमा इसाई साम्राज्य स्थापित गर्न पश्चिमाहरुले नेपालभित्रैका पार्टीका देशद्रोही, भ्रष्ट, गद्दार र सकेसम्म इसाई समर्थक माओवादीलाई प्रसस्त आर्थिक स्रोत उपलब्ध गराएर २०६३ सालपछि नेपाललाई तहसनहस गराउन सशक्त भएर लागेकाले अहिले नेपालको सबभन्दा ठूलो खतरा देशभित्रकै गद्दारबाट भइरहेकाले अव हामी देशभक्त नेपालीहरुले नेपाल बचाउन जस्तोसुकै कुर्वानी गर्नु परेता पनि देशको लागि समर्पित हुनुपर्ने बेला आएको छ ।

    यस अवस्थामा विश्वको हिन्दु अधिराज्यको रुपमा स्थापित हिन्दु अधिराज्यलाई बचाइराख्न र हिन्दु तथा बौद्ध परम्परालाई जीविन्त राख्दै यो क्षेत्रका चाड, पर्वहरु बचाइ राख्न पृथ्वीनारायण शाहका बंशज राजसिंहासनमा आसीन भई यो पबित्रभूमिलाई संरक्षण गर्न सक्ने हिन्दु राजसंस्था नैं भएकाले नेपालमा राजसंस्था एक अपरिहार्य आवश्यकता र मान्यता हो । त्यो भएकालेले नेपालका दलालहरु र विदेशी परचक्रीहरुको पासोबाट उम्केर नेपालमा राजसंस्था र हिन्दु अधिराज्य यथावत रुपमा स्थापित हुनुपर्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.