नवीन अंकुर/मनाङ
चैत्र ११ गते । मनाङमा फल्गुनको अन्तिम सातामा परेको हिमपात अझै राम्रोसँग विलाइ सकेको छैन। हिमपातका कारण होटल व्यवसायमा केही प्रभाव परे पनि केही दिन यता देखी स्वदेशी तथा विदेशी पर्यटकहरुको चहल पहल वढेको छ।

दैनिक २ सय देखी ३ सय सम्म आन्तरीक तथा वि देशी पर्यटकरहरुको उपस्थितीले व्यवसाहिकहरु समेत हौसीएका छन । नेपालको पदयात्रा मध्यको सवै भन्दा अग्लो थोराङला पास पनि यसै क्षेत्र भएर जाने भएकाले पनि पर्यटकहरुको चहल पहल वढेको हो ।

पर्यटकको आगम संगै होटल ब्यवसायीलाई यतिखेर भ्याइ नभ्इ भएको छ भने जाडो छल्न अन्यत्र गएका मानिसहरु पनि सिजन शुरु सँगै आफ्नो व्यवसाय संहाल्न मनाङ आइसकेका छन्।


