नवीन अंकुर/मनाङ
फागुन २९ गते । नेपालकै महत्वपुर्ण पदमार्ग अन्नपुर्ण पदमार्ग यति खेरा भने पुरै सेताम्मै भएको छ।

गतासाता मगंलवार वाट परेको हिउँले स्वदेशी तथा बिदेशी पर्यटकलाई लोभ्याएको छ । मनाङ जिल्लाको धारा पानी, तिमाङ, कोतो, नार, फु, चामे लगायत माथिल्लो मनाङ पुरै क्षेत्रमा हिउँ परेको छ । हिमपातका कारण सवारी साधनहरु चलेका छैनन् भने मानिसहरु घरभित्रै बसेर आगोको न्यानो लिई रहेका छन ।

निरन्तरको हिमपातका कारण आन्तरीक तथा बाहिय पर्यटकहरु समेत आउन जान सकि रहेको छैन ।

हिउँ लगभग २ फिट वाक्लो जमेको छ । हिमपात अझै रोकीने कुनै संकेत देखीएको छैन ।


























