×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपालीले पत्ता लगाए क्षुद्र ग्रह !

  •  
  • मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अजय शर्मा

    काठमाडौँ, फागुन २४ गते ।  नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ ।  विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन् ।
    अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) ले खिचेका एक लाख आठ हजार तस्बिरको अध्ययनबाट नेपाली खगोलविद्ले उपलब्धि हासिल गरेका हुन् ।
    नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका छन् ।
    नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन् ।  यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन् ।
    क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ ।  यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताउनुभयो ।  उहाँले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले जानकारी दिनुभयो ।
    अध्यक्ष भट्टराईले यो परियोजनामा सहभागी खगोल क्षेत्रका नेपाली अनुसन्धानकर्ताले स्वतःस्र्फूत रूपमा योगदान गरेको बताउनुभयो ।  उहाँले यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको खगोलीय अनुसन्धान नेपालमा पहिलोपटक भएकाले नेपालका खगोलीय विद्यार्थीलाई यसले अन्तर्राष्ट्रिय जगत्मा पहुँच र अवसर दिने बताउनुभयो ।
    यस अनुसन्धानमा नेपालबाट पोखराको पृथ्वीनारायण क्याम्पसका पाँच शिक्षक र विद्यार्थी, काठमाडौँ जोरपाटीस्थित सेलिब्रेसन को–ईडीका पाँच जना र नासोका नौ जना गरी १९ जनाको पाँचवटा समूह क्रियाशील थिए ।
    सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ ।
    यस प्रकारका अनुसन्धानबाट क्षुद्र ग्रहको प्रकृति, पहिचानका साथै पृथ्वीमा आइरहेका वा आउन सक्ने कुराको अध्ययन हुने भएकाले खगोल क्षेत्रमा यस्तो अध्ययनले निकै महìव राख्नेगर्छ ।
    यो अभियानमा सहभागी नेपाली टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एक लाख आठ हजार वटा चलायमान पिण्डको परीक्षण गरेका थिए ।  अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम (प्यान्स्टार्स) का हाल १.८ मिटरका दुईवटा उच्चस्तरीय टेलिस्कोप सञ्चालनमा छन् ।
    के हो क्षुद्र ग्रह ?
    क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन् ।  ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन् ।  क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ ।
    मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका यस्ता ठूला क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएमा ठूलो असर पर्नुका साथै जीवको अन्त्यसमेत हुनसक्छ ।  त्यसैले यी क्षुद्र ग्रहको अध्ययन अनुसन्धान आवश्यक छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.