×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तिवारी हत्याकाण्डः मनोज पुन र काठमाडौंका डनको कनेक्सन किन लुकायो प्रहरीले ?

  •  
  • बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    घैंटे मारिएपछि भारत भागेका समिरमानले बाफलबाटै ३० लाख फिरौती उठाए

    रमेश धमला

    १९ फागुन, काठमाडौं । पुसको पहिलो साता युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । हत्याको मख्य योजनाकार मनोज पुन भएको भन्दै प्रहरीले दुई महिनापछि यसै साता ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । तर, तिवारीको हत्यामा काठमाडौंका डन पनि संलग्न भएको प्रहरीकै अनुसन्धानबाट देखिएको छ ।

    तिवारी हत्याकाण्डमा काठमाडौंको वाफललाई आधार इलाका बनाएर गुण्डागर्दी गर्दै आएका समिरमान बस्नेतको पनि संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । तर, प्रहरीले यो विषय सार्वजनिक गरेको छैन । बस्नेतको नाम सार्वजनिक नगरिनु रहस्यमय छ ।

    तिवारी हत्या काण्डपछि स्थानिय प्रहरीसँगै काठमाडौंबाट विशेष टोली अनुसन्धानका लागि खटिएको थियो । संयुक्त टोलीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरे पनि घटनामा समिरमान वस्नेतको संलग्नता खुलाइएको छैन ।

    तर, प्रहरी स्रोतका अनुसार समिरमान वस्नेत र मनोज पुनले संयुक्त योजना बनाएर तिवारीको हत्या गराएको भेटिएको हो ।

    फरार सूचीमा बस्नेत

    युवा संघका दुर्गा तिवारीको हत्या प्रयास एक वर्षअघि पनि भएको थियो । त्यो बेलादेखि नै मनोज र समिरमानको कनेक्सन देखिएको छ । प्रहरी स्रोतका अनुसार मनोज र समिरमान भारतमासँगै बस्दै आएका छन् ।

    दुर्गा तिवारीमाथि ७२ साल असोज ११ गते भएको हत्या प्रयासमा समिर वस्नेतको स्पष्ट संलग्नता देखिएको थियो । त्यति बेलाको घटनामा समिरमान बस्नेत प्रहरीको फरार सूचीमा छन् । सो घटनामा प्रहरीले तत्काल ७ जनालाई पक्राउ गरेको थियो ।

    ७ जना पक्राउ परे पनि त्यति बेलाको घटनाको नतृत्व गरेका सालिकराम चापागाइँ भने फरार थिए । उनी तिवारीमाथि आक्रमणको प्रयास गरेर भारतको गोवा पुगेका थिए । करिब डेढ महिना भारतबाट लुकेर काठमाडौं आइपुगेका चापागाउँ सुन्धाराबाट पक्राउ परे ।

    उनै चापागाइँले अघिल्लो वर्ष तिवारीको हत्याको योजना भारतमा बसेका मनोज पुन उनका विश्वासिलो पात्र सोम आले र समिरमान बस्नेतले बनाएको बयान प्रहरीलाई दिएपछि बस्नेतको कनेक्सन खुलेको हो ।

    २०७२ सालको घटनामा संलग्न रहेको आरोपमा चापागाइँसहित त्यति बेला पक्राउ परेका ८ जना विरुद्ध प्रहरीले हाहतियार, लागुऔषध, ज्यान मार्ने उद्योगमा मुद्दा चलायो । त्यही केशमा समिरमान बस्नेत समेत प्रहरीको फरार सूचीमा छन् ।

    प्रहरी स्रोत भन्छ, ‘२०७२ सालको घटनामा समिर बस्नेतको संलग्नता खुलेपछि प्रहरीले अरु ८ सहित बस्नेतलाई पनि त्यही मुद्दामा फरार सूचीमा राखेको छ । उतिबेलै मनोज पुनसँग योजना बनाउन सामेल भएका बस्नेत अहिले पुनसँगै लुकिरहेको हामीलाई सूचना छ ।’

    घैंटे मारिएपछि भयो भेट

    २०७२ साल भदौ २ गते काठमाडौंको गल्कोपाखामा कुमार घैंटे ‘प्रहरी इन्काउन्टर’मा मारिए । घैंटेकै समूहमा रहेका समिरमान बस्नेत घैंटे मारिए लगत्तै भागेर भारतको गोवा पुगे । त्यहीँ मनोज पुनसँग बस्नेतको भेट भएको प्रहरी स्रोतले जनाएको छ ।

