×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

ओलीले किन दिए सुवास नेम्वाङलाई ‘रणनीतिक एक्सपोजर’ ?

  •  
  • सोमबार, फागुन २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एमालेमा यसरी हुँदैछ नेम्वाङको कमब्याक

    २३ फागुन, धरान । प्रायः अरुलाई बिझाउने भाषण नगर्ने र सबैको पि्रय हुन खोज्ने पूर्व सभामुख सुवास नेम्वाङले आइतबार इटहरीमा चर्को भाषण गर्दा धरानका मौसम लिम्बु अचम्मित भए ।

    राई र लिम्बुहरुको बाक्लो बसोबास रहेको इटहरी चौकमा उभिएर नेम्वाङले अशोक राईको संघीय फोरमदेखि लिम्बुवान पार्टीसम्मलाई प्रहार गर्न बाँकी राखेनन् । ‘हाउ ! बुढाले त दह्रो पो दिए त । सुवास नेम्वाङको यस्तो भाषण त पहिलो बाजी सुनेको’ लिम्बुले आफ्नै लबजमा भने, ‘अन्त हाम्रा लिम्बु बुढा पनि अब चाहिँ नेतै बन्ने गरी भाषण गर्न थालेछन् ।’

    महेन्द्र क्याम्पस धरानमा स्नातक तहका विद्यार्थी मौसम लिम्बुको जस्तै धेरैको यस्तो टिप्पणी सुनियो ।

    त्यसो त एमालेको मेची महाकाली अभियानको पहिलो र दोस्रो दुवै दिन संसदीय दलका उपनेता नेम्वाङले सबैभन्दा बढि मञ्च प्रयोग गर्ने मौका पाए । अध्यक्ष केपी ओलीले भन्दा बढि भाषण गर्ने अवसर नेम्वाङले किन पाए ? एमालेकै नेता कार्यकर्ताबीच पनि यो प्रश्न खासखुस रुपमा उठिरहेको छ ।

    दुई दिनका बीचमा नेम्वाङले कम्तिमा तीन ठूला सभामा भाषण गरे, जुन अवसर अध्यक्ष केपी शर्मा ओलीले समेत पाएनन् ।

    प्रदेश नम्बर १ राई लिम्बुको बाहुल्य भएको क्षेत्र र एमालेको अभियान चलेका स्थानहरुमा पनि जनजाति बसोबास बढि भएकाले मात्र नेम्वाङले यो अवसर पाएका अवश्य होइनन् ।

    १० वर्षसम्म सभामुख र संविधानसभा अध्यक्ष हुँदा पार्टीको राजनीतिमा ओझेल परेका उनलाई पार्टी पंक्ति र आमजनतामा एमालेको शीर्ष नेताकै तहमा स्थापित गर्न अरु नेता भन्दा बढि मन्च दिइएको अनुमान गरिएको छ ।

    नेम्वाङलाई रणनीतिक रुपमै ‘एक्सपोजर’ दिइएको चर्चा पनि अभियानका सहभागीहरुबीच हुने गरेको छ ।

    आइतबार दमकको ठूलो सभालाई सम्बोधन गरेका नेम्वाङले सोमबार विराटचोक र इटहरीका अझ ठूला सभालाई सम्बोधन गरे । सुखानीको सभामा पनि नेम्वाङलाई नै बोल्न दिइएको थियो । जबकी शीर्ष नेताहरु मध्ये झलनाथ खनालले बिर्तामोड र माधव नेपालले इटहरीमा मात्र सम्बोधन गरेका छन् भने महासचिव ईश्वर पोखरेलले काँकडभिट्टामा सम्बोधन गरे । नेम्वाङले भने अध्यक्ष ओलीको भन्दा बढि मञ्च प्रयोग गरिरहेका छन् ।

    उनलाई अरु नेताको भन्दा बढि मञ्च दिइनुमा दमक लिम्बुहरुको बाहुल्य क्षेत्र हो । नेम्वाङको निर्वाचन क्षेत्र पनि दमकसँगै जोडिएकाले पनि उनले बोल्ने अवसर पाए । अध्यक्ष ओलीले नै उनलाई दमकमा आफूपछिको दोस्रो वक्तामा राखेका थिए । दमक ओलीको निर्वाचन क्षेत्र हो ।

    विराटचोकमा नेम्वाङले सम्बोधन गर्ने तालिका थिएन । त्यहाँ बामदेव गौतम र भीम रावलले सम्बोधन गर्ने भनिएको थियो । तर, एकाएक नेम्वाङलाई त्यहाँ पनि प्रमुख वक्ता बनाइयो । यद्यपि स्थानीय सहभागीले ओलीले बोल्नुपर्ने माग गरेपछि उनले पनि संक्षिप्त सम्बोधन गरेका थिए ।

