कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १० गते । सामान्यतया लसुनलाई मानिसले औषधीय गुण भन्दा पनि मासुको मसला भन्दा बढी कुनै रुपमा हेरीएको पाइदैन । बास्तवमै लसुन अत्याधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित सेवन गर्नाले स्वास्थ्यमा सुधार आउने र केही डरलाग्दा शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ ।

लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा आफुलाई जानकारी हुन पनि आवश्यक छ ।

त्यती मात्र होइन हामीले लसुनका भित्री भाग खान्छौ र लसुनका बोक्रो फाल्छौ । लसुन जस्तै लसुनको बोक्रा पनि हितकारी हो भन्ने बुझयौ भने धेरै फाइदा हुन्छ । हामी लसुनको बोक्रलाई फोहोरको रुपमा फाल्ने गरेका छौ । यसलाई फोहरका रुपमा नफालीकनै औषधीको रुपमा पनि प्रयोग गनृ सकिन्छ ।

आउनु होस यसको कहानी सुनौ न त उसो भए होइन ?
- लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।
- लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद बढाउँछ ।
- लसुनको बोक्रालाई पिसेर डण्डि फोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ ।
- लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।
- लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ ।
- लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको असर कम हुन्छ ।
- लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ ।
- लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।
- यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।
- लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।


