काठमाडौंः रामेछापलाई केन्दविन्दु बनाएर भूकम्प गएको छ।
सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछापको सुनारपानी र सालुपाटीबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ वैशाख १२ गते गएको बिनाशकारी भूकम्प यता चार रेक्टर स्केलमाथिका झन्डै पाँच सयको पराकम्प गएका छन्। भूकम्प गएको झन्डै दुई वर्ष हुन लाग्दा अझै पनि पराकम्प जाने क्रम रोकिएको छैन।
annapurnapost




















