×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गुमनाम कालिकोटको पचाल झर्ना

  •  
  • शनिबार, फागुन २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कालिकोट फागुन २८ गते । कालिकोट जिल्लाकोे पूर्वी क्षेत्रमा पर्ने राम्नाकोट गाविस स्थित खाद्रु गाँउमा पर्ने ४ सय ८३ मिटर अग्लो ऐतिहासिक पचाल झर्ना प्रचार प्रसार ओझेलमा परेको छ । जिल्लाकै ऐतिहासीक रमणिय पर्यटकिय स्थल पचाल झर्ना जिल्ला सदमुकाम मान्माबाट करीब डेडदिनको पैदल यात्रा पछि प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । नेपालकै अग्लो झर्नाका रुपमा रहेर पनि सरकारी निकायबाट नापनक्सा नहुँदा प्रचारमा  आउन नसकेको हो ।

    आन्तरिक तथा बाह्य पर्यकलाई लोभ्याउने अनगिन्ति प्राकृतिक सौँदर्यताले भरिपुर्ण पचाल झर्ना हालसम्म  जिल्लाको पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्दा गुमनाम छ । अग्ला अग्ला पहाडी हिम श्रृङखलाहरुको फेदमा कर्णाली नदीको दक्षिणतर्फ बदालकोट गाविस र राम्नाकोट गाविसको बीचमा पर्ने ऐतिहासीक पचाल झर्नाको उचित विकासका साथै राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन नसक्नुलाई विडम्बनानै मान्नु पर्दछ । स्थानियवासी हरी न्यौपानेका अनुसार ४ सय ८३ मिटर अग्लो यो झर्ना यो क्षेत्रको पर्यटकिय सम्भावनाको प्रमूख स्थल हो ।

    राम्नाकोट ६ लाफाका स्थानीयवासी न्यौपानेले भन्नुभयो, राम्नाकोट गाविस ८ खादु्रमा पर्ने यो ऐतिहासीक झर्नाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सकिए कालिकोट जिल्लाकै पर्यटकहरुको लागि मूख्य आकर्षक गन्तव्य बन्ने निश्चित छ । तर पनि सम्बन्धित निकाय, राजनीतककर्मी, स्थानीय पर्यटन व्यावसायी र सरोकारवाला निकायहरुको वेवास्ताका कारण पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेरको यो झर्ना गाँउघरे उख्खान कागलाई बेल पाक्यो हर्स न बिस्मात भने जस्तै भएको उहाँको भनाई छ ।

    पचाल झर्नाबाट खसेको पानी करीब १० किलोमिटर ओरोलो बगेर कर्णाली नदीमा मिसिएको छ ।  प्राकृतिक मनोरम सौँदर्यतताले भरिपुर्ण यो झर्ना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानियहरुका अनुसार यो झर्नाको बचिमा ठुला ठुला गुफाहरु पनि छन् र सशस्त्र द्धन्द्धको समयमा माओवादीहरुले यिनै गुफाहरुमा हातहतियारको गोदाम समेत बनाउने गरेका थिए ।  यहाँका स्थानिय विद्यालयहरुले शैक्षिक भ्रमणमा बिद्यालर्थीहरुलाई लिदा यही झर्नाको अवलोकन गराउने गरेका छन् ।  झर्ना हिउदको समयमा पानीको बहाव कम हुदा र बर्षायामको तिब्र पानीको बहावमा पनि शान्त रुपमा खसिरहेको छ ।

    नेपालकै ऐतिहासीक तथा पर्यटकिय झर्ना संरक्षणको अभावले बिमूख भएको छ । कर्णाली करीडोर निर्माण भएपछि भ्रमण अवलोकनका लागि सहजता आउने देखिन्छ ।  जिल्लाकै पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको यो झर्ना अवलोकन गर्नका लागि लाफागाडमा सर्बे भएको कर्णाली नदीको झुलङगे पुल निर्माण भईरहेको छ । समयमै जिल्लाका सरोकारवालाहरु र सरकारी निकायकहरुले यो झर्नाको नापनक्सा र प्रचारप्रसार गर्न नक्नेहो भने भविष्यमा यसको अस्तित्व नै नासिने पक्का पक्की छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.