नविन लामिछाने/बेसीशहर, लमजुङ्ग
फागुन २२ गते । नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा शिव अधिकारी पुनः निर्वाचित् हुनुभएको छ ।
सार्वजनिक मत परिणाम अनुसार कुल १०७९ मत मध्ये ५८२ मत प्राप्त गरि अधिकारी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी विष्णुहरी वास्तोलाले ४९१ प्राप्त गर्नुभएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सुर्यबहादुर केसी ६७५ मतका साथ निर्वाचति हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्धन्दी विनोद कोइरालाले ३८४ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा सिता बराल ६६२. मतका साथ विजयी हुनुभएको छ भने उहाँका निकतम् प्रतिद्धन्दी देवी रेग्मीले ३९१ मत प्राप्त गर्नुभएको छ ।
सचिव पदमा पनि अधिकारी प्यानलकै सोमराज चिलुवाल ५९७ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिाद्धन्दी राजु राउतले ४५३ मत पाउनुभएको छ । त्यस्तै अर्थ सचिवमा दिनेश चिलुवाल ५७७ मतका साथ विजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी रामकृष्ण गौलीले ४५१ मत पाउनुभएको छ ।
समावेशी अन्तर्गत सह सचिव महिला तर्फ भएको प्रतिस्पर्धामा पनि अधिकारी प्यानलकै ज्ञानुमाया नखोला ५६८ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दी लुव्धकुमारी पाण्डेले ४४८ मत पाउनुभएको छ । खुल्ला सहसचिव तर्फको निर्वाचनमा ५५८ मतका साथ कामसार्की गुरुङ निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी अनिल अधिकारीले ४७० मत प्राप्त गर्नुभएको छ । अर्थ महिला सहसचिव तर्फको प्रतिस्पर्धामा समेत अधिकारी प्यानलकै सिर्जना गुरुङ ५९० मतका साथ विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्धन्दी तुलसी गुरुङले ४३८ मत पाउनुभएको छ । समावेशी सह सचिवको प्रतिस्पर्धामा ६७६ मतका साथ दिनेश गुरुङ र ५७१ मतका साथ रणबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्दी बलबहादुर श्रेष्ठ र लिला गुरुङले क्रमश ३६६ र ३३६ मत पाउनुभएको छ ।
यसैगरी, सदस्यको निर्वाचनमा अधिकारी प्यानलका उमाकान्त आचार्य, नवराज अधिकारी,बासु गुरुङ र मोहनराज घिमिरे निर्वाचित हुनुभएको छ । महिला सदस्यमा पनि अधिकारी प्यानलै अनिता चिलुवाल, मास्यो गुरुङ र इन्दिरा कार्की निर्विरोध निर्वाचित भएका छन् ।
सवै पदमा वर्चश्व जमाएको अधिकारी प्यानले प्रदेश प्रतिनिधीमा पनि जित हात पारेको छ । अधिकारी प्यानलका नानुमाया रिमाल, तुलसी बराल, नवराज घिमिरे, राजिव पण्डित, कृष्णप्रसाद भण्डारी,र हरिश्चन्द्र लम्साल विजयी हुनुभएको छ । प्रदेश पार्शदमा वास्तोला प्यानलका रमाकान्त अधिकारीले ५२० मत साथ जित हात पार्नुभएको छ । संघिय महाधिवेशनको ६ सिटमध्ये वास्तोला प्यानलका रत्नमान श्रेष्ठमात्र ६१६ मतका साथ निर्वाति भए भने बाँकी ५ पदमा अधिकारी प्यानलकै विष्णुमाया भण्डारी, रामकृष्ण भण्डारी, शिवशंकर तिवारी, तिर्थराज तिवारी र सुसीला अधिकारी निर्वाचित हुनुभएको छ ।
अधिकारी यसअघिपनि अध्यक्ष हुनुहन्थ्यो भने वास्तोलापनि अघिल्ला दुई कार्यकाल अध्यक्षको रुपमा काम गरिसक्नुभको थियो । स्थानीय निकायको निर्वाचनमा पार्टी विभाजित हुने भन्दै कतिपय नेता तथा कार्यकर्ता सहमतीका साथ नेतृत्व छनौट गर्ने तयारीमा रहेपनि अन्तत दुवै पक्षले पुरै प्यानलनै खडा गरेर निर्वाचनमा होमीएका थिए । शिक्षक संघमा अधिकारी पक्षले एकाधिकार जमाउँदा वास्तोला पक्ष रक्षात्मक मात्र बन्यो । वास्तोला पक्षले २७ निर्वाचित पदाधिकारी तथा पदहरुमा दुई स्थानमा मात्र विजयी हात पारेकोे छ ।
शिक्षक संघ लमजुङमा पुनः अधिकारी
शिक्षक संघ लमजुङमा पुनः अधिकारी
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


