×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सप्तरी घटनामा एमाले शीर्ष नेतृत्वविरुद्ध मुद्दा हाल्ने निर्णय

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एस.के. शान

    २५ फागुन, सप्तरी । जिल्लाका कानुन व्यवसायीहरुले राजविराज घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् ।

    एमालेको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् । उनको पेटमा गोली लागेको छ र वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    उच्च अदालत जनकपुरको इजलास राजविराज बार र सप्तरी जिल्ला वार इकाईको संयुक्त बैठकले एमाले नेतासहित तत्त्कालिन प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, प्रहरी प्रमुख एसपी दिवेश लोहनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

    उच्च अदालत जनकपुरको इजलास राजविराज बारका अध्यक्ष विजय यादवले एमाले नेताहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकबिरुद्ध बिहीबार मुद्दा दायर गरिने बताए । एमाले नेता, प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकको सहभागितामा गोली काण्ड भएको जिकिर गर्दै उनीहरुबिरुद्ध अंगभंग र कर्तव्य ज्यान मुद्दा हाल्ने बैठकको निर्णय छ ।

    प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित अभियान अन्तर्गतत सप्तरी आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेता माधव नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल, दिवाकर देबकोटाबिरुद्ध मुद्दा दर्ता गर्ने उनीहरुको तयारी छ ।

    कानुन व्यवसायीहरुले एकल इजलासबाट सुनुवाई हुने रिट निवेदनको काम, बन्दी प्रत्यक्षीकरण र थुनछेकको आदेश तथा मुद्दाको अन्तिम हदम्यादका लिखत दर्ताबाहेकका काम स्थगित गर्ने निर्णय पनि गरेका छन् ।

    बैठकले घटनाको छानबिनका लागि उच्च अदालत जनकपुरको इजलास राजविराज बार अध्यक्ष यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सहसंयोजकमा सप्तरी जिल्ला बार इकाईका अध्यक्ष रामप्रसाद चौधरी छन् भने डा. अशोकानन्द मिश्र, अधिबक्ताहरु श्यामनारायण साह लगायत सदस्य छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.