काठमाडौं, २५ फागुन । कैलालीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भजनी त्रिशक्ति नगरपालिका– ४ ठेकीपुरस्थित हुलाकी सडक खण्डमा से४प ७१६५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा बाजुराको वाई गाविस–३ घर भई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान अशोक शाही र वाई गाविस–१ घर भै हाल टीकापुर बस्ने हिराबहादुर सिंहको मृत्यु भएको हो । उनीहरु इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी चौकी जनकपुरतर्फ जाँदै गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वीरबहादुर बुढामगरले दिएको जानकारी अनुसार सिंहको घटनास्थलमै र शाहीको प्राथमिक स्वास्थ्य चौकी भजनीमा उपचारका क्रममा मृत्यु भएको हो । उनले दुबैजना इलाका प्रहरी कार्यालय भजनीको काम सकेर प्रहरी चौकी जनकपुरतर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको बताए ।
rajdhanidaily


