×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भारतीय एसएसबीले नेपालीलाई गोली हान्दा मोदी दुःखी

  •  
  • शनिबार, फागुन २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता, कञ्चनपुरमा शुक्रबार पनि तनाव, गौतमलाई सहिद घोषणा, भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण माग

    भारतीय सुरक्षाकर्मीको गोलीले कञ्चनपुरको पुनर्बासमा नेपाली युवक मारिएको घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पुनर्बास नगरपालिका ८ का ३४ वर्षीय गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोलीले बिहीबार मृत्यु भएपछि शुक्रबार पनि कैलाली र कञ्चनपुर तनावग्रस्त भएका छन् । सरकारले गौतमलाई सहिद घोषणा गरेको छ भने काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको छ ।

    उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा गरी उनको परिवारलाई दस लाख रुपैयाँ राहत उपलब्ध गराउने, उनको अन्त्येष्टि सम्मानपूर्वक गरिने र उनका सन्ततिको निःशुल्क पठनपाठनको व्यवस्था सरकारले गर्ने निर्णय भएको जानकारी संसद्लाई दिए ।

    कञ्चनपुर घटनाबारे आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरेर घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेको जानकारी पनि निधिले दिए । यस्तै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहोर्‍याउन आग्रह गरेको र काठमाडौंस्थित भारतीय दूतावासका कार्यवाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाई ध्यानाकर्षण गराइसकेको जानकारी पनि मन्त्री निधिले दिए ।

    मोदीबाट दुःख व्यक्त गृहमन्त्री निधिले कञ्चनपुर घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेको जानकारी भारतीय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको संसद्मा बताए।

    भारतीय दूतसँग स्पष्टीकरण

    सरकारले कञ्चनपुर घटनापछि काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यवाहक राजदूत विनयकुमारलाई मन्त्रालयमै बोलाएर भारतीय सुरक्षाकर्मीले नेपाली भूमिभित्र प्रवेश गरी गोली हानेर नेपाली नागरिकको हत्या गरेकोमा भत्र्सना गरेका हुन् । सचिव बैरागीले घटनाको निन्दा गर्दै उनलाई विरोधपत्र बुझाएका छन् । विरोधपत्रमा घटनाको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । आइन्दा यस्ता कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन भारतीय पक्षलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ।

    परराष्ट्रसचिवसँग भारतीय कार्यवाहक राजदूतले घटना दुर्भाग्यपूर्ण रहेको भन्दै दुःख प्रकट गरेका थिए । ‘भारतीय कार्यवाहक राजदूतले उक्त घटनाप्रति माफी त मागेनन् । यद्यपि भारतीय सुरक्षाकर्मीका तर्फबाट गल्ती भयो भन्नेखालको स्वीकारोक्ति उनको अभिव्यक्तिबाट बुझ्न सकिन्थ्यो’, परराष्ट्रका एक अधिकारीले भने ।

    भारतमा उच्चस्तरीय बैठक

    परराष्ट्रमन्त्री महतले कञ्चनपुर घटनामा नेपाली नागरिक मारिएकोप्रति भारतीय विदेशमन्त्री सुष्मा स्वराज गम्भीर रहेको बताएका छन् । ‘मैले आज बिहान भारतीय विदेशमन्त्रीसँग घटनाबारे कुराकानी गरें । सुष्माजीले घटनालाई सिरियस्ली लिनुभएको पाएँ’, महतले भने ।

    टेलिफोन कुराकानीमा भारतीय विदेशमन्त्रीले कञ्चनपुर घटनाबारे नयाँदिल्लीमा उच्चस्तरीय बैठकसमेत भएको अवगत गराएकी थिइन् । महतले उक्त घटनाबारे कञ्चनपुरस्थित स्थानीय प्रशासनसँग नेपाल सरकारले पुष्टि गरेको र त्यसबाट भारतीय सुरक्षाकर्मीको संलग्नता पाइएको बारे स्वराजलाई अवगत गराएका थिए ।

    अनुसन्धानका लागि कूटनीतिक पहल भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले शुक्रबार विदेश मन्त्रालयका नेपाल-भुटान डेस्क हेर्ने सहसचिव सुधाकर दलेलासँग भेट गरेर घटनाबारे चाँडोभन्दा चाँडो छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका छन् । राजदूत उपाध्यायले दलेलासँगको भेटपछि भने, ‘उहाँले घटनाबारे चाँडोभन्दा चाँडो पूर्ण अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रतिबद्ध छौं भन्नुभएको छ । सत्यतथ्य बाहिर नआउन्जेल दुवै पक्षले संयम अपनाउनका लागि पनि उहाँले आग्रह गर्नुभयो ।’

