×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

एमालेले थाल्यो मेची-काली अभियान

  •  
  • आइतबार, फागुन २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    उमाकान्त खनाल/लोकनाथ रिजाल

    झापाः प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै झापाको काँकडभिट्टाबाट शनिबार ‘मेची-महाकाली राष्ट्रिय अभियान’ सुरु गरेको छ । काँकडभिट्टामा आयोजित आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा फहराएर अभियान थालनी गरे ।

    अभियानअन्तर्गत शनिबार झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा आयोजना गरिएको छ । तराईकेन्द्रित दलले आफ्ना मुद्दामा तगारो ठानेको एमालेको उक्त अभियानका सबै कार्यक्रम तराईमै केन्द्रित रहनेछन् । शनिबारबाट सुरु भएको मेची-महाकाली अभियान राष्ट्रिय एकता, संविधान कार्यान्वयन तथा चुनावको सुनिश्चितताका लागि भएको एमाले नेताहरूले बताएका छन् ।

    अभियान सुरु गर्दै एमाले अध्यक्ष ओलीले संसद्मा सरकारले पेस गरेको संविधान संशोधन विधेयक पारित हुन नदिने यसअघिकै अडान दोहोर्‍याए । ‘सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक देशहितमा छैन । त्यो जनभावनाविपरीत छ । त्यसैले हामी त्यसलाई पारित हुन दिँदैनौं’, उनले भने ।
    सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक पारित हुन दिन्नौं भन्नु संसदीय अभ्यास भएको उनले बताए । ‘संशोधन विधेयक पारित हुन नदिने विषय संसद्भित्रको हो । यो अलोकतान्त्रिक अभ्यास होइन’, उनले भने ।

    दमकमा आयोजित सभामा ओलीले सरकारले निर्वाचन गराउनेमा आफू विश्वस्त नरहेको बताए । दोधारे चरित्रका कारण आफूहरू ढुक्क हुन नसकेको उनको भनाइ थियो । अझै पनि सरकार निर्वाचन गर्ने कि संविधान संशोधन गर्ने भन्ने दोधारमा रहेको आरोप उनले लगाए । प्रधानमन्त्रीले एमालेसँग एउटा र मधेसी मोर्चासँग अर्कै कुरा गर्ने गरेका कारण निर्वाचन हुनेमा आफू ढुक्क नरहेको उनले बताए । ‘यो सरकारले हामीसँग एउटा कुरा गर्छ र मधेसी मोर्चासँग अर्कै कुरा गर्छ’, उनले भने, ‘निर्वाचन हुन्छ भन्नेमा हामी आशावादी छैनौं ।’ उनले सरकारले धर्मर गरे पनि एमालेले निर्वाचन गराएरै छाड्ने दाबी गरे ।

    ‘यो सरकार हामीसँग एउटा कुरा गर्छ र मधेसी मोर्चासँग अर्कै कुरा गर्छ । निर्वाचन हुन्छ भन्नेमा हामी आशावादी छैनौं ।’
    – केपी ओली, अध्यक्ष, एमाले

    आमसभामा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले अहिलेको संविधानले सबैको प्रतिनिधित्व गरेको बताए । उनले ९० प्रतिशतभन्दा बढीको समर्थनमा बनेको संविधान अध्ययन नै नगरी मधेसका केही ठेकेदार नेताले जनतामा भ्रम फिँजाएको आरोप लगाए । अहिले विरोध गर्नेहरूले पनि संविधानमा सहमति जनाएको भन्दै उनले यस्ता भ्रम उजागर गर्न मेची महाकाली अभियान चलाइएको बताए ।

    अभियानको शनिबारको कार्यक्रम झापामै वि श्राम गराइएको छ । काँकडभिट्टाबाट हजारौंको संख्यामा मोटरसाइकल, सयौंको संख्यामा बस तथा साना सवारीसाधन अभियानमा सहभागी भएका छन् । पूर्वपश्चिम राजमार्गआसपास ३३ ठाउँमा आमसभालगायत कार्यक्रम गर्ने एमालेले जनाएको छ । एमालेले सडकछेउमा कार्यक्रम गरिरहँदा पूर्व-पश्चिम राजमार्ग घन्टौंसम्म अस्तव्यस्त बनेको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, फागुन २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.