×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सेनापति तराई-मधेसमा

  •  
  • सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानसेनापति राजेन्द्र क्षत्री

    शम्भु कट्टेल

    काठमाडौः तराई-मधेसमा राजनीति र सुरक्षा अस्थिर भइरहेका बेला त्यहाँको पछिल्लो अवस्था बुझ्न प्रधानसेनापति राजेन्द्र क्षेत्री सप्तरी, सर्लाही र धनुषाको दुईदिने भ्रमणमा गएका छन् ।

    प्रधानसेनापति क्षेत्रीले भ्रमणमा त्यहाँको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे जानकारी लिएका छन् । उनी धनुषास्थित गोरखनाथ गणको वार्षिकोत्सवमा सहभागी भए पनि उनले सर्लाही र सप्तरीसमेत पुगेर त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी लिएको स्रोतले बताएको छ । उनले सर्लाहीस्थित रणशेर गण र सप्तरीको वन तथा पर्यावरण गणको निरीक्षण गरेका थिए । त्यस क्रममा उनले एमालेको मेची-महाकाली अभियानका क्रममा सप्तरीमा भड्किएको हिंसा र त्यसबाट उत्पन्न असहज परिस्थितिका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए ।

    गणको नियमित निरीक्षण भ्रमण भनिए पनि प्रधानसेनापति क्षेत्री पछिल्लो समय तराई-मधेसको तरल राजनीतिक अवस्था र सुरक्षास्थितिबारे जानकारी लिन गएको स्रोतले बताएको छ । उनले शिवरात्री एवं सेना दिवसका अवसरमा फागुन १२ गते दिएको सन्देशमा विभिन्न स्वार्थसमूहले तराई-मधेसमा गरिरहेका अवाञ्छनीय गतिविधि सेनाले गम्भीरतापूर्वक नियालिरहेको र आदेश पाए त्यस्ता गतिविधि निस्तेज पार्ने तयारी अवस्थामा रहेको उल्लेख थियो।

    प्रधानसेनापति क्षेत्रीले आइतबार सर्लाहीस्थित रणशेर गण, सप्तरीस्थित पर्यावरण गण र धनुषास्थित गोरखनाथ गणको निरीक्षण गरे । तराई-मधेसको पछिल्लो सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचनका सुरक्षा चुनौती बुझ्न उनी भ्रमणमा गएको जंगीअड्डा स्रोतले बतायो । ‘पछिल्लो राजनीतिक अवस्था र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीबारे जंगी अड्डा गम्भीर बनेको छ । जंगी अड्डा सबै विषयमा जानकार छ’, उच्च सैनिक स्रोतले भन्यो, ‘त्यसकै सिलसिलामा चिफसापले तराई-मधेसको सुरक्षा स्थितिसम्बन्धमा चासो राख्नुभएको हो ।’

    प्रधानसेनापति क्षेत्रीले गणपतिहरूसँग मधेसमा संविधान संशोधनको माग गर्द भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकर्ताको गतिविधिलगायत विषयमा जानकारी लिएको स्रोतले बतायो ।

    प्रधानसेनापति क्षेत्रीले गणपतिहरूसँग मधेसमा संविधान संशोधनको माग गर्दै भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकर्ताको गतिविधिलगायत विषयमा जानकारी लिएको स्रोतले बतायो । गणपतिहरूले उनलाई सप्तरी र धनुषाको सुरक्षास्थिति र सम्भावित सुरक्षा चुनौतीबारे बिफ्रिङ गरेका थिए । उनले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन सुरक्षा चुनौतीबारे समेत चासो राखेका थिए । फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा सेनाले राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।

    तराईमा अवाञ्छित गतिविधि गर्दै आएका सीके राउत र केही विखण्डनकारी समूहले स्वतन्त्र मधेसका पक्षमा खुला सभासम्मेलन गर्न थालेपछि सेना गम्भीर बनेको स्रोतले बतायो । राजनीतिक दलहरू समयमै संयमित नबने तराई-मधेसमा विखण्डनकारी गतिविधि बढ्न सक्ने निष्कर्षमा सेना पुगेलगत्तै प्रधानसेनापति क्षेत्रीको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

    निरीक्षणमा उनले विभिन्न गण तथा सुरक्षा पोस्टको वस्तुस्थिति, विवरण, तालिम, बन्दोबस्तीलगायत विषयमा जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सेनाले मुलुक विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुतामा खलल पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न सदैव तम्तयार रहेको बताउँदै आएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.