    गुण्डागर्दीको दुनियामा प्रहरी इन्काउन्टरमै मारिएका दिनेश अधिकारी चरी एकातिर समिर र कुमार घैंटे अर्कोतिर थिए । चरीपछि घैंटे पनि प्रहरी इन्काउण्टरमा मारिएपछि समिर बस्नेतमाथि प्रहरीले निगरानी बढायो । त्यसपछि उनी काठमाडौंमा टिक्न नसकेर भारत छिरे ।

    तिवारी हत्याकाण्डको अनुसन्धानमा संलग्न अधिकृतका अनुसार मनोज पुनसँग भेटेपछि समिर बस्नेतले काठमाडौंका उनको ग्याङका केही सदस्यलाई उतै बोलाएको पनि देखिएको थियो । घैंटे मारिएपछि उनीहरु काठमाडौं आउन सक्ने अवस्था देखिएन । त्यसैले समिर र मनोज पुनको उतै केनक्सन सुरु भएको देखिन्छ ।

    तिवारीको हत्यापछि पनि ३० लाख फिरौती

    अपराधिक गिरोहले मागेको फिरौती रकम नदिनु नै तिवारी हत्या काण्डको मुख्य कारण भएको प्रहरीको अनुसन्धानले देखाइसकेको छ । आर्थिक लेनदेनका कारण दुर्गा तिवारीको हत्या भएको देखिन्छ । तिवारीको हत्यापछि पनि मनोज पुन र समिरमान वस्नेतले विभिन्न व्यापारीबाट ३० लाख फिरौती उठाएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

    प्रहरी स्रोतका अनुसार मनी एक्सचेन्जमार्फत बुटवलबाट काठमाडौं र काठमाडौंबाट दुवई पठाएर फिरौती असुल भएको देखिएको छ । यो प्रकरणमा काठमाडौंको बाफलमा समिर बस्नेतको इलाकाकै मनि एक्सचेन्ज प्रयोग भएको देखिएको छ ।

    तिवारीको हत्या गर्नुअघि यही समूहले काठमाडौंका केही व्यवसायीलाई समेत टार्गेटमा पारेको प्रहरीले सूचना पाएको छ । तर फिरौती बुझाउने, धम्की पाउने कोही पनि प्रहरीको समक्ष जान मानिरहेका छैनन् ।

    पुनको कनेक्सन छोटा राजनसँग ?

    तिवारी हत्या काण्डको अनुसन्धानपछि प्रहरीले मनोज पुन ‘अहिले सम्मकै खरतनाक’ अपराधी भएको निष्कर्ष निकालेको छ । तिवारीको हत्या गराउन प्रयोग भएका समूहलाई समेत एक अर्कासँग परिचय नगराउने पुनको शैली अन्डरवल्र्ड डनको शैली भएको प्रहरी अधिकृतहरुको बुझाइ छ ।

    एक अनुसन्धान अधिकृतले भने, ‘तिवारीको हत्या भएको दिन प्रयोग भएको मोटरसाइकल चलाउने र मोटरसाइकलको पछाडि बसेर गोली हान्नेले समेत एक अर्कालाई चिन्दैन थिए । दुवैलाई एक अर्कासँग सम्पर्क नगर्न पुनले निर्देशन दिए । मान्छे मारेपछि उसैले फोन गरेर जिम्मा लिएका छन् । यो अन्डरवल्र्डहरुले गर्ने स्टाइल हो ।’

    पुन र समिर बस्नेतलाई खोज्न भारत पुगेका प्रहरी टोलीलले पुनले भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहसँग सम्बन्ध बढाएको हुन सक्ने अशंका गरेको छ । गोवामा लुकेर बसिरहेका पुन प्रहरीको निगरानीमा रहेका सूचना पाए लगतै दिल्ली पुगेका थिए ।

    प्रहरी स्रोतका अनुसार इन्टरनेट नम्बरबाट फोन गरेर फिरौती असुल गर्ने शैली अपनाएका मनोज पुनले छोटा राजन समुहका सदस्यसँग सम्बन्ध बढाएकै कारण सबै धन्दा चलाइरहेको प्रहरीको दाबी छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.