×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राष्ट्रिय सम्मानसहित गौतमको अन्तिम संस्कार

  •  
  • आइतबार, फागुन २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अविनाश चौधरी

    धनगढी, फागुन २९  गते ।  मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ ।
    मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि आइतबार अन्त्येष्टि गरिने निश्चित भएको हो ।  सेती अञ्चल अस्पतालमा राखिएको उहाँको शवलाई आइतबार बिहान उठाउने र धनगढी, ठोकेबजार, पुनर्वास, आनन्द बजारमा शवयात्रा गरी कञ्चनपुरको पुनर्वास नजिक रहेको दोदा नदी किनारमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने सहमति भएको मृतकका आफन्त खडानन्द गौतमले जानकारी दिनुभयो ।  अन्त्येष्टिको क्रममा नेपाल प्रहरीले ११ तोपको सलामी दिने जनाइएको छ ।
    कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित आनन्द बजार नजिक कल्भर्ट बनाइएको विवादमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर सोही ठाउँ निवासी गौतमको गत बिहीबार मृत्यु भएको हो ।  भारतीयले नेपाली भूमिमा ज्यादती गरेको र नेपाल सरकारले सुरक्षा दिन नसकेको विरोधमा मृतकका आफन्तले तीन दिनदेखि शव उठाउन मानेका थिएनन् ।
    मृतक गौतमलाई मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरी आफन्तलाई क्षतिपूर्ति दिने तथा उहाँको बालबच्चाको भरणपोषणसहित शैक्षिक खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेपछि शनिबार आफन्तले शव बुझ्ने सहमति जनाएका हुन् ।  मृतक गोविन्दका तीन जना छोरी छन् ।  मृतक गौतमका बुवा खेमलाल, श्रीमती लक्ष्मी र आमा हरिदेवी गौतमले शव बुझ्ने सहमति जनाएपछि शनिबार सेती अञ्चलमा शवको पोस्टमार्टम भएको छ ।
    यसअघि, शनिवार नै अन्त्येष्टि गर्ने भनिए पनि पोस्टमार्टम गर्न नै ढिलो भएकाले आइतवार मात्रै अन्तिम संस्कार हुन लागेको हो ।  सेती अञ्चल अस्पताल परिसरमा सयांैको सङ्ख्यामा स्थानीय उपस्थित भई ‘वीर शहीद गोविन्द गौतम अमर रहून्’ भन्ने नारा लगाएका थिए ।  अस्पताल परिसर र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
    अस्पतालमा मृतकका आफन्तलाई भेट्दै पूर्वमन्त्री लेखराज भट्टले सरकारले दोषीमाथि कारबाहीका लागि कूटनीतिक पहल थालेको बताउनुभयो ।  उहाँले गौतमको सम्झनामा आनन्द बजारको नाम गोविन्द बजार राखिने तयारी भइरहेको र दुई देशीय सीमा निर्धारणका लागि उच्चस्तरीय टोली पनि आइपुगेको जानकारी दिनुभयो तर स्थानीयवासीले भने क्षतिपूर्ति रकमप्रति असहमति जनाएका छन् ।
    उनीहरूले विभिन्न क्षेत्रमा आन्दोलन गर्ने क्रममा ज्यान गुमाएका व्यक्ति र मुलुकको भूमि जोगाउने क्रममा ज्यान गुमाउने व्यक्तिको क्षतिपूर्ति रकम एउटै हुन नहुनेमा जोड दिएका छन् ।  सरकारले तत्काललाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ तर गौतमको परिवारलाई कम्तीमा पनि ५० लाख रुपियाँ सरकारले दिनुपर्ने स्थानीयको माग छ ।
    यसैबीच, शनिबार पनि घटना भएको आनन्द बजारसहित धनगढी नजिकको गौरीफन्टा नाकामा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।  झडपका कारण आनन्द बजारमा बिहानैदेखि तनाव भएपछि स्थानीय प्रशासनले पुनर्वास नगरपालिकासहित आसपासमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
    विरोध प्रदर्शन जारी रहेकाले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.