×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिराटनगरदेखि नेपालगञ्जसम्म तनावः भैरहवाको बेल्हिया नाकामा यात्रु अलपत्र

  •  
  • मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २४ फागुन, काठमाडौं । सप्तरीमा सोमबार भएको गोलीकाण्डको प्रतिक्रियास्वरुप तराई-मधेसका विभिन्न जिल्लामा आन्दोलन फैलिएको छ । मधेसी मोर्चाले घोषणा गरेको दुईदिने बन्दको असर पूर्वको बिराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्म परेको छ ।

    सोमबारसम्म शान्त रहेको मोरङको बिराटनगरमा मंगलबार आन्दोलनकारीहरु सडकमा उत्रेर टायर बाल्न थालेका छन् । बन्दको असरले भैरहवास्थित बेल्हिया नाकामा नेपाल-भारत ओहोर-दोहोर गर्ने यात्रुहरुसमेत अलपत्र परेका छन् ।

    बिराटनगरमा टायर बालेर प्रदर्शन

    बिराटनगरबाट अनलाइनखबरकर्मी ध्रुव भट्टराईले दिएको जानकारी अनुसार सप्तरी घटनाको विरोधमा संयुक्त मधेसी मोर्चाले बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन सुरु गरेका छन् । मोर्चाका कार्यकर्ताहरु सरकारको विरोधमा विराटनगरका मुख्य चोक क्षेत्रमा टायर बालेर प्रर्दशनमा उत्रिएका हुन् ।

    सोमबार प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका कारण विराटनगर क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।

    आन्दोलनकारीले उनीहरुले जनआन्दोलन चौक, रोडशेष चोक, शनि मन्दिर चोक लगायतमा राजमार्ग क्षेत्र केन्द्रित भएर सरकारविरुद्ध नारावाजी गरिरहेका छन् ।

    मोर्चाले मंगलबार र बुधबारका लागि आह्वान गरेको बन्दका कारण विराटनगर क्षेत्रवाट लामा तथा छोटा दूरीका सवारी चलेका छैनन् । बजार पसल, कलकारखना शैक्षिक संस्था पनि ठप्प छन् ।

    मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएपछि स्थितिलाई अराजक हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सप्तरीमा कर्फ्यु, सिरहामा एमाले कार्यालयमा आगजनी

    राजविराजको गोलीकाण्डपछि सप्तरी मंगलबार पनि तनावग्रस्त बनेको छ । सप्तरी जिल्लाका सबै सरकारी कार्यालयहरु बन्द छन् । जिल्लामा स्थानीय प्रशासनले राजविराजमा अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ ।

    मोर्चाले आहृवान गरेको बन्दका कारण सडकमा कुनै सवारी साधन चल्न सकेका छैनन् ।

    मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालयमा तोडफोडको प्रयास गरिरहेको सप्तरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

    सिराहाका सहायक प्रमुख  जिल्ला अधिकारी सोम भट्टराईका अनुसार मोर्चाका कार्यकर्ताले सिराहा सदरमुकाममा रहेको एमाले कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यालयका फर्निचर र कम्प्युटर बाहिर निकालेर जलाएका हुन् ।

    सिराहामा दिउँसो करिब १ बजेसम्म सरकारी कार्यालयहरु खुल्ला रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जनाए । सिराहामा सोमबार भने मोर्चाका कार्यकर्ताले केही गाडी र मोटरसाइकलमा आगजनी गरेका थिए ।

    आगजनीको घटनामा १३ जनालाई नियन्त्रणमा लिएको सिराहाका डीएसपी हिरा पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । प्रदर्शनकारीले मालपोत कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।

    जनकपुरमा मानव अधिकार आयोग घेराउ

    जनकपुरमा स्थानीय युवाहरुले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन् ।

    सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् ।

    उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध नाराबाजी गरेका छन् ।

    सर्लाहीदेखि पर्सासम्म प्रभाव

    मधेस बन्दको प्रभाव सप्तरी, सिराहा धनुषा, सर्लाही, बारा र पर्सामा समेत परेको छन् । सर्लाहीमा सरकारी कार्यालय खुले पनि बन्दका कारण सवारी साधन चल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनाएका छन् ।

    भैरहवा आन्दोलित, बेल्हिया नाकामा असर

    सप्तरी घटनाको विरोधमा आहृवान गरिएको बन्दले भैरहवाको जनजीवन प्रभावित भएको छ । अनलाइनखबरकर्मी सलमान खानका अनुसार मोर्चाका नेता कार्यकर्ताहरुले भैरहवाको बुद्धचोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

    बन्दकर्ताहरुको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।

    बन्दका कारण भैरहवाका बैंक, वित्तीय सस्था, उद्योग कलकारखाना बन्द छन् । छिटफुटमा साना पसलहरु खुल्नुका साथै भित्री मार्ग हुँदै मोटरसाइकल चलेका छन् । त्यस्तै बेलहिया नाका हुँदै नेपाल आउने यात्रुहरु पनि सीमा नाकामै अलपत्र परेका छन् ।

    उता नेपालगञ्जको मुख्य पनि बन्दको प्रभाव परेको छ । पसलहरु बन्द हुनुका साथै यातायातका साधन पनि चलेका छैनन् । तर, कोहलपुरतिर सवारी साधन चलिरहेको त्यहाँबाट आरपी सुवेदीले बताएका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.