×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्पपीडितको समस्या छिटो समाधान गर्न निर्देशन

  •  
  • सोमबार, फागुन १६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन १६ गते ।  भूकम्प प्रभावितहरूलाई प्रदान गरिने भनिएको सेवासुविधालाई प्रभावकारी र छिटोछरितो रूपमा प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवाला मन्त्रालय र अन्य निकायलाई निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आइतबार सरोकारवाला मन्त्रालयका सचिव राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र राष्ट्र बैङ्कका गभर्नरलाई बोलाएर भूकम्पपीडितलाई अनुदान प्रदान गर्नमा देखिएका विविध समस्या समाधानका लागि  निर्देशन दिनुभयो ।
    अन्तरमन्त्रालय समन्वयमा कमी हुन नदिई भूकम्पपीडितलाई अनुदान वितरण कार्यमा तीव्रता दिने निर्णय बैठकले गरेको छ ।  बैठकले वन क्षेत्र, सार्वजनिक स्थान वा बाटोको सिमानाभित्र घर बनाई बसोबास गर्दै आएका र पीडितका श्रीमान् वा श्रीमतीको नाउँमा अन्यत्र घर नभएका परिवारलाई सुरक्षित स्थानमा सर्नका लागि जग्गा खरिद गर्न एक लाख रुपियाँसम्म प्रदान गर्ने निर्णय गरेको प्राधिकरणले बताएको छ ।
    त्यस्तै जोखिमयुक्त बस्तीमा बस्दै आएका १० घरपरिवारसम्मका समूहले अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेमा हाल बसोबास गरेको स्थानसँग सिमाना जोडिएका अन्य स्थानमा सार्नका लागि पनि प्राधिकरणले कार्यक्रम ल्याउने निर्णय गरेको छ ।  जोखिमयुक्त स्थानमा बस्दै आएका  १० भन्दा बढी घरपरिवार भएका तर अन्यत्र सर्न नचाहने समूह भएमा उनीहरूको पुनर्बास र पुनःस्थापनाका लागि पनि प्राधिकरणले काम गर्ने निर्णय बैठकले गरेको छ ।
    प्रधानमन्त्रीले बोलाउनुभएको आइतबारको बैठकमा भूकम्पपीडितलाई सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धमा पनि निर्णय भएको  छ ।
    नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाल उपस्थित हुनुभएको बैठकले भूकम्पपीडितलाई विपन्न वर्गअन्तर्गत परिभाषित गर्दै ऋणका लागि पनि आवश्यक सर्तहरू  राखिने बताएको छ ।  राष्ट्र बैङ्कले राखेका सर्तहरूमा लाभग्राहीको सूचीमा परेको हुनुपर्ने, बनाउन लागेको घर र जग्गालाई धितोमा राखिने, बैङ्कलाई मान्य हुने किसिमका आयआर्जनको ग्यारेन्टी गरिनुपर्ने, ऋणको भाका रहेको अवधिभर उक्त घरजग्गा बेचबिखन गर्न नपाइने, बैङ्कबाट लिएको ऋण नतिरेमा भाका नाघेपछि त्यस्ता परिवारलाई स्थानीय निकायबाट दिइने सिफारिसलगायत अन्य सेवासुविधा उपलब्ध नगराउने सर्त पनि राखिएको प्राधिकरणले बताएको छ ।
    बैठकले गुठी, स्वबासी, गाउँ ब्लक लगायतको निस्सा भएको तर लालपुर्जा नभएका कारण नक्सा पास गर्न समस्या भोगिरहेका भूकम्पपीडितको बाधा अड्चन फुकाउन  आवश्यक प्रक्रिया सुरु गरिने  निर्णय गरेको छ ।
    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले पुनःनिर्माण र पुनःस्थापनाको कार्यलाई गति दिन प्रधानमन्त्रीबाट  बैठक बोलाउन आग्रह गरेपछि प्रधानमन्त्रीले सरोकारवाला निकायका  पदाधिकारीलाई  डाकेर बैठक राख्नुभएको पनि प्राधिकरणले जनाएको छ ।
    बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडितका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.