×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एक नम्बर प्रदेशमा एमालेको ‘क्याराभान’ शैली, दुई नम्बरमा के होला ?

  •  
  • आइतबार, फागुन २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डेढ लाख मान्छे उतारेको दाबी, सुरक्षा निकाय भन्छ- ५० हजार

    मात्रिका पौडेल

    २२ फागुन, दमक (झापा) । जनप्रदर्शनको नयाँ शैली अपनाएको एमालेले मेची महाकाली राष्ट्रिय अभियानको पहिलो दिन झापा जिल्लाको करीव ५० किलोमिटर राजमार्ग आसपासमा करीव ५० हजार जनता र कार्यकर्ता परिचालन गरेको अनुमान सुरक्षा निकायले गरेका छन् । तर, एमालेले भने एकै दिनमा डेढ लाख जनता सहभागी भएको दाबी गरेको छ ।
    एकै स्थानमा धेरै मान्छे जम्मा गरेर भाषण गर्ने भन्दा पनि यसपटक एमालेले एक ठाउँबाट अर्को ठाउँ जोड्ने ‘क्याराभान’ शैलीको प्रदर्शनको अभ्यास गरेको हो ।

    भाषण भन्दा पनि राजमार्ग केन्द्रित प्रदर्शन र राजमार्गका भित्री बस्तीका मान्छेलाई नजिकको चोकसम्म उतारेर राष्ट्रिय अभियानमा जोड्ने नीति यसपटक एमालेले अख्तियार गरेको देखियो ।

    एमाले केन्द्रीय प्रचार विभागका सचिव बिष्णु रिजालले यो अभियानको उद्देश्य नै एक ठाउँका जनतालाई अर्को ठाउँसम्म जोड्ने रहेको बताए । उनले भने- ‘कुनै एक ठाउँमा जनता थुपारेर सभा गर्ने भन्दा पनि एक ठाउँका मान्छेलाई अर्को ठाउँका मान्छेसँग जोड्ने र आम मान्छेलाई राष्ट्रिय जागरण गराउनेनै अभियानको केन्द्रीय उद्देश्य हो ।’

    शनिवार विहान ११ बजे मेची नदीको किनारा काँकडभिट्टाबाट शुरु भएको अभियानलाई राजमार्गका करीव एक दर्जन मुख्य राजमार्ग चोकका दुवैतर्फ सडकमा उभिएर स्थानीय कार्यकर्ता तथा समर्थकले स्वागत गरेका थिए । केन्द्रीय नेताहरुसहितको टोली जुन ठाउँमा पुग्यो, त्यही ठाउँका स्थानीयले आ-आफ्नो भेषभुषा र सांस्कृतिक कार्यक्रम सहित स्वागत गरेका थिए ।

    राजमार्ग किनारामा स्थानीयको मानव साङ्लो

    काँकडभिट्टाबाट अघि बढेको टोलीलाई धुलाबारीमा जम्मा भएका स्थानीयले स्वागत गरेका थिए । त्यस्तै चारआली, अनारमनि जस्ता ठाउँमा पनि स्थानीय जम्मा भएका थिए ।

    त्यसपछि बिर्तामोड पुगेर जनसभामा परिणत भएको अभियान दमकतर्फ अघि बढ्दा सडक किनारामा एमालेको झण्डासहित खडा भएका स्थानीय समर्थकले ठाउँ ठाउँमा स्वागत गरे ।

    सुरुङ्गा, माइघाट, झिलिझले, धरमपुर, केर्खा, सीतापुरी, पाडाजुँगी जस्ता ठाउँका मुख्य चोक र सडक किनारामा उल्लेख्य मान्छेहरु मानव साङ्लो बनाएर स्वागतमा उभिएका थिए । यो प्रदर्शनको अर्को विशेषता के थियो भने, जो जुन ठाउँका हुन्, त्यही ठाउँमा जम्मा भएर केन्द्रीय अभियानमा सहभागिता जनाउने ।

    काँकडभिट्टाको सभामा भेला भएका स्थानीयवासी बिर्तामोडको सभामा गएनन् । त्यस्तै बिर्तामोडको सभापछि अर्को सभाका लागि दमकतर्फ केन्द्रीय टोली लाग्दा बीचमा पर्ने गाउँका जनताले आफ्नै ठाउँबाट स्वागत गरे । दमकमा सोही क्षेत्रका स्थानीय र कार्यकर्ता सहभागी भए ।

    हरेक चोक र सडक किनारामा उभिनेहरु प्रायःयुवा र महिला देखिन्थे । उनीहरुका हातमा राष्ट्रिय झण्डा र एमालेको झण्डा थियो । झण्डा नबोकेका स्थानीयहरुले पनि सडक किनारा र घरका छतबाट एमालेको टोलीलाई स्वागत गरेका थिए ।

    डेढ लाख मान्छे परिचालित भएको दाबी

    झापा जिल्लाका सांसद तथा एमाले केन्द्रीय सदस्य रविन कोइरालाले जो जुन ठाउँमा छ, त्यही ठाउँमै बसेर अभियानमा सहभागी हुने नीति बनाइएकाले अभियानमा सबै गाउँका जनता जोडिएको बताए । उनले भने-झापाका ७ मध्ये ६ वटा निर्वाचन क्षेत्रका जनता यो अभियानमा जोडिँदा करीव डेढ लाख मान्छे परिचालन भएका छन् ।
    आइतबार दमकबाट अघि बढेको अभियान मोरङका विभिन्न गाउँ हुँदै विराटनचोकबाट इटहरीसम्म पुग्दा डेढ लाख भन्दा बढी जनता परिचालन हुने दाबी एमाले सचिव योगेश भट्टराईले गरे ।

