×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हङकङमा नेपथ्यको प्रस्तुति: एकैथलोमा रमाए फरक पुस्ता

  •  
  • सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ३० फागुन, हङकङ । फरक पुस्ताका बीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ ।

    यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन्। यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल बाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन् । यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे ।

    कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट भएको थियो । झण्डै साढे चार दसक अघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झण्डै तीन दसकदेखि हंगकंगमा शिक्षण पेशा अंगाल्दै आएका छन् ।

    कुनै जमानामा त्रिविवि कीर्तिपुरको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्त (हाल संगीत नाट्य एकेडेमीका कुलपति)ले लेखेका लाइनलाई संगीतबद्ध पारेका उनै विक्रम गुरुङको निम्ति आइतबारको ‘नेपथ्य हङकङ साँझ’ नोस्ताल्जिक बन्न पुग्यो ।

    ‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलोपटक सुन्दैछु,’ मञ्चबाट झण्डै सय मिटर परको अँध्यारो लहरमा सेतै फुलेका गुरुङ भनिरहेका थिए, ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उतिबेलाको मुड यसमाअटाएको पाएँ।’

    संगीतमा एउटै ‘थिम’लाई पनि फरक-फरक प्रस्तुतीले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट बनेको सुनाए । एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हङकङमै बसेर पनि त्यही क्षणमा पुर्याएको उनले थपे ।

    ‘आज होलीको दिन म तपाइँहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकहरुसँग संवाद गरे, ‘शब्द र संगीतको यो रंगमा उता नेपालको माया भरिएको छ ।’

    यहाँस्थित तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’ को यो प्रस्तुतीमा नेपथ्यका नयाँ पुराना गीतहरुको मिश्रण थियो  ।

    ‘हङकङमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ,’ अढाइ दसकदेखि यतै बस्दै आएका यातायात व्यावसायी शेरबहादुर पुन भनिरहेका थिए, ‘तर, नेपथ्यको कार्यक्रम हेर्नेबेलामा भने बुढापाकादेखि यतै हुर्केका केटाकेटीको उत्तिकै भीड देख्दा रमाइलो लाग्यो ।’

    शेरबहादुरका अनुसार घरमा समेत बाबुआमा र आफन्त आएको बेलाबाहेकआपसमा जहिल्यै चिनियाँ भाषा नै बोल्ने उनका छोराछोरी र आफूहरुले हेर्ने टेलिभिजन नै बेग्लाबेग्लै छ । बुढापाकाले नेपालबाट आउने टिभी शो र सिनेमा हेर्छन् भने छोराछोरीहरु अन्यत्र मुलुकका कार्यक्रम ।

    ‘यस्तो अवस्थामा उनीहरुलाई नेपालसँग कसरी जोड्ने भनेर मुश्किल परिरहेको बेलामा नेपथ्यको प्रस्तुतीले सजिलो पारिदिएको छ,’ उनले थपे ।

    आफैमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरुबेला नेपालबाट आउने प्रस्तोताहरुले पूर्ण रुपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’का दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याएको देखेरै आफू चकित परेको समेत शेरबहादुरले बताए ।

    हङकङमै जन्मेकी र हाल बेलायतमा बसाइ सरेकी स्वेच्छा बस्नेत रंग रुप, चाल ढाल कतैबाट पनि नेपाली देखिएकी थिइनन् ।

    ‘छुट्टीमा यता आएको बेला काकाले नेपथ्यको शो छ भनेपछि हेर्न आएकी हुँ,’ आफूजस्तै किशोरीहरुको हुलबाट बोल्दै बेलायतको अक्सब्रिज कलेजमा ‘ट्राभल एण्ड टुरिज्म’ तेश्रो वर्ष पढ्दै गरेकी उनले भनिन्, ‘प्रायः अंग्रेजी रकोरियन ब्याण्डको शो हेर्ने गरेकोमा नेपथ्यको नाम पहिलेदेखि सुन्दैआएकोले कस्तो रहेछ भनेर हेर्न आएकी हुँ ।’

    बेलायतमै पनि नेपथ्यको कार्यक्रम हुँदा हेर्न नपाएको धोको छुट्टीमा आएकोबेला यहाँ पुरा भएको र आफूलाई असाध्यै रमाइलो लागेको उनले प्रतिक्रिया दिइन् ।

    दुई घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले अत्यधिक मात्रामा नयाँ सिर्जना गरिएका गीतहरु सुनाएको थियो । त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमकोअन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको ‘तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली’ बाट गरिएको थियो ।

    कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ रमादलमा शान्ति रायमाझीले सघाएका थिए ।

    नेपथ्यको आगामी प्रस्तुती अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.