×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दृष्टिविहीन सृष्टिको सप्तरंगी यात्रा

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शिव मुखिया

    सृष्टि केसी आँखा देख्दिनन् । तर, श्वामश्वेत दुनियाँमा उनी सप्तरंगी जीवन बाँचिरहेकी छिन् । उनको जीवन रंगीन छ, रसपूर्ण छ ।

    उनको बहुआयामिक व्यक्तित्वले सप्तरंगी यात्राको परिचय दिन्छ । सृष्टि गाउँछिन्, नाच्छिन्, अभिनय पनि गर्छिन् । प्रेरणादायी प्रवचन दिन्छिन् । कथा र कविता लेखनमा पनि उनको रुचि छ । फेशनमा उत्तिकै कन्सस छिन् ।
    अझ गजब कुरा त यी तमाम अतिरिक्त क्रियाकलापमा लाग्दालाग्दै पनि सृष्टि पढाइमा उत्तिकै छुरा छिन् ।

    प्रमाणपत्र तहमा नेपाल छात्रा विद्या पदक र स्नातकमा अर्जुन स्वर्ण पदक हासिल गरेकी उनी यतिबेला लन्डनस्थित विश्वविद्यालयबाट ‘आर्ट एन्ड कल्चर’ मा स्नातकोत्तर गरिरहेकी छिन् । नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको छात्रवृत्तिमा नर्वे पुगेकी सृष्टिले नर्वे, हंगेरी, फ्रान्स हुँदै बेलायतबाट चार सेमेस्टरको स्नातकोत्तर पूरा गर्दै छिन् ।
    पीडाको महासागर तरेर

    धपक्क बलिरहेको सृष्टिको संसार एकाएक अँध्यारो भयो, जब चिकित्सकले ‘एलर्जी भएको’ भन्दै आँखाको शल्यक्रिया गरिदिए । उनी सामान्य धूलो र चर्को घाम सहन नसक्ने भएपछि चिकित्सककहाँ पुगेकी थिइन् ।

    ‘धूलो र चर्को घाममा आँखा हेर्नै गाह्रो हुने अनि चिलाइहाल्ने गथ्र्यो,’ ०४७ सालमा जन्मिएकी सृष्टि सम्भिmन्छन् ।
    आँखा जँचाउन उनी वानेश्वरको लायन्स क्लब पुगिन् । चिकित्सकले ‘एलर्जी’ को औषधि दिए । तर, उपचारले छोएन । बरु सृष्टिको दृष्टि झन्-झन् धमिलो हुँदै गयो ।

    उमेरले १६ वर्ष टेकेकी उनी त्यतिबेला कक्षा आठमा पढ्दै थिइन् । तर, विद्यालयभन्दा बढी अस्पताल धाउनुपर्ने अवस्था थियो ।

    उपचारकै क्रममा भेद खुल्यो, ‘एलर्जी’ भन्दै दिइएको औषधि गलत रहेछ । त्यसैले सृष्टिको आँखालाई थप खराब बनाउँदै लग्यो । चिकित्सकको अज्ञानताको नतिजा अबोध सृष्टिले भोग्नुपर्‍यो, जीवनभरका लागि ।

    जतिसुकै प्रयास गरे पनि उनको आँखाको दृष्टि फर्किएन । उनको रंगीन संसार क्रमशः धमिलिँदै अँध्यारो भयो ।
    आँखाको समस्यापछि ‘किताब नपढ्नू’ भन्ने चेतावनीलाई बेवास्ता गर्दै उनी लुकीछिपी लेखपढ गर्थिन् । तर, अब त्यो पनि असम्भव भयो । तर, उनले पढ्ने भोकलाई रोकिनन् । रेकर्डरको व्यवस्था गरेर कक्षामा शिक्षकले पढाएको कुरो रेकर्ड गरेर घरमा सुन्न थालिन् ।

    अस्पताल धाउने क्रममा विद्यालयको पढाइ बर्बाद भइसकेको थियो । मुश्किलले तीन महिना स्कूलमा पाइला टेकेकी थिइन् । त्यसैको भरमा परीक्षा दिइन् । तर, नतिजा राम्रो आयो ।

    आँखाले देख्नै नसक्ने भएपछि सृष्टिले हातको औंलाको स्पर्शबाट अक्षर पहिल्याउन थालिन् । यसका लागि घरमै काठमा खोपेर ब्रेल लिपि बनाइयो । यो निकै कठिन अभ्यास थियो । यद्यपि उनी थाकिनन् । यस्तै कष्टपूर्ण पढाइबाट एलएलसी उत्तीर्ण गरिन्, ७० प्रतिशत अंकका साथ ।