    अभियानमा सहभागी एमाले नेता कार्यकर्ताहरुहरु स्थानीय कार्यकर्ताका घरमा बास बस्ने नीति बनाइएको एक नम्बर प्रदेशका सहसंयोजक शेरधन राईले बताए ।
    ‘सामाजिक सद्भाव र राष्ट्रिय एकताको अभियानलाई कांग्रेस-माओवादीका कार्यकर्ताले पनि स्वागत गरेका छन्, हाम्रो घरमा बास दिन्छौं भन्नेहरु पनि निस्कए’ राईले भने ‘यो अभियानमा एमालेको सिंगो नेतृत्व तराई मधेसका जनताबीच प्रत्यक्ष आइपुगेकाले पार्टीभित्र ठूलो उत्साह छ’ ।

    राजमार्गमा ८ किलोमिटरको लस्कर

    एमालेको यो अभियानको टोली अघि बढ्दा सबैभन्दा अगाडि ट्राफिक प्रहरी र सशस्त्र प्रहरीका गाडी छन् । त्यसपछि बरिष्ठता अनुसार शीर्ष नेताहरुका गाडीका लस्कर छन् । केन्द्रबाट गएका ५ सय भन्दा बढी स्वयंसेवक, स्वास्थ्यकर्मी र संस्कृतिकर्मीहरुको टोलीका गाडी पनि सँगै छन् ।

    टोली जुन ठाउँमा पुग्यो त्यही ठाउँका कार्यकर्ताहरुले मोटरसाइकल, गाडीसहित जुलुसमा सहभागिता जनाउने भएकाले राजमार्गमा ठूलो लस्कर हुन्छ । शनिवार सशस्त्र प्रहरीका अगुवा र पछुवा गाडीको बीचमा करीव ८ किलोमिटरको गाडी तथा मोटरसाइकल र्‍याली अनुमान गरिएको सशस्त्र प्रहरीका डीएसपी बासुदेव लोहनीले बताए ।

    एमालेको अभियानलाई लक्षित गरेर पूर्वाञ्चलमा सुरक्षा सतर्कता बढाइएको छ । नेताहरुको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकृतहरुकै कमाण्डमा टोली खटिएको छ । कुनै पनि अपि्रय घटना हुन नदिन सुरक्षामा कडाइ गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

    दुई नम्बर प्रदेशमा के होला ?

    एक नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हो । ०७० सालको संविधानसभाको निर्वाचन परिणाम अनुसार यस क्षेत्रमा एमाले बलियो छ । मधेस आन्दोलनले पनि एमालेलाई यस क्षेत्रमा खासै असर पुर्‍याउन सकेको छैन । त्यसैले यस क्षेत्रको अभियानका क्रममा एमालेको पक्षमा स्थानीय बासिन्दा उत्रिनु अस्वाभाविक होइन ।
    तर, यो अभियानका क्रममा २ नम्बर प्रदेश एमालेका लागि सबैभन्दा ठूलो चुनौति बनेको छ ।

    पूर्वाञ्चलका एक उच्च सुरक्षा अधिकारीका अनुसार एमाले र मधेसी मोर्चा दुवैले प्रतिष्ठाको विषय बनाएकाले सुरक्षा चुनौति थपिएको छ । उनले भने- ‘एमालेको अभियान भाँड्ने उद्देश्यले मोर्चाले बन्द हड्ताल र एमाले कार्यकर्तामाथि आक्रमण तथा धम्की दिएको छ । अब एमालेले आफ्नो कार्यक्रम रोक्दा उसको पराजय देखिने र एमालेको अभियान सफल हुँदा मोर्चाको पराजय हुने भएकाले दुवैले यसलाई प्रतिष्ठाको विषय बनाए ।’

    एमालेले २ नम्बर प्रदेश प्रवेश गर्नुअघि नै रणनीतिक रुपमा मधेसी नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिकरुपमा मनोनित गरेर मधेसी कार्यकर्तामा उत्साह भर्न खोजेको छ । केन्द्रीय कमिटीमा थपिनेहरु पनि अधिकांश मधेस आन्दोलनको केन्द्र भाग सिराहा, धनुषा, महोत्तरी र रौतहटका छन् ।

    एमाले नेतृत्वमा मधेसी नेताहरुको सहभागिता कम भएको भनेर आलोचना भइरहेका बेला मधेसमा नयाँ सन्देश दिन एमाले नेताहरुले यो निर्णय गरेका हुन् । यसबाट मधेसमा एमाले थप विस्तार हुने केन्द्रीय सदस्य तथा लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले बताए ।

    केन्द्रीय कमिटीमा मधेसीहरुको ‘समूहगत प्रवेश’सँगै मधेसमा एमाले नेता-कार्यकर्ताहरु आ-आफ्नो क्षेत्रमा खटिएका छन् । तर, मोर्चा कार्यकर्ता एमालेमा मधेसी नेताहरुको सामुहिक मनोनयनसँगै एमालेका मधेसी नेता कार्यकर्तामाथि थप आक्रामक बन्न थालेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.