नविन अंकुर/मनाङ्ग
फागुन २६ गते । मनाङ्गमा फागुन महिना सकिन लाग्दा पनि हिमपात भइरहेको छ ।
नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा अहिले सम्म पनि हिऊ परे पछि उत्त क्षेत्रका सर्व साधारण चिसोका कारण कष्टकर जिवन जिउन बध्य भएका छन ।

पछिल्लो पटक परेको हिऊँका कारण मनाङ्ग जिल्लाको मनाङ्ग गाउँ यतिखेर पुरै हिउले सेताम्मे भएको छ । बसन्त ऋतु विस्तारै बढ्दै गइ रहे पनि मंगलबार बाट परेको हिउँले यहाँको जनजीवनमा असर परेको हो । हिमपातसँगै पानी परेको कारण अन्नपूर्ण पदमार्गलाई असर पारेको छ ।





