    कञ्चनपुर-कैलालीमा तनाव

    उता कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र कैलाली सदरमुकाम धनगढीमा शुक्रबार दिनभर प्रदर्शन भए । सत्तामा रहेका र प्रतिपक्षी दलका नेता-कार्यकर्ताले कैलालीमा पटकपटक र्‍याली निकालेर विरोध प्रदर्शन गरे । शुक्रबार बिहान आठ बजेदेखि नै धनगढीमा नेपाली झन्डासहित नाराबाजी सुरु भएको थियो ।

    धनगढीबाट राष्ट्रिय झन्डासहित सीमानाका त्रिनगर पुगेर स्थानीय बासिन्दाले भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेका हुन् । सीमातिर अघि बढेका प्रदर्शनकारीलाई रोक्न सशस्त्र प्रहरी त्रिनगर चेकपोस्टमा काँडेतारको ब्यारियर बनाइएको थियो । पुनर्बास नगरपालिका पनि शुक्रबार दिनभर तनावग्रस्त रह्यो । महेन्द्रनगर बजारमा प्रदर्शन मात्रै भए पनि आक्रोशित स्थानीयले घटनास्थल नजिकैको आईबीआरडी बजारमा भारतीय व्यवसायीका पसल तोडफोड गरेका छन् । भारतीय लगानी रहेको भन्दै पुनर्बासका गोविन्दराम पुनमगरको से १ त ६६११ नम्बरको ट्र्याक्टरमा पनि उनीहरूले आगो लगाए ।

    आनन्दबजार पनि दिनभरि तनावग्रस्त बन्यो । बिहीबारभन्दा दोब्बर मानिसको भीडले ढुंगामुढा गरेपछि भारतीय सुरक्षाकर्मीले २८ राउन्ड हवाईफायर गरेका छन् भने नेपाल प्रहरी र सशस्त्रले पनि दुई राउन्ड अ श्रुग्यास हानेका छन् । भीडले नमानेपछि अ श्रुग्यास हानेको सशस्त्र प्रहरी बल कञ्चनपुरका डीएसपी करनसिंह धामीले बताए । नेपाल प्रहरीका झन्डै दुई सय र सशस्त्र प्रहरीका तीन सय सुरक्षाकर्मी पुनर्बास क्षेत्रमा खटाइएका छन् । कञ्चनपुरको आनन्दबजार नाकामा बिहीबारदेखि नै आवागमन बन्द छ ।

    आफन्तले शव बुझेनन्

    गौतमलाई सहिद घोषणा गरिए पनि मृतकका आफन्तले भने सरकारी निर्णय उल्लेख लिखित पत्र नपाउँदासम्म शव नबुझ्ने अडान राखेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सरकारी निर्णयको लिखित पत्रका लागि गृह मन्त्रालयसँग आग्रह गरिएको बताए । आफन्तले नमानेकै कारण गौतमको शव पोस्टमार्टम हुनसकेको छैन । उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।

    नापी टोली धनगढीमा

    कैलाली घटनापछि नापी विभागले आनन्दबजारमा निर्माण गरिएको कल्भर्ट सर्भेका लागि विभागका उपसचिव कृष्ण सापकोटा नेतृत्वको दुई सदस्यीय टोली घटनास्थल पठाएको छ । टोलीलाई कल्भर्ट भएको स्थान भारत वा नेपाल कता पर्छ भनेर जानकारी दिन निर्देशन दिइएको छ ।

    दुई देशका अधिकारीको बैठक

    गौरीफन्टामा शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र भारतको लखिमपुर जिल्लाका जिल्लाधिकारी आकाश दीपको नेतृत्वमा दुई देशका सुरक्षा अधिकारीको बैठक बसेको छ ।

    सार्वभौमिकतामा आँचः एमाले

    प्रमुख प्रतिपक्ष एमालेले बिहीबार कञ्चनपुरमा भएको घटनाले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि आँच पुगेको बताएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट स्थानीय गोविन्द गौतमको निधन भएको घटनाले पार्टी स्तब्ध भएको जनाइएको छ ।

    ‘नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार गर्ने भारतीय हर्कतको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । (धनगढीमा शिवराज भट्ट, काठमाडौंमा नरेन्द्र साउद र सन्तोष घिमिरे, नयाँदिल्लीमा आशा थपलिया)

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.