×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वामदेवको उत्तेजक भाषणः आमाको नाम लिएर नेतालाई गाली !

  •  
  • आइतबार, फागुन २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रचण्डलाई सातजुनी जेल, मोर्चाका नेता भारतीय ?

    २९ फागुन, भैरहवा । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्री प्रचण्डलाई सात जुनीसम्म जेल हाल्नुपर्ने बताएका छन् । साथै उनले मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्ने बताएका छन् ।

    नेता गौतमले मोर्चाका नेतालाई गाली गर्दा ‘आमाको पेट’को समेत उच्चारण गरे ।

    मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय ?

    एमाले नेता गौतमले मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय भन्नेबारे टुंगो लगाउनुपर्ने बताए । उनले मोर्चाका नेताहरुको राष्ट्रप्रेममाथि प्रश्न उठाउँदै भने- ‘मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय ? टुंगो लगाउनुपर्छ ।’

    एमाले उपाध्यक्ष गौतमले मोर्चाका नेताहरुलाई गाली गर्दागर्दै नेताहरुका आमाको समेत नाम लिए । एमालेलाई मधेसमा छिर्न नदिने मोर्चाको चेतावनीप्रति आक्रोश पोख्दै पूर्वउपप्रधानमन्त्री गौतमले भने- ‘के यो तराई मधेस महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवका आमाले पेट बोकेर जन्माएको थलो हो ?’

    प्रचण्डलाई सातजुनी जेल !

    एमाले नेता गौतमले प्रधानमन्त्री प्रचण्डले देशको शीर झुकाएको बताउँदै जतिचोटि जन्मिए पनि जेल पठाउनुपर्ने अपराध गरेको बताए ।

    गोवामा भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई प्रचण्डले भेटेको स्मरण गर्दै नेता गौतमले त्यहाँ प्रचण्डले देशको शीर झुकाएको बताए । साथै अहिले कञ्चनपुर घटनामा पनि प्रचण्डले देशको शीर झुकाएको गौतमले बताए ।

    प्रधानमन्त्री प्रचण्डले सप्तरीमा मधेसी मोर्चाका कार्यकर्तामाथि गोली नचलाउनु भनेको विषयमा पनि गौतमले आपत्ति जनाए । उनले भने- ‘गोली नचलाउने भए सेना किन राखेको ? गोली नचलाउने भए प्रहरीलाई रिभल्भर, पेस्तोल, श्री नट थ्री र एससलआर किन दिएको ?’

    पूर्वगृहमन्त्रीसमेत रहेका गौतमले कार्यक्रममा भने- ‘दुश्मन जसरी आउँछ, सुरक्षा निकाय त्यसरी नै प्रस्तुत हुन्छ । प्रधानमन्त्रीले गोली नचलाउन भन्न मिल्दैन ।’

    वामदेवले गरेको भाषण सारांश उनकै शब्दमा

    नेपालका प्रधानमन्त्रीको हैसियत चीनको राष्ट्रपतिको बराबर छ । भारतको प्रधानमन्त्री, राष्ट्रपति बराबर छ । यो संसारका कुनै पनि कार्यकारी पूमुखहरुको बराबरी नेपालको प्रधानमन्त्रीको हैसियत हो । त्यो हैसियत सम्पूर्ण समाप्त गरेर, पानी पानी भएर भुईमा पछारिने यो छाँट देख्दा उहाँले नेपालको अपमान गरिरहनुभएको छ । कञ्चनपुरको घटनामा उहाँले नेपालीहरुको अर्को अपमान गर्नुभएको छ । सार्वभौम अधिकार सम्पन्न जनतालाई भ्रम सिर्जना गर्ने गर्नुभएको छ ।

    नेपाली जनता विदेशीको गुलाम हुन्छन् भनेर म पत्याँदै पत्याउँदैन, हाम्रा पूर्खाले रगत बगाएर देश निर्माण गरेको कुराप्रति हामी गौरब गर्दछौं ।

    हुन त मान्छेको मृत्यु एकैपटक हुन्छ, तर जतिपटक जन्मे पनि त्यसलाई जेलै हाल्नुपर्ने कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरु छन् । यति ठूलो अपमान यिनले गरेका छन् । माघ ७ गतेभित्र तीन तहको निर्वाचन भएन भने यिनीहरुलाई त्यहाँसम्मको सजायँ हामीले गर्न सक्छौं । जनमतबाटै हामीले टुंगो लगाउने हो । त्यो अवस्था हुन्छ, आउँछ ।

    जब देशमा संकटै संकट पर्छ, त्यो संकटबाट देशलाई पार लगाउने बुद्धिमान र बहादुरहरु पनि जन्मन्छन् ।

