बिष्णु दवाडी/अर्धाखाची
चैत्र ९ गते । विश्वपानी दिवशको अवशरमा अर्धाखाची खोला क्षेत्र गरी मनाइएको छ । घर, होटल, कार्यालय, अस्पताल, उद्योगधन्दा आदिमा प्रयोग भएको पानीलाई खेर नफाली पुनः प्रयोग तथा बहुप्रयोग गरि दीगो विकासको माध्यमबाट जीवनलाई स्वस्थ, सुखी र समृद्ध बनाउन सकिने कुरामा जोड दिदै ‘त्यसै खेर जान नदिई पुनःप्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दीगो विकास र जिन्दगानी’ भन्ने मूल नाराका साथ विश्व पानी दिवस मनाइको हो । 
खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला समन्वय समिति÷पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजना, दोश्रो, सुआहारा, ग्लोबल सेनिटेसन फण्ड/यु.एन.ह्याविटाट र सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर उपभोक्ता मूल संस्थाको व्यवस्थापन सहयोगमा सञ्चालित २४ औं विश्व पानी दिवस मनाउने कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु, सरकारी तथा गैरसरकारी निकायहरु, राजनीतिक दलहरु, सञ्चारकर्मीहरु, सुरक्षाकर्मीहरु, सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्था, टोल सुधार समितिहरु लगायत स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

बिहान सन्धिखर्कको शान्ति बगैंचाबाट ब्यानर, प्लेकार्ड सहित शुरु भएको रयाली चुत्राबेशीमा पुगेपछि बाँगी खोला,भद्री खोला क्षेत्रको सरसफाइ गर्ने कार्य भएको थियो । खोला क्षेत्रको फोहरहरुलाई डम्पिङ्ग साइडमा फालिइएको थियो । अभियानकर्ताहरुले माइकिङ्ग गर्दै स्थानीयबासीहरुलाई आफ्नो क्षेत्रको सरसफाइ आफैले नगरे अरुले समेत फोहर गर्ने छन् भन्ने बारेमा सचेत भई टोल सुधार समितिको सक्रियतामा नियमित रुपमा खोला क्षेत्र तथा टोलको सरसफाइ गर्नु पर्ने, आफ्नो मात्रै नभएर आफ्नो भावी पुस्ताको लागि समेत पानीका स्रोतहरुको संरक्षण गर्न आवश्यक रहेको बारे जानकारी गराउदै फोहर जम्मा गर्ने सामग्री सहित सरसफाइ कार्यमा सहभागी हुन आव्हान गरेका थिए ।

बाँगी तथा भद्री खोला क्षेत्रको सरसफाइ पश्चात रयाली भद्री टोल हुँदै नयाँ पुलमुनि आएर त्यस क्षेत्रको सरसफाइ गरेपछि ९ बजे समापन कार्यक्रम भएको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तथा डिवाससिसिका सदस्य सचिव श्री सुरत कुमार बमले पानी जीवन हो, यसको कुनै विकल्प छैन, त्यसैले पानीको प्रयोगमा सावधानी अपनाउनुका साथै एकपटक प्रयोग भएको वा त्यसै खेर जाने पानीको समेत पुनः प्रयोग गरिनु पर्ने आवश्यकता रहेको, विश्व पानी दिवसले साँकेतिक रुपमा सबैलाई पानीको प्रयोग र पुनः प्रयोग प्रति सचेत हुन र पानीका स्रोतहरुको संरक्षण तथा सरसफाइमा जिम्मेवार बन्न आग्रह गनु भएको थियो ।





















