×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हेलिकप्टर चढेर प्रधानमन्त्री पार्टीको कार्यक्रममा

  •  
  • शुक्रबार, फागुन २०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • आयोगसँग अनुमति लिएमा हेलिकप्टर प्रयोग गर्न मिल्छ : प्रवक्ता शर्मा
    नगेन्द्र अधिकारी, काभ्रे

    फाल्गुन २०, २०७३- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले काभ्रेमा आयोजना गरेको कार्यक्रममा जाँदा हेलिकप्टर प्रयोग गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटीले च्यासिंखर्कको कामीडाँडामा आयोजना गरेको सहिद सप्ताहमा उनी नेपाली सेनाको हेलिकप्टर चढेर पुगेका हुन् । काठमाडौंबाट कार्यक्रमस्थलको दूरी ६० किलोमिटर रहेको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा, बागमती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुष्प रञ्जित, जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापा सरकारी गाडी चढेर उनको स्वागत र सुरक्षाको लागि पुगेका थिए । प्रहरीले जिल्ला विकास समितिको सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरेको हो ।

    निर्वाचन आयोगले बुधबारदेखि जारी गरेको निर्वाचन आचारसंहिताअनुसार हेलिकप्टर प्रयोगमा निषेध गरिएको छ । आचारस‌ंहिताले नेपाल सरकार र सरकारका मन्त्री, सार्वजनिक संस्थाका प्रमुख र कर्मचारी, राजनीतिक दल र तिनका भातृ संगठन, सेना, प्रहरी लगायतका सुरक्षा निकाय र सार्वजनिक पद धारणा गरेका व्यक्ति समेतलाई समेट्छ ।

    निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगसँग अनुमति लिएर प्रधानमन्त्री वा मन्त्रीले हेलिकप्टर प्रयोग गर्न पाउने बताए । ‘निर्वाचन आचारसंहिता सबैलाई लाग्छ, कामको महत्व र आवश्यकता हेरेर आयोगले अनुमति दिएमा प्रधानमन्त्री, मन्त्रीले हेलिकप्टर प्रयोग गर्न पाउनुहुन्छ’ प्रवक्ता शर्माले इकान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीले काभ्रे जानेबारे जानकारी गराउनुभएको छ ।’

    माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिनानाथ गौतमले प्रधानमन्त्रीलाई आचारसंहिता नलाग्ने दाबी गरे । ‘प्रधानमन्त्रीलाई आचारसंहिता कहाँ लाग्छ, लाग्दैन,’ उनले भने, ‘लाग्ने भए आउँदैनथें होला, पाउने भएरै आएको हो ।’

    शान्ति प्रकृयामा आएसँगै केन्द्रीय समितिको बैठकको लागि २०६३ भदौमा दाहाल कामीडाँडा आएका थिए । युद्धकालमा कामीडाँडा चर्चित थियो । कयन केन्द्रीय नेताको आश्रयस्थल रहेको उक्त स्थानमा जनमुक्ति सेनाको क्याम्प पनि थियो । लडाकू समायोजनका क्रममा तेस्रो डिभिजन राख्ने चर्चा भए पनि पूर्वाधारका कारण हुन सकेको थिएन । युद्धभूमि कामीडाँडालाई स्थानीयले चिया बगानको रुपमा विकास गर्दै लगेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.