×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पृथ्वीजयन्ती नपरेपछि अस्वीकृत

  •  
  • मङ्गलबार, चैत ०१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रेवती सापकोटा

    सार्वजनिक विदासम्बन्धी सरकारी प्रस्ताव

    काठमाडौं: नेपाल एकीकरणको अगुवाइ गर्ने पूर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती पर्ने दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव नल्याएपछि ०७४ सालमा दिइने सार्वजनिक पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ ।

    गृह मन्त्रालयको उक्त प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिनेगरी प्रस्ताव नल्याएसम्म पारित गर्न नसकिने अडान केही मन्त्रीले लिएपछि उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट अस्वीकृत भएको हो । एक मन्त्रीका अनुसार आपूर्तिमन्त्री दीपक बोहराले पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिने प्रस्ताव ल्याउनुपर्ने माग गरेपछि प्रस्ताव पारित नभएको हो ।

    ‘उहाँले पृथ्वीजयन्तीको विषय उठाउनुभयो, अरू केही विषय पनि मिलाउनुपर्ने देखिएकाले त्यो प्रस्ताव पारित नभएको हो’, ती मन्त्रीले अन्नपूर्णसँग भने । गृहमन्त्री विमलेन्द्र निधिले फागुन १७ गते स्वीकृत गरी फागुन २२ गते आइतबारको मन्त्रिपरिषद् बैठकमा छलफलका लागि प्रस्ताव गरिएको थियो । गत पुसमा पनि मन्त्रिपरिषद् बैठकमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पृथ्वीजयन्तीमा बिदा दिनुपर्ने माग राखेका थिए तर उनको मागको सुनुवाइ भएको थिएन ।

    गृह मन्त्रालयको प्रस्तावअनुसार मजदुर दिवस वैशाख १८ गते सोमबार, गणतन्त्र दिवस जेठ १५ गते सोमबार, निजामती सेवा दिवस भदौ २२ गते बिहीबार, संविधान दिवस असोज ३ गते मंगलबार, अन्तर्राष्ट्रिय अपांग दिवस मंसिर १७ गते, सहिद दिवस माघ १६ गते मंगलबार, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते सोमबार, अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते बिहीबारका लागि प्रस्ताव गरिएको छ ।

    गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमा बुद्धजयन्ती वैशाख २७ गते बुधबार, श्रीकृष्ण जन्माष्टमी साउन ३० गते सोमबार, नेपाली सिख धर्मालम्बीले मनाउने गुरुनानक जयन्ती कात्तिक १८ गते शनिबार, किराँत धर्मालम्बीले मनाउने फाल्गुनन्द जयन्ती कात्तिक २५ गते, जैन धर्मावलम्बीले मनाउने महावीर जयन्ती चैत १५ गते र चैत ११ गते रामनवमी निर्धारण गरिएको उल्लेख छ ।

    प्रस्तावमा विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकका सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ । प्रस्तावमा अस्पताल, रोप–वे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, प्रहरी, फायर ब्रिगेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, आकाशवाणीजस्ता आकिस्मक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानुनको रीत पु¥याई सट्टा बिदा बस्न पाइने उल्लेख छ ।

    काठमाडौं उपत्यकाका लागि गाईजात्रा साउन २४ गते मंगलबार, इन्द्रजात्रा भदौ २० गते मंगलबार, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रा चैत ३ गते बिदा दिन प्रस्ताव गरिएको छ । माघ ८ गते वसन्तपञ्चमीका दिन शिक्षण संस्थालाई बिदा दिइने प्रस्ताव छ ।०७४ मा शनिबार ५२ दिन परेको छ । वैशाख, असार, भदौ, पुसमा पाँच—पाँच दिन शनिबार परेको छ भने कात्तिक, फागुन, जेठ, साउन, मंसिर, माघ, चैत र असोजमा चार—चार दिन शनिबार छ ।

    असोज ५ गते घटस्थापना र असोज ११ गते बुधबारदेखि असोज १६ सोमबारसम्म फूलपातीदेखि द्वादशीसम्म बिदा दिइने प्रस्ताव छ । यसैगरी, असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाको दिन पनि बिदा दिने प्रस्ताव छ । त्यसैगरी, कात्तिक २ गते बिहीबार लक्ष्मीपूजा, कात्तिक ३ गते गोवर्धन पूजा, म्हपूजा र नेपाल संवत् परेको छ भने कात्तिक ४ गते शनिबार भाइटीका परेको छ ।

    महिला कर्मचारीका लागि हरितालिका तिज भदौ ८ गते बिहीबार, ऋषि पञ्चमी भदौ १० गते शनिबार, जितिया पर्व भदौ २८ गते बिदा प्रस्ताव गरिएको छ । नव वर्ष वैशाख १ गते, किराँत, राई, लिम्बू जातिको उभौली पर्व, चण्डी पूर्णिमा वैशाख २७ गते बुधबार, जनै पूर्णिमा, रक्षाबन्धन (ऋषि तर्पणी) साउन १३ गते शुक्रबार, गौरापर्व भदौ १३ गते मंगलबार, इश्लाम धर्मालम्बीको पर्व इदुल फित्र, छठ पर्व कात्तिक ९ गते बिहीबार, इश्लाम धर्मालम्बीको पर्व बकर इद (इदुल जोहा)को दिन, किराँत जातिको उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवस मंसिर पूर्णिमा मंसिर १७ गते आइतबार पर्व बिदा प्रस्ताव गरिएको छ ।

    इसाई धर्मालम्बीको पर्व क्रिसमस डे पुस १० गते सोमबार, तमू ल्होसार पुस १५ गते शनिबार, थारू, मगर, छन्त्याल जातिको राष्ट्रिय पर्व माघी पर्व माघ १ गते सोमबार, सोनाम ल्होसार माघ ४ गते बिहीबार, महाशिवरात्रि फागुन २ गते बुधबार, हिमाली आदिवासी शेर्पाहरूले मनाउने ग्याल्वो ल्होसार फागुन ४ गते शुक्रबार, फागु पूर्णिमा फागुन १७ गते बिहीबारलाई पर्व बिदा प्रस्तावित गरिएको छ । मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा फागुन १८ गते फागुपूर्णिमा बिदा प्रस्ताव गरिएको छ । यसैगरी, सिरुवा पावनी पर्वका दिन त्यस्तो पर्व मनाउने झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा बिदा दिइनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, चैत ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.