×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, बन्दले जनजीवन कष्टकर

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रदीप मेन्याङ्बो, सप्तरी

    फाल्गुन २५, २०७३- सप्तरीको राजविराज घटना प्रहरीको गोली लागेर घाइते भएका एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै बुधबार बिहान मृत्यु भएको छ ।

    प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार सप्तरीको मलेठ-२ बस्ने ३८ वर्षीय वीरेन्द्र कुमार महतोको सघन उपचार कक्ष आइसियुमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

    उनको टाउकोमा गोली लागेको थियो । महतोसहित राजविराज घटनामा  मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्का एकजनाको पनि सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघि सोमबार प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको थियो । अझै केही घाइतेको उपचार भइहरेको छ ।

    यस्तै राससका अनुसार प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ ।

    बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था पनि बन्द भएको छ । बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा बन्द गराएका छन् ।

    नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए ।

    उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    यसैबीच, नेपाली काँग्रेसका सांसद सकलदेव सुतिहार र सांसद रञ्जितकुमार कर्णले आज छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । एमालेको राष्ट्रिय अभियानका नाममा स्वाधीनतामाथि नै खलल पुर्‍याउने काम भएको भन्दै एमालेलाई कुनै पनि जिल्लामा अराजक गतिविधि एवम् कार्यक्रम नगर्न आग्रह गर्दै सांसदद्वयले घटनाको छानबिन गरी दोषीउपर कार्वाहीको माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, नेकपा (माओवादी केन्द्र)का नेता एवम् सप्तरी क्षेत्र नं १ का सांसद मानपुर चौधरीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

    यसैगरी, नेपाल पिछडावर्ग महासङ्घका केन्द्रीय प्रवक्ता उपेन्द्रप्रसाद साह र गैरसरकारी संस्था महासङ्घ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान (हुकोडन)का अध्यक्ष सुरेन्द्रप्रसाद यादव, मानवअधिकार तथा जनवकालत केन्द्र (हुपेक)का अध्यक्ष धर्मेन्द्रप्रसाद यादव र डब्लुएचआर सप्तरीकी अध्यक्ष अनिता देवकोटाले संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनामा मानवअधिकारको घोर उल्लङ्घन भएको भन्दै दोषीको पहिचान गरी कार्वाही गर्न माग गरेका छन् ।

    साथै, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, शाखा सप्तरीका अध्यक्ष पुण्यप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन आयोगद्वारा छानबिन गरी गोली हान्न आदेश दिने, ज्यान लिने दोषी प्रहरीमाथि अविलम्ब कडा कार्वाही गर्न जोड्दार माग गरेको छ ।

    जिल्ला मतदाता अधिकार मञ्च सप्तरीका संयोजक पार्थो सरकार र नेपाल तरुण दल सप्तरीका सभापति सीताप्रसाद यादवले पनि संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनाको भर्त्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.