    विराटचोकबाट अघि बढेको एमालेको अभियान इटहरी पुग्दा ठूलो भीड लागि सकेको थियो । त्यहाँ माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम तय थियो । तर, नेपाल भन्दा अगाडि नेम्वाङ आए । लिम्बुवान प्रभावित इटहरीमा नेम्वाङले करीव एक घण्टा भाषण गर्दा लिम्बुवान र मधेसी मोर्चाको तीब्र आलोचना गरे ।

    लिम्बुवानका जिल्लाहरुमा चुनाव हुँदा धरौटी जोगाउन नसक्नेहरुले लिम्बु समुदायको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले ‘लिम्बुवानमा सबैभन्दा धेरै सिट जितेको एमाले नै लिम्बु र किरात समुदायको आधिकारिक पार्टी हो’ भने । उनले विराटचोक, दमक र इटहरी तीनै ठाउँमा आदिवासी जनजाति समुदायलाई लक्षित गरी भाषण गरेका थिए ।

    नेम्वाङ अहिले एमाले नेतृत्वमा आदिवासी जनजाति समुदायका नेतामध्ये राष्ट्रिय व्यक्तित्व भएकाले पनि उनलाई जनजाति बाहुल्य क्षेत्रमा पार्टीको दृष्टिकोण राख्न लगाइएको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले दाबी गरे । १ नम्बर क्षेत्रको बस्तुस्थिति अनुसार वक्ता चयन गरिएको उनको भनाइ छ ।

    तर, नेम्वाङलाई त्यहि कारणले मात्र यो मौका दिइएको मान्न एमालेकै नेता कार्यकर्ताहरु तयार छैनन् ।

    अध्यक्ष ओलीले आफ्नै गृह जिल्ला लगायत एमालेको सबैभन्दा प्रभाव क्षेत्रमा नेम्वाङलाई अघि बढाएर भावी नेतृत्वका रुपमा स्थापित गर्न खोजेको टिप्पणी पनि ओली निकटस्थहरुले नै गरेका छन् । ओलीले सुवास नेम्वाङलाई आफूपछिको नेताका रुपमा अघि बढाउन खोजेको अनुमान धेरैको छ ।

    उपाध्यक्ष नभएपछि उपनेता

    ओलीले सभामुखबाट बाहिरिए लगत्तै नेम्वाङलाई पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेर सिधै स्थायी कमिटीमा पुर्‍याए । ओलीको चाहना नेम्वाङलाई विद्या भण्डारी राष्ट्रपति भएपछि रिक्त रहेको एक उपाध्यक्ष नै बनाउने थियो ।

    तर, बिधान र पार्टीभित्रको सन्तुलन मिलाउन समय लाग्ने भएकाले उपाध्यक्ष बनाउन सम्भव भएन । उपाध्यक्ष बनाउन नसके पनि उनले संसदीय दलको उपनेता बनाएर नेम्वाङलाई आफूपछिको बरियता दिलाइसकेका छन् ।

    पार्टीका अरु नेताहरुलाई छाडेर नेम्वाङलाई संसदीय दलको उपनेता दिनु र शीर्ष वार्ताहरुमा पनि नेम्वाङलाई लिएर जानु ओलीको नेम्वाङप्रतिको भरोसा पनि हो । संसदीय गतिबिधिमा ओली सम्पूर्ण रुपमा नेम्वाङसँगै भर गर्छन् ।

    प्ाार्टीका मञ्च र अभियानकै क्रममा नेम्वाङ पार्टी पदाधिकारीकै लाइनमा बस्ने गर्छन् । उनी पूर्व सभामुख भइसकेको व्यक्तित्व भएका कारण पनि पार्टीका कतिपय पदाधिकारीहरुले नै ठाउँ छाड्छन् । ‘व्यक्तित्वका कारण पनि उनी शीर्ष नेताको लहरमा छन्’ एक स्थायी कमिटी सदस्यले भने ।

    ईश्वरलाई आशंका ?

    सुवास नेम्वाङ आफैं गुट बनाउने वा गुट चलाउने स्वभावका छैनन् । केपी ओली गुटका धेरै नेता कार्यकर्ताले सुवासलाई ओलीपछिको नेताका रुपमा पनि मान्ने गरेका छन् ।

    सुवास नेम्वाङ साझा स्वभावका नेता भए पनि ओली पक्षका धेरै नेता कार्यक्रम नेम्वाङले नेतृत्व लिइदिए हुन्थ्यो भन्छन् ।

    त्यसो त दशौं महाधिवेशनमा ओलीपछि महासचिव ईश्वर पोखरेललाई अघि बढाउने भनिएको छ । तर, नेम्वाङको सक्रियता र उनलाई अध्यक्ष ओलीकै चाहनामा ठूला मन्चहरुमा स्थान दिइनु भने अर्थपूर्ण छ ।

    कतिपयले दशौं महाधिवेशनमा माधव नेपालको प्रतिस्पर्धीका रुपमा नेम्वाङलाई पनि बैकल्पिक उम्मेदवारका रुपमा ओलीले सुरक्षित गर्न खोजेको चर्चा समेत गर्न थालेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.