×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जाजरकोटमा भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या २४ पुग्यो, ३७ जना घाइते

  •  
  • शुक्रबार, फागुन २७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भीमबहादुर सिंह, जाजरकोट

    भेरीमालिका नगरपालिका-४, बोहरागाउँ धनगारेडाँडा मोडबाट बस खस्दा पासागाड खोलामा उद्धार गर्दै सेना प्रहरी लगायत ।तस्बिर : भीमबहादुर सिंह/कान्तिपुर ।
    • मृतकमध्ये १६ को सनाखत, घाइतेले समयमै उपचार नपाएको भन्दै आफन्त आक्रोसित
    • चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको भनाइ

    फाल्गुन २६, २०७३- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा २४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३७ घाइते भएका छन् । घाइतेमध्ये २८ को अवस्था गम्भीर छ । सामान्य घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते २८ जनालाई रुकुमको चौरजहारी विमास्थलबाट नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगंजतर्फ थप उपचारका लागि लगिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । दुर्घटनामा लहँ-४ का रामबहादुर बस्नेत, भेरीमालिका-४, बोहरागाउँका नवीन चन्द, गणेश बोहरा, ११ का गोपाल सुनार, शर्मिला सुनार, १० का सन्तोष राना, १२ का बहादुर भनारी, ३ का सन्त सुनार, १३ हिउसा गिरी, साल्मा-५ का नन्दलाल जैसी, सीमा-९ का मदन पुन, मजकोट-७ का दले तिरुवा, दशेरा-२ का मनीराम जैसी, १ का दिलबहादुर बुढा, चौरीजहारी-४, रुकुमका कृष्ण गिरी, सुईकोट सल्यानका उदय बुढा लगायतको २४ को मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १९ पुरुष रहेका छन् । बस दुर्घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने ७ जनाको जाजरकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    गम्भीर घाइतेलाई उपचारको लागि जिल्ला बाहिर नलिँदा घाइतेका आफन्त आक्रोसित बनेका छन् । सम्बन्धित निकायले हेलिकप्टर पठाउन ढिला गरेकोले गम्भीर घाइतेको जाजरकोट अस्पतालमा मृत्यु भएको स्थानीय अमरजंग शाहीले बताए । घाइतेको उपचारमा बेवास्ता भएको स्थानीय शाहीले बताए । गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उपचारका लागि नेपालगंजतर्फ लैजाने भने पनि बिहीबार राति १० बजेसम्म हेलिकप्टर नआएको उनले बताए ।

    सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट २ सय मिटर तल पासागाड खोलामा खसेको हो । खलंगाबाट दिउँसो ४ बजे साल्माको खारा बजारका लागि छुटेको भेरीगंगा यातयात व्यवसायी समितिको उक्त बसमा ६१ यात्रु सवार भएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा रहेको छ । घटनामा २४ को मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । गम्भीर घाइतेहरुको अवस्था चिन्ताजनक भएको उनले बताए । जाजरकोट अस्पतालमा उपचार नहुने भएपछि गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लगिएको उनले बताए । मृतक र घाइते धेरैको सनाखत हुन नसकेको प्रनाउ रिमालले बताए ।

    नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी, स्थानीय लगायतले उद्धार गरेको उनले बताए । क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्रगतिमा गुडेको गाडी चालकको नियन्त्रण बाहिर जानु दुर्घटनाको प्रमुख कारण भएको प्रनाउ रिमालले बताए । बस दुर्घटनामा चालकको लापरबाही भएको उनले बताए । यसअघि २०७० सालमा छिन्चु जाजरकोट सडक खण्डको रावतगाउ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ को ज्यान गएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.