उनले इन्डोनेसिया भ्रमणका क्रममा राजधानी जकार्तामा केही दिन बिताउने छन् भने त्यसपछि जाभा र चर्चित पर्यटकीय क्षेत्र बालीको भ्रमण गर्नेछन् । त्यसपछि उनी चीन, जापान र माल्दिभ्सको भ्रमणमा जानेछन् । उनको भ्रमणको भन्दा धेरै चर्चा भने उनको लगेजको भइरहेको छ ।
साउदी राजाले आफ्नो भ्रमणका क्रममा ५०६ टन (४०९ मेट्रिक टन) को कार्गो लिएर गएका छन् । यसमा दुई मर्सिडिज–बेन्ज एस६०० लिमोजिन र दुई इलेक्ट्रिक एलिभेटर समेत सामेल छन् । साउदी राजाको यो भ्रमणमा करिब १५ सय जना सहभागी छन्, जसमा १० मन्त्री, २५ राजपरिवारका सदस्य र करिब १०० जना सुरक्षाकर्मी रहेका छन् ।
साउदी राजाले पछिल्ला ४६ वर्षमा पहिलो पटक संसारकै ठूलो मुस्लिम देश इन्डोनेसियाको भ्रमण गरेका हुन् । यो भ्रमणका क्रममा उनले दुई देशको आर्थिक सम्बन्ध बलियो बनाउने प्रयासमा केन्द्रीत हुनेछ । साउदी राजाको यो भ्रमणमा उनका लगेज सम्हाल्नका लागि मात्रै ५०० कर्मचारी राखिएको छ ।
साउदी राजा भव्य भ्रमणका लागि चर्चित रहने गर्छन् । यसअघि शाह सलमानले २०१५ मा अमेरिकाको भ्रमणका क्रममा वासिंगटन पुग्दा जर्जटाउनको सबैभन्दा ठूलो होटल पूरै बुक गरेका थिए । जहाँ सबैभन्दा सुविधासम्पन्न होटलमा २२२ कोठा थिए । सोही वर्ष साउदी राजाले १००० सदस्यसहित फ्रान्सको भ्रमण गरेका थिए ।
rajdhanidaily






















