नवीन अंकुर/मनाङ
चैत्र १ गते । गत मंगलवार वाट परेको हीमपातवाट विचल्लित सोदेशी तथा विदेशी पर्यटकहरु आफ्नो गन्तव्यमा पुग्न आतुर देखीन्छन्।

आईतवार वाट हिउँ पर्न कम भए पछी अन्नपुर्ण पदमार्ग मनाङ आईपुगेका पदयत्रीहरु यतिखेर कट्टी कट्टी हिउँमा लड्दै पड्दै ओहोर दोहोर गरीरहेका छन् ।

बाटोमा हीउँ फाल्न होस या हिउँ पहीरो पन्छाउन जसरी पनि आफ्नो यत्रलाइ निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँ ठाउँमा गहेको हीउँ पहीरोले भने बाटोमा अवरोध गरेको छ ।

माथि बाट हिउँसँगै ढुङगा खस्ने र रुखका हाँगा भचिने हुनाले पनि यत्र झन कठिन बनेको छ । बाक्लो हिमपातका कारण सवारी साधन नचल्नु र ठाउँ ठाउँमा पहीरो जानुले पनि पैदल यत्र जोखिम हुन पुगेको पर्यटकहरुले बताएका छन् ।





















