×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राष्ट्रिय परिचयपत्र भदौदेखि

  •  
  • बिहिबार, चैत ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भउचप्रसाद यादव

    काठमाडौंँ, चैत ३ गते ।  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ ।
    राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका इन्जिनियर राम थापाले राष्ट्रिय परिचयको डिजाइनको काम अन्तिम चरणमा पुगिसकेको बताउँदै अबको छ महिनाभित्र राष्ट्रिय परिचय वितरण गरिने जानकारी दिनुभयो ।  उहाँका अनुसार, भदौ महिनाको पहिलो हप्ता सिंहदरबारभित्र कार्यरत सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिनेछ ।
    राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ लाई छनोट गरिएको थियो ।  एसियाली विकास बैङ्क (एडीबी) को झन्डै ८४ करोड रुपियाँ आर्थिक सहयोगमा यो कार्य सञ्चालनमा छ ।
    उहाँले अबको दुई महिनाभित्र राष्ट्रिय परिचयपत्र प्रणालीको स्थापना भई त्यसको छ महिना महिनाभित्र एक लाख १७ हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
    उहाँका अनुसार, एक लाख १७ हजारमध्ये सात हजार सिंहदरबारभित्रका कार्यालयका कर्मचारीहरूलाई वितरण गरिनेछ भने बाँकी एक लाख दश हजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिनेछ ।  उहाँले जिल्लाको छनोट भने अझै नभएको जानकारी दिनुभयो ।  राष्ट्रिय परिचयपत्र निःशुल्क वितरण गरिने जानकारीसमेत उहाँले दिनुभयो ।
    दुई वर्ष अघि २०७१ माघ १४ गतेको मन्त्रिपरिषद्् बैठकले गरेको निर्णयले स्वीकृत गरेको ढाँचाअनुसार केन्द्रले परिचयपत्रको डिजाइन तयार गरेको इन्जिनियर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार, कार्डको भित्री र बाहिरीपट्टि क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित हुनेछन् ।  परिचयपत्र वितरणको सम्पूर्ण कार्य चार चरणमा सम्पन्न हुने बताउँदै उहाँले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो ।
    उहाँका अनुसार, सुरुमा यो परिचय पत्रलाई ‘जी टु जी’
    (सरकारदेखि सरकारसम्म) र त्यसपछि ‘जी टु सी’ (सरकारदेखि जनतासम्म­) पु¥याइने नीति छ ।  चिप्स र युनिकोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्क्यान जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन साबित हुने विश्वास गरिएको छ ।
    यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्नेछ ।  यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।  राष्ट्रिय परिचयपत्रमा व्यक्तिको आमाको नाम नरहेको हल्ला निराधार रहेको बताउँदै उहाँले परिचयपत्रमा परिचयपत्र वाहकको बुबाको नामभन्दा माथि आमाको नाम रहेको जानकारी दिनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.