    क्याम्पसको ढोका बन्द, त्रिवि टप

    एसएलसी उत्तीर्ण गर्दाको खुसी त्यसबेला सेलायो, जब उनका लागि उच्च शिक्षाका ढोकाहरु बन्द भए । ‘जुन कलेजमा जाँदा पनि भर्ना नलिने’ सृष्टिका बुवा राजेशमान केसी सुनाउँछन्, ‘दृष्टिविहीनका लागि हामीकहाँ ठाउँ छैन भन्दै फर्काइदिए ।’

    एसएलसीको नतिजा सुनेर अनेकांै ‘अफर’ दिने कलेज सञ्चालकहरु त्यसबेला पछि हट्थे, जब सृष्टिले आँखा देख्दिनन् भन्ने भेद खुल्थ्यो ।

    आखिरमा उनीहरु पुगे, डिल्लीबजारको कन्या क्यामपसमा । ‘वकिल बन्ने’ रहरलाई थाती राख्दै मानविकीमा भर्ना भइन् । बासस्थान भक्तपुरदेखि डिल्लीबजारसम्मको यात्रा कठिन र पट्यारलाग्दो थियो । यति दुःख छिचोलेर क्याम्पसको प्राङ्गण टेक्दा उनी एक्लै हुन्थिन् । बोल्ने र ठट्टा गर्ने कोही साथी भएनन् । उनले त्यही माहौलमा आफूलाई बिस्तारै अभ्यस्त बनाइन् । उनी साथीहरुसँग आफैं गएर बोल्न र ठट्टा गर्न अग्रसर भइन् ।

    क्याम्पसमा उपमा आचार्य नामकी शिक्षिका थिइन्, जो सृष्टिको लगन र श्रमलाई देखेर पग्लिइन् । उनले सृष्टिको नाममा कोष नै स्थापना गरेर छात्रवृत्तिको व्यवस्था गरिदिइन् । अन्ततः सोही क्याम्पसबाट सृष्टिले प्रमाणपत्र तहमा साहित्यतर्फ त्रिवि टप गरिन् । उनले अर्जुन स्वर्ण पदक पाइन् ।

    बिन्दास ब्रिलियन्ट

    सृष्टि ज्ञानको भोको भए पनि घोकन्ते पढाइमा विश्वास राख्दिनन् । पढाइसँगै उनले आफ्ना इच्छाहरुलाई डोर्‍याइरहेकी छिन् ।

    उनको बिन्दास शैली लोभलाग्दो छ । कहिले उनी र्‍याफ्टिङको आनन्द उठाउन जान्छिन्, कहिले फिल्मको मज्जा लिन्छिन् । कहिले आफ्ना सहपाठीलाई फेसनको ज्ञान बाँडिरहेकी हुन्छिन्, कहिले स्कूल-स्कूलमा पुगेर जीवनमा उत्प्रेरणा जगाउने प्रवचन दिइरहेकी हुन्छिन् । कहिले भने दृष्टिविहीनहरुकै माझमा रहेर सारपूर्ण बाँच्न सम्भव छ भन्दै आफ्नो अनुभव सुनाइरहेकी हुन्छिन् ।

    त्यसो त सृष्टि बाल्यकालमै कला-मनोरञ्जनतिर ढल्किएकी हुन् । दृष्टि गुमाउनुअघि उनी रेडियो नेपालमा बाल कार्यक्रम सञ्चालन गर्थिन् । रेडियो कार्यक्रम ‘साथीसँग मनका कुरा’ मा नाटक खेल्थिन् । स्कूलमा नाच्थिन् र अभिनय गर्थिन् । त्यो सिलसिला दृष्टि गुमाएपछि पनि टुटेको छैन ।

    उनलाई लाग्छ, दृष्टि गुमाउँदैमा सांसारिक सुखभोगबाट विमुख हुनुपर्छ भन्ने छैन । त्यसैले त सृष्टि आफू जस्तै दृष्टि नभएकाहरुलाई नाच्न सिकाइरहेकी हुन्छिन्, गाउन उकासिरहेकी हुन्छिन्, सुन्दर र फेसनेवल हुन प्रेरित गरिरहेकी हुन्छिन् । यी सबैलाई व्यवस्थित ढंगले अगाडि बढाउन उनले संस्था नै खोलेकी छिन्, ‘ब्लाइन्ड रक्स’ ।

    दृष्टिविहीनलाई समेटेर स्थापना गरेको यो संस्थाबाट उनी व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास बढाउन अग्रसर छिन् । आँखाको दृष्टि गुमेपछि मनोबल कमजोर बनाएर बसेकाहरुलाई उनी ढाडस दिइरहेकी हुन्छिन्, ‘आँखा नदेख्नु समस्या होइन । हामीले पनि आफूलाई त्यस्तै सक्षम र सबल ठान्नुपर्छ, जो एउटा ऊर्जावान् मानिसले ठान्छ ।’
    तस्बिरहरु- राजेशमान केसी

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.