×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लन्डनको आतंककारी आक्रमणमा नेपाली सुरक्षित

  •  
  • बिहिबार, चैत १०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नवीन पोखरेल, लन्डन

    चैत्र १०, २०७३- लन्डनको मुटु वेष्टमिनिष्टरमा बुधबार दिउँसो भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित पाँच जना मारिएका छन् । बेलायती संसद भवन नजिक भएको उक्त आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा ४० घाइते भएका छन् । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

    मेट्रोपोलिटन पुलिस असिस्टेन्ट कमिश्नर मार्क राउलीले आक्रमण इस्लामिक उग्रवादीसँग सम्बन्धित रहेको जनाउँदै आक्रमणकारीको पहिचान भइसकेको बताएपनि विस्तृत विवरण दिएका छैन । मारिने प्रहरी अधिकृत ४८ वर्षीय पिसी किथ पाल्मर रहेको बेलायती प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई आतंकवादी आक्रमण भन्दै थप अनुसन्धान भइरहेको बताएको छ ।

    बीबीसीका अनुसार, पर्यटकहरुले खचाखच भरिने वेष्टमिनिस्टर पुलको पेटीमा हिँडिरहेका पैदल यात्रुमाथि अन्धाधुन्ध कार कुदाएर एक संदिग्ध आतंककारीले कार रेलिङमा ठोक्काएको थियो । पछि उक्त आक्रमणकारीले संसद भवनको सुरक्षा दिइरहेका प्रहरीलाई धारिलो चक्कु प्रहार गरेको समाचारमा जनाइएको छ । सशस्त्र प्रहरीले आक्रमणकारीलाई गोली हानी मारिदिएका छन् ।

    उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जनाए । उनले नेपालीहरुलाई अलिक चनाखो भएर व्यस्त ठाउँमा सतर्कता अपनाउन आग्रह गरेका छन् । आरणले बेलायत सरकारबाट हालसम्म सुरक्षा संवेदनशीलताबारे ‘अलर्ट’ नआएको पनि जनाए ।

    घट्नापछि करिब हजार जनालाई सुरक्षित स्थान वेष्टमिनिष्टर आबीमा लगिएको थियो । हाउस अफ कमन्समा संसद चलिरहेका बेला उक्त घट्ना भएपछि सांसदहरु चार घण्टा भित्रै थुनिएका थिए ।

    सरकारको आपतकालिन कोब्रा बैठकपछि बेलायती प्रधानमन्त्री टेरेजा मेले भावुक मुद्रामा घट्नाको भत्र्सना गर्दै लन्डनको आतंककारी घट्नाबाट बेलायती मुल्य मान्यता परास्त हुन नसक्ने बताएकी छन् । उनले घट्नालाई मानवता विरोधी र रुग्ण बताउँदै भनेकी छन्, ‘आतंककारीहरुले हाम्रो राजधानीको मुटुलाई निसाना बनाए जहां संसारभरका विभिन्न धर्म र संस्कृति भएका मानिस स्वतन्त्रता, प्रजातान्त्रिक मुल्य मान्यता र वाक स्वतन्त्रता अनुभूति गरिरहेका छन् ।’

    लन्डन मेयर सादिक खानले एउटा भिडियो मन्तव्यमा आतंकवादबाट लन्डनवासी कहिल्यै त्रसित नहुने बताएका छन् । विश्व नेताहरुले लन्डन आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग फोन सम्पर्क गरि आफ्नो सरकारको पूर्ण साथ रहेको बताएका छन् । फ्रान्स, जर्मनी, क्यानडा, स्पेन आदि देशका नेताहरुले पनि घटनाप्रति शोक व्यक्त गर्दै बेलायत सरकारप्रति ऐक्यवद्धता जनाएका छन् ।

    यूके केही वर्ष यता आतंकवादको निसानामा पर्दै आएको थियो । सरकारले बेलायतभित्र जुनैपनि बेला आक्रमण हुन सक्ने उच्च सम्भावना रहेको निष्कर्षसहित सुरक्षा सतर्कता अपनाउँदै आएपनि बुधबारको घटना भएको छ । लन्डनमा भएको आक्रमण फ्रान्सको निस र बर्लिन प्रकृतिकै छ । घटनापछि लन्डनका सडकमा प्रहरी उपस्थिति बढाइएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.