    हामीमाथि लगाइएको नाकाबन्दीमा मधेसी मोर्चाका नेताहरुले गएर खुशियाली मनाउँछन् । ती मधेसी मोर्चाका नेताहरु नेपाली हुन् कि भारतीय हुन् भन्ने टुंगो लगाउनुपर्दछ । त्यो नाकाबन्दीबाट सबभन्दा बढी मार खाने पीडकहरु को हुन् ? यही तराई मधेसमा बसेका जनता हुन् । त्यसबेला उनीहरुले मट्टीतेल लिएर आउँदा पनि त्यही मट्टीतेल छर्केर आगो लगाइदिए । त्यसपछि बल्ल पहाडतिरका जनताले मार खाएका हुन् । के यो ठाउँका जनतालाई पीडा दिने, दुःख दिनेहरु मधेसी संगठन हुन सक्छन् ? हुन सक्दैनन् । यी मधेसी संगठन पनि हैनन् र जनताका प्रतिनिधि त हुनै सक्दैनन् । कुनै पनि हालतमा होइनन् ।

    अब नेकपा एमालेलाई समाप्त गर्ने षडयन्त्र रचिँदैछ । मैले निश्कर्ष निकालेको छु, नेकपा एमालेलाई तराईमा आउनै नदिने रे । किन ? किन आउन नदिने ? के यो तराई महन्थ ठाकुरको राजेन्द्र महतोको उपेन्द्र यादवकी आमाले पेट बोकेर जन्माएको थलो हो यो ?

    यो धर्ती जहिलेदेखि जन्मेको छ, यो नेपाल हिमाल पहाड र तराईबाट कहिल्यै पनि अलग भएन । कसैले पनि तराईको मात्रै ठाउँमा कहिल्यै राज्य गरेन । र, मधेस राज्य भन्ने यो नेपालमा कहिल्यै कहिल्यै भएन ।

    प्रधानमन्त्रीले कुनै पनि हालतमा गोली नचलाउनु भन्न मिल्छ ? प्रधानमन्त्रीले कहिल्यै भन्छ त्यस्तो ? त्यसो हो भने सेना किन राखेको ? गोली नचलाउने हो भने सशस्त्र प्रहरी किन राखेको ? गोली नचलाउने हो भने त्यो प्रहरीलाई रिभल्भर, पेस्तोल, थ्रीनट थ्री, एसएलआर अनेकौं किसिमका हात हतियारहरु किन दिएको ? गोली नचलाउने भए किन दिएको ? किनकि सुरक्षा निकाय राज्यको कानून कार्यान्वयन गर्ने, देशको रक्षा गर्ने ठाउँमा बसेको छ, दुश्मन जसरी आउँछ, उ त्यसै गरेर प्रस्तुत हुन्छ । यो सर्वमान्य सिद्धान्त हो । सारा संसारभरि यो लागू हुन्छ ।

    गोली नचलाउने ? त्यस्तो आदेश दिन पाइन्छ ? पाइँदैन । प्रधानमन्त्रीले नेकपा एमालेका नेताहरुलाई जतिखेर घेराबन्दी गरेको छ, त्यो ससुरक्षामा खटिएका सुरक्षा निकायका जवान र अधिकृतहरुले गोली चलाउन सक्ने कुरा उहाँलाई थाहा छ कि छैन ? यस अवस्थामा प्रधानमन्त्रीले भन्ने कुरा हो-तपाईदे बल प्रयोग ज्यादै निम्न निम्न तरिकाले गर्नुहोस् है । यहाँसम्म भन्ने हो । गोली नचलाउनू … यस्तो हुँदैन । हामीलाई शंका लाग्छ यसको पछाडि । किन यसो भन्नुभो ? यसो भन्न पाइन्छ ? सुरक्षा निकायलाई गोली नचलाउनु भनेर आदेश दिन पाइन्छ ? जवकि त्यही ठाउँमा प्रेसर कुकुर बम फेला परेको छ । त्यही ठाउँमा गि्रनेट फेला परेको छ । अनेकौं कुराहरु भएका छन् । हामीलाई शंका लागिरहेको छ । अनेकौं किसिमका शंका लागिरहेका छन् ।

    जसले आफ्नो ज्यानको बाजी लगाएर नेपालको सबभन्दा ठूलो पार्टीका शीर्ष नेताहरुको टीमको सुरक्षाका निम्ति आफूलाई समर्पित गरे, तिनीहरुलाई पुरस्कार दिनुपर्ने ठाउँमा कारवाही भएको छ यो के हो ? यो के हो ? के कारणले यसो गरियो ? कसलाई खुशी बनाउन यसो गरिएको हो ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.