×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एमाले अध्यक्ष ओलीद्वारा सुरक्षा माग

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठक

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग आफ्ना कार्यकर्ता सुरक्षाको माग गरेको छ। पार्टीले शान्तिपूर्ण रुपमा सञ्चालन गरेको मेची–महाकाली अभियानविरुद्ध अपराधिक हमला गरेको, तराईका जिल्लामा कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग सुरक्षा माग गरेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले तराईको अवस्था सहज नभएको भन्दै मेची–महाकाली अभियान स्थगन गरी राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरेका थिए।

    सप्तरी घटनापछिको राजनीतिक परिस्थिति समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सुरक्षाको विषय उठाएका हुन्।

    सप्तरीमा सोमबार मधेसी मोर्चाले एमाले सभा बिथोल्न प्रयास गर्दा प्रहरी गोलीबाट तीन जनाको मृत्यु भएको थियो। लाठी, भाटा तथा पेट्रोल बम सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीतर्फबाट भएको फायरिङमा सो मानवीय क्षति भएको थियो। एमाले शीर्ष नेताहरु आउने बाटोमा मोर्चा कार्यकर्ताले कुकर बम रहेको भन्दै आतंक फैलाएका थिए। सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको थियो।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मुख्य तीन दलको बैठकमा सो विषयले स्थान पाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले तराईको अवस्था सहज नभएको भन्दै मेची–महाकाली अभियान स्थगन गरी राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरेका थिए।

    जवाफमा एमाले नेताहरुले मधेसी मोर्चाले राजनीतिमा अपराधीकरण भित्र्याइरहेको भन्दै शान्तिपूर्ण अभियानको सुरक्षा सुनिश्चितता गर्न माग गरेका थिए। एमाले नेताहरुले सप्तरी घटनाको छानवीन गरी दोषीलाई कारवाही गर्न समेत माग गरेका छन्। उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नहुने राय सत्तारुढ दललाई सुनाएका छन्।

    मोर्चाले सरकार छोडे के हुन्छ?
    मुलुकका तीन ठूला पार्टीबीच मधेसी मोर्चाले वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिए के गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्री दाहालले कांग्रेस–एमालेका शीर्ष नेताहरुलाई मोर्चाले अल्टिमेटम दिएकोबारे जानकारी गराउँदै सो विषयमा छलफल अघि बढाएका हुन्।

    मोर्चा नेताहरुले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै निर्वाचन नरोके सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन ७ दिने अल्टिमेटम दिएका थिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.