×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मन्त्रिपरिषद हेरफेर हुँदै, उपप्रधानमन्त्रीको सपथ लिदै कमल थापा

  •  
  • बिहिबार, फागुन २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रेवती सापकोटा

    काठमाडौ: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरी आफूलाई सुरक्षित गराउन लागेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीले संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन। थापा र गिरीको सपथ केहिबेरपछि हुनेछ।

    प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री जीवनबहादुर शाहीलाई शाहीलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइदैछ भने खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहलाई प्रधानमन्त्री दाहालले सम्हालेको बिज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइदैछ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले मन्त्रीबाट हटनु पर्ने सूचना पाइसकेको उनी निकट स्रोतले जानकारी दिएको छ । आफूलाई हटाउन लागेको जानकारी पाएपछि मन्त्री पाण्डे प्रधानमन्त्री दाहाललाई भेटन बालुवाटार पुगेका छन।

    स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आफनै निवासमा आइ सरकारमा सहभागी नहुन आग्रह गरे लगत्तै अध्यक्ष थापाले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा गएर भेटवार्ता गरी सरकारमा सहभागी हुने समझदारी बनाएका हुन्। मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छादारले पनि प्रधानमन्त्री दाहाललाई भेटेर सरकारमा सहभागी हुने जानकारी गराएको स्रोतले जनाएको छ।

    गच्छादार थापा निवासमा पुगेर पनि छलफल गरेका थिए। प्रधानमन्त्री दाहालले सरकार विस्तारका बारेमा काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। ‘प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद विस्तार गर्ने चाहना व्यक्त गर्नु भएको हो,देउवा काठमाडौ बाहिरको कार्यक्रममा सहभागी हुनु पर्ने भएकोले केहि दिनपछि मन्त्रिपरिषद विस्तार गर्ने प्रस्ताव राख्नु भएको हो’प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले अन्नपूर्णसँग भने।

    खनालका अनुसार काँग्रेस र माओवादी केन्द्रका एक एक जना मन्त्रीलाई हटाएर राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने योजना हो। राप्रपाबाट थापासहित अर्का एक नेतालाई मन्त्री बनाउने तयारी भइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सम्हाल्दै आएको पशुपंक्षी विकास मन्त्रालय र काँग्रेसका एक मन्त्रीलाई हटाएर रिक्त हुने मन्त्रालय फोरम लोकतान्त्रिकबाट सिफारिस हुने नेतालाई दिइनेछ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.