×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दिउँसो स्कुल जान्छन्, राति रिक्सा चलाउँछन्

  •  
  • बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ६ जनाको परिवार पाल्दै १३ बर्से छात्र

    गजेन्द्र बोहरा

    नेपालगन्जः रातको साढे नौ बजेको थियो । सधैँजस्तै मंगलबार पनि नेपालगन्जको त्रिवेणी मोड अनि त्रिभुवनचोकवरिपरि साँझको रमझम बाक्लिँदै थियो । नेपालगन्जमा ‘आउटडोर’ खानाका लागि चम्किएका यी चोकमा रातिसम्मै मानिसको भीड थामिनसक्नु हुन्छ ।

    वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतम गस्ती टोलीमै थिए । एउटा ई-रिक्सा मधुरो प्रकाश छर्दै आयो । सडक बत्तीको उज्यालोले त्यो छेलिएन । रिक्सा हाँक्दै थिए एक जना १३ वर्षका बालक । गौतमले त्यो रिक्सा रोके । उनीसँगै अर्का करिब नौ वर्षका बालक पनि थिए । दुवैलाई ओरालियो । त्यो रिक्सामा चढेका यात्रुलाई प्रहरीले अर्कै रिक्सामा गन्तव्यतिर पठायो ।

    यसरी प्रहरीबाट छेलिँदै रातिराति रिक्सा हाँक्ने बालक हुन् कालीकोटका देवजंग बम । बाबुले घरपरिवार छाडेर बेपत्ता भएपछि आमा र चार भाइबहिनी पाल्न उनले राति-राति रिक्सा चलाउँदै आए । कालीकोट छाप्रे गाविसस्थित सानो माटोको घर भत्किएपछि ६ महिनाअघि उनीहरू नेपालगन्ज झरेका थिए । नेपालगन्जमा रिक्सा चलाउँदै आएका मामाको शरणमा आएका बमको परिवार अहिले एउटा सानो कोठामा डेरा लिएर बसेको छ ।

    उनी जेठो छोरा हुन् । कक्षा ८मा पढ्दै गरेका उनको काँधमा अहिले आफ्नो पढाइ र जीवन मात्रै होइन, चार जना भाइ र एक बहिनी अनि आमालाई पाल्नुपर्ने जिम्मेवारी पनि छ । ‘त्यही भएर त रिक्सा चलाउन लागेँ’ देवजंग भन्छन् ‘सधैं पुलिसलाई छलेर भाग्थें आज त सरले समाइहाल्नुभो ।’

    देवजंग र उनीसँगै रहेका उनका अर्का एक जना भाइलाई राति साढे नौ बजे प्रहरी निरीक्षक गौतमले मःम खुवाउँदै थिए । ‘रिक्साबाट ओरालेपछि सोधपुछ गरेँ, बिचराहरू भोकै रहेछन् अनि मःम खुवाउँदै छु,’ गौतमले भने, ‘यस्ता बालकलाई कसरी रिक्सा चलाउन दिनु त ? दुर्घटनाको खतरा हुन्छ, अर्कोतिर बालअधिकार पनि खोसिन्छ ।’

    उनका बाबु-आमाको सम्बन्ध कहिल्यै राम्रो भएन । सधैं झगडा हुन्थ्यो । धेरैजसो इन्डिया आउने-जाने गरिरहने उनका बुबा धेरै महिना भयो आएका छैनन् । न कुनै खबर छ, न केही खर्च पठाउँछन् । ‘कापी-कलम किन्नुपर्छ, भाइबहिनी, आमा सबैको खर्च उठाउनुपर्छ’, देवजंग भन्छन्, ‘त्यही भएर राति मले रिक्सा चलाउँछु, दिउँसो मामाले चलाउनुहुन्छ ।’

    कमाउने घरमूली बेपत्ता भएपछि निकै पुरानो माटोको घर पनि ढल्यो । उनीहरू केही समय माइतीघरका बुबाको घरमै बसे । त्यसपछि आमाले भाइसँग शरण मागिन् र नेपालगन्ज झरे ।

    प्रहरीबाट छेलिँदै रातिराति रिक्सा हाँक्ने बालक हुन् कालीकोटका देवजंग बम । बाबुले घरपरिवार छाडेर बेपत्ता भएपछि आमा र चार भाइबहिनी पाल्न उनले राति-राति रिक्सा चलाउँदै आए । कालीकोट छाप्रे गाविसस्थित सानो माटोको घर भत्किएपछि ६ महिनाअघि उनीहरू नेपालगन्ज झरेका थिए ।

    त्यसपछि देवजंग र उनका भाइ-बहिनी यहीँको एउटा सरकारी प्राथमिक स्कुलमा भर्ना भए । सरकारी विद्यालयमा भर्ना र अरू शुल्क लाग्दैन । तर, कापी, कलम र अन्य चाहिने सामान किन्ने पैसा जुटाउनुपर्ने भयो । केही समय त मामासँगै बसे । पछि छुट्टै डेरा लिए । खाना पनि नपुग्ने भयो । आमाले एउटा निजी कार्यालयमा भुइँ पुछ्ने काम गर्थिन् । त्यो पनि छुट्यो । अनि देवजंगको विकल्प भयो, रिक्सा । दिनभरि स्कुल जान्थे र साँझ मामा फर्केपछि रिक्सा लिएर बजार निस्किन्थे । कमाएको केही पैसा मामा र उनले भाग लगाउँथे ।

    त्यस्ता केटाकेटीलाई रिक्सा नदिन भन्दै प्रहरीले उनीहरू सबैलाई बुधबार बिहान चौकीमा बोलाएको थियो । त्यहाँ पनि देवजंगकी आमा प्रमिला बमले सबै कथा-व्यथा भनिन् । चौकीमा आएका केही मानिसले उनको व्यथा सुनिसकेपछि चामल, नुन, तेललगायत केही खाद्यान्न किनेर प्रहरीको जिम्मा लगाइदिए । अनि प्रहरीले त्यो चामल प्रमिलालाई दियो । एउटा २ वर्षको काखेबालक पनि उनीसँग छ । अरू पनि लगातार जन्मिएका छोराछोरी साथमा छन् । प्रहरीका अनुसार बेला-बेला मात्र आउने उनका श्रीमान्ले प्रमिलालाई कुटपिट गर्छन् र केही समय बेपत्ता हुन्छन् । उनलाई परिवारको कुनै मतलव छैन ।

    धेरै पढ्ने सोख छैन, देवजंगलाई पनि । सानैदेखि परिवारको जिम्मेवारी काँधमा आएकाले कसरी परिवार पाल्ने भन्ने मात्रै ध्याउन्न उनको छ । प्रहरी निरीक्षक गौतमले किनिदिएको मःमका केही टुक्रा भाइ-बहिनीलाई लगिदिन प्लास्टिकमा हालिरहेका देवजंगले भने, ‘१० कक्षासम्म पढेपछि ड्राइभर भएर पैसा कमाउने हो ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.