×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्थानीय तह सङ्ख्या ७४४ बनाउने निर्णय

  •  
  • सोमबार, फागुन २३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सुरेशकुमार यादव

    काठमाडौँ, फागुन २३ गते ।  सरकारले स्थानीय तहको सङ्ख्या वृद्धि गर्ने निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या ७४४ बनाउने निर्णय गरेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी गराउनुभयो ।
    स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति भएर यो सङ्ख्यामा वृद्धि गरिएको बताइएको छ ।
    बालानन्द पौडेलको नेतृत्वमा बनेको स्थानीय तह पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदनप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका दलहरूले आपत्ति जनाएपछि माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगले तयार पारेको प्रतिवेदनलाई अध्ययन तथा परिमार्जनका लागि स्थानीय विकास मन्त्री पाण्डेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो ।
    सो कार्यदलको तीन पटक म्याद थपिएको थियो ।  तेस्रो पटक थपिएको म्यादमा कार्यदलले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ ।  प्रतिवेदनमा तहको सङ्ख्या ७३८ पु¥याइएको थियो ।  जब कि बलानन्द पौडेलको आयोगले तहको सङ्ख्या ७१९ कायम गरेको थियो ।  आयोगको प्रतिवेदनअनुसार मधेशमा तह सङ्ख्या १०६ मात्र थियो भने अहिले २१ तह थप गरी १२७ बनाइएको छ ।
    मन्त्रिपरिषद्ले गरेको सो निर्णय राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने जानकारी मन्त्री पाण्डेले जानकारी गराउनुभयो ।
    प्राविधिक सहयोग समितिले गरेको निर्णयका आधारमा खोटाङ र नुवाकोटको समस्यालाई समाधान गर्ने निर्णय गरेको जानकारी गराउँदै मन्त्री पाण्डेले काठमाडौँमा दुई स्थानीय तह थपिएको पनि जानकारी गराउनुभयो ।  साथै शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई यथावत राखिएको छ । मनाङमा तीनको सट्टा चारवटा इकाई बनाउने र बझाङको काँडा गाविसमा एउटा इकाई थप गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।
    मधेशी मोर्चाले माग गरेको आधारमा स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएको हो । अब मोर्चा पनि चुनावमा भाग लिने विश्वास सरकारले लिएको मन्त्री पाण्डेले बताउनुभयो ।  सहमतिका आधारमा सरकारले अझैँ निर्णय लिन तयार छ तर मोर्चा चुनावमा भाग लिन तयार हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, मोर्चालाई सहमतिमा ल्याएर चुनाव गराउनु नै सरकारको प्रमुख उद्देश्य हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.