×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अपडेट : सप्तरीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच फेरि झडप , तीन सेल अश्रुग्यास प्रहार

  •  
  • मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तोडफोड गरिएको आयोगको गाडी ।तस्बिर : अवधेशकुमार झा, ईकान्तिपुर

    –अवधेशकुमार झा, राजविराज (सप्तरी)

    • मोर्चाका कार्यकर्ताद्वारा नगरपालिका, टेलिकम कार्यालय र मानवअधिकार आयोगको गाडी तोडफोड
    • सप्तरीका कानुन व्यवसायी पनि सडकमा
    फाल्गुन २४, २०७३- सप्तरीको राजविराजमा फेरि प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ ।  मधेस बन्द आह्वान गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजको अदालत छेउमा झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले दुवै पक्षबीच ढुंगा हानाहान जारी छ । एमाले मेची महाकाली अभियान रोक्न खोज्‍ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप हुँदा तीन जना प्रदर्शनकारीको ज्यान गएको थियो ।
    यसैबीच, मोर्चाका कार्यकर्ताले स्थानीय शान्ति समितिको कार्यालयमा आजगनी गरेका छन् । कार्यालयको घरमा पहिलो क्षतिग्रस्त भएको छ ।

    …………..

    प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि मंगलबार बिहानबाट तनावग्रस्त रहेको राजविराजमा उत्तेजित भिडले राष्ट्रिय मानव अधिकार आयोगको जनकपुर कार्यालयको एउटा गाडी तोडफोड गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय अगाडि आयोगका पाँचजना कर्मचारी सवार स्कारपियो गाडीमा भिडबाट अन्धाधुन्ध ढुंगामुढा प्रहार भएको थियो । ढुंगामुढा प्रहारबाट आयोगको बा ७ च ७४७३ नम्बरको गाडीका सिसाहरु फुटेका छन् । गाडीमा बसेकै बेला आक्रमण भएपछि आयोगका कर्मचारीहरु ज्यान जोगाएर नजिकैको जिल्ला अदालत परिसरमा शरण लिएर बसेका छन् ।

    रेवा रेग्मी, चिरञ्जीवी कोइराला, पवन भण्डारी, वनलकिशोर सिंह र चालक श्रीराम कार्की अदालतमा सुरक्षित छन् ।

    आयोगको गाडीमाथि आक्रमण गर्ने क्रम बढेपछि मधेसी मोर्चाका जिल्ला तहका नेताहरुले गाडी जोगाएर सीडीओ बंगलामा सुरक्षित पठाएका थिए । तोडफोडमा संलग्न भएकाहरुले सोमबार आफूहरुमाथि दमन भइरहँदा आयोगको टोली एमाले अध्यक्ष केपी ओलीको भाषण सुन्दै टुलुटुलु हेरिरहेकोले तोडफोड गरेको आरोप लगाएको छन् ।

    यसैबीच, मधेसी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारबाहीको माग गर्दे मोर्चाका कार्यकर्ता धर्नामा बसेका हुन् । मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका र नेपाल टेलिकम कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।

    ……………………….

    प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आजबाट आह्वान गरेको अनिश्चतकालिन सप्तरी आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

    मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् ।

    अहिले प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् । बा७च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना हरेका थिए । उनीहरुलाई अहिले जिल्ला अदालतमा राखिएको छ । उनीहरु सुरक्षित छन् ।

    बिहानैदेखि मोर्चाका कार्यर्ताहरु सदरमुकाम राजविराज, पूर्व-पश्चिम राजमार्गको भारदह र रुपनी, तोपा, हनुमाननगर सहितका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

    राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका मोर्चाका कार्यकर्ताहरुले टायर बाल्दै प्रदर्शन चर्काएका छन्  । बन्दका कारण पूर्व-पश्चिम राजमार्ग सहित जिल्लाका प्रमुख बजार ठप्प छ ।

    कलकारखाना, शैक्षिक संस्था ,यातायात ठप्प रहेको छ । एमालेको मेची-महाकाली अभियान अन्तर्गत हिजो सप्तरी सदरमुकाम राजविराज भन्दा तीनकिलोमिटर उतर राजविराज औद्योगिक क्षेत्र नजिक प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागि मलेठ ४ का सन्जन मेहता र पिताम्बर मण्डल तथा प्रसबनी ४ का आनन्द साहको मृत्यु भएको थियो ।

    मेहताको घटनास्थलमै र मण्डल र साहको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवका अनुसार हिजोको झडपका क्रममा प्रहरीको गोली लागि तीनजनाको मृत्यु भएको,आठजना गोली लागि गम्भीर घाइते भएको र ३९ जना घाइते भएको जानकारी दिए ।

    यसैबीच मधेसी मोर्चा सप्तरीको बैठक राजविराजमा बसिरहेको छ । आन्दोलनको आगामी कार्यदिशा तय गर्न मोर्चाको बैठक बसिरहेको मोर्चा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिए ।

    सडकमा छैन प्रहरी
    ३ जनाको ज्यान जाने गरि घटना भएपछि मधेसी मोर्चाले आह्वान गरेको अनिश्चतकालिन सप्तरी आमहडतालका क्रममा राजविराजका सडकमा आज बिहानदेखि प्रहरी देखिएका छैनन् । प्रहरीहरु सरकारी कार्यालय र एमाले नेता कार्यकर्ताको घर सुरक्षामा केन्द्रित भएका छन् ।

     

    सप्तरीका कानुन व्यवसायी पनि सडकमा

    सप्तरीमा भएको घटनापछि सप्तरी जिल्ला बार इकाई र उच्च अदालत जनकपुरको राजविराज इजलास बार पनि सडकमा उत्रेको छ । सोमबार भएको घटनामा जिल्ला बारका कोषाध्यक्ष दिगम्बर यादव समेत प्रहरीको गोली लागि घाइते छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनको पेटमा गोली लागेको छ ।

    उच्च अदालत राजविराज इजलास बार र जिल्ला बारको मंगलबार बिहान भएको बैठकले एमालेको मेची महाकाली अभियानअन्तर्गत सोमबार भएको घटनाबारे छानविन गर्न उच्च अदालत राजविराज इजलास बार इकाईका अध्यक्ष विजयकुमार यादवको संयोजकत्वमा ११ सदस्यीय छानबिन टोली गठन गरेको छ ।

    जिल्ला बारका अध्यक्ष रामप्रसाद चौधरीका अनुसार कानुन व्यवसायीहरुले मंगलबार दिउँसो ३ बजे राजविराजमा प्रदर्शन गर्ने तयारी गरिएको छ । कानुन व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा र थुनछेकबाहेकका मुद्दामा बहस पैरवी नगर्ने निर्णय भएको जिल्ला बार अध्यक्ष रामप्रसाद चौधरीले जानकारी दिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.