×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सप्तरीमा एमाले र मोर्चाबीच मुठभेडको स्थिति, एमाले नेतालाई कालोमोसो

  •  
  • शुक्रबार, फागुन २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कालोमोसो दलेका एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरी (दाँया), एमालेको मेची-महाकाली अभियानको विरोधमा मोर्चाका कार्यकर्ताहरु (बाँया)।

    अवधेशकुमार झा, राजविराज

    • एमाले अध्यक्ष ओलीलाई आउन दिँदैनौँ : मोर्चा
    • हामी नपुशंक होइनौं, अराजकताको प्रतिरोध गर्छौं : एमाले
    फाल्गुन २०, २०७३- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेस लक्षित मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच द्वन्द्व बढेको छ ।

    मोची महाकाली अभियानअन्तर्गत फागुन २३ गते सदरमुकाम राजविराजमा अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने एमालेको अडान र मधेस आन्दोलनका बेला मधेसविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीलाई कुनै पनि हालतमा राजविराज आउन नदिने मधेसी मोर्चाको चेतावनीका कारण दुईपक्ष आमने सामने भएका हुन् ।

    मोर्चा र एमालेका कार्यकर्ताबीचको बाकयुद्ध अब कालोमोसो दल्ने, गालीगलौज गर्नेसम्म पुगेको छ । सोही क्रममा पार्टीको मेची महाकाली अभियानको प्रचारात्मक कार्यक्रमअन्तर्गत राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई शुक्रबार बिहान मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका छन् । मोर्चा सम्बद्ध युवा विद्यार्थीहरुले बिहान राजविराजको माछा हटिया नजिक एमाले जिल्ला सदस्य चौधरीको अनुहारमा कालो लगाएका थिए ।

    एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गरे । उनले भने,‘लोकतन्त्रमा प्रजातान्धिक तरिकाबाट सबै दल र समुदायले आ-आफना विचार लिएर जनतामा जान पाउनुपर्छ, हामी मेची-महाकाली अभियानमा छौं तर हामीलाई कार्यक्रमै गर्न नदिने मधेसी मोर्चाका नेता कार्यकर्ताको रबैया अराजकताको पराकाष्ठा हो ।’ ‘हाम्रा कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक ब्यवहार गरियो भने प्रतिरोध गर्छौं’ एमाले अध्यक्ष न्यौपानेले भने, ‘हामी नपुंशक होइनौं ।’ उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू राजतन्त्रभन्दा पनि बढी तानाशाही बन्न खोजेको आरोप लगाए । उनले भने, ‘एमाले पार्टीमा लागेकाहरु राजविराजमा बस्नै पाउँदैन भन्नु राजतन्त्रभन्दा पनि ठूलो ‘डिक्टेटरसीप’ भयो, यसरी कसैले गर्न पाउँदैन, हामी हाम्रा कार्यक्रम लिएर जनतामा जान्छौं, कसैले रोक्न सक्दैनौं ।’

    मधेसी मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले मोर्चाले निर्णय नै गरेर एमाले सदस्य चौधरीलाई कालोमोसो नदले पनि एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गरेको हुन सक्ने बताए । ‘कालोमोसो दल्ने हाम्रो निर्णय होइन् तर मधेसी जनताले प्रतिकार गरेको हुन सक्छ, हाम्रा युवा विद्यार्थी पनि सामेल भएको हुन सक्छ ।’ उनले एमाले अध्यक्ष केपी ओली मधेस आन्दोलनका बेला सरकार प्रमुख रहँदा अत्यधिक दमन गरेको, मधेसका विरुद्धमा बिषबमन गरेका कारण आउँदो फागुन २३ गते राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिए ।

    ‘मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं’ मोर्चा संयोजक यादवले भने । यसअघि बिहीबार पनि मधेसी मोर्चाले राजविराजमा एमालेको मेची-महाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न राजविराजमा लाठी जुलुस गरेको थियो ।

    मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको कञ्चनपुरमा कार्यकर्तामाझ एमाले नेताहरु भीम आचार्य, योगेश भटराई, सुमनराज प्याकुरेल लगायत

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.