×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अनुमतिबिनै प्लटिङले धरापमा मन्दिर !

  •  
  • सोमबार, फागुन १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मकर श्रेष्ठ, काठमाडौं

    काठमाडौंको साँखुस्थित पञ्चकन्या मन्दिर ढल्ने गरी डाँडा भासेर जग्गा प्लटिङ गरिँदै । तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

    फाल्गुन १६, २०७३- साँखुको पञ्चकन्या मन्दिर नै ढल्ने गरी डाँडा भासेर बिना अनुमति प्लटिङ गर्दा पनि स्थानीय प्रशासनले रोक्न सकेको छैन । सरकारी निकायसँग स्वीकृति नलिइकनै अवैध रूपमा जग्गा प्लटिङ गर्न धमाधम डोजर लगाएर सम्याउने काम भइरहेको छ । उक्त डाँडाको केही भाग गुठीको जग्गा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    दुई साताअघि प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले उक्त प्लटिङ तत्काल रोक्ने निर्णय गरेको थियो । तर स्थलगत रिपोर्टिङका लागि कान्तिपुरकर्मी त्यहाँ पुग्दा डोजर लगाएर उक्त क्षेत्र सम्याउने काम जारी थियो ।

    समितिको उक्त बैठकले उपत्यका विकास प्राधिकरण काठमाडौंका आयुक्त संयोजक, सम्बन्धित नगरपालिका र प्रहरीको प्रतिनिधि रहने गरी अनुगमन गर्ने निर्णयसमेत गरेको थियो ।
    काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले मन्दिरमा जानेबाटै नराखेर प्लटिङ गर्न लागेको देखेपछि तत्काल अनुगमन समितिको बैठक राखेर त्यस्ता प्लटिङ रोक्ने निर्णय गरिसकेको बताए । तर भास्ने र सम्याउने काम भने रोकिएको छैन । प्लटिङकर्ताले ‘प्रधानमन्त्रीलाई भेटेर शक्तिको आडमा’ अवैध काम जारी राखेको स्थानीय बासिन्दाको गुनासो छ । ‘तीन सय फिटमाथि मन्दिर छ, मन्दिरसम्म जाने बाटो पनि छैन,’ प्रमुख जिल्ला अधिकारी दवाडीले भने, ‘मन्दिरमा जान हेलिकप्टर वा रोप–वे चाहिने गरी डोजर लगाइएको छ ।’ जिल्ला प्रशासन प्लटिङ स्वीकृत दिने निकाय नभए पनि जथाभावी प्लटिङ गरेको पाइएपछि तत्काल रोक्ने निर्णय भएको उनले बताए ।

    अवैध प्लटिङ रोक्न नगरपालिकाले उपत्यका विकास प्राधिकरण जिल्ला कार्यालयलाई जानकारी गराउनुपर्ने पनि निर्णय भएको उनले बताए । स्थानीयले प्रहरीलाई जानकारी दिएमा प्लटिङ सञ्चालकलाई नियन्त्रणमा लिन निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी दवाडीको भनाइ छ ।

    प्राधिकरणको जिल्ला आयुक्त दीपक श्रेष्ठले साँखुको प्लटिङले अनुमति नलिएको बताए । यस्ता प्लटिङ रोक्न अनुगमन समिति बनाए पनि नगरपालिकामा आन्दोलन भएपछि हुन नसकेको भन्दै उनी पन्छिए । ‘नगरपालिकाका कर्मचारी आन्दोलित भएपछि अनुगमन गर्न सकिएन,’ उनले भने, ‘अब जान्छौं ।’ फागुन ५ मा भएको जिल्लाका कार्यालय प्रमुखहरूको बैठकमा पनि निर्णय कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए ।

    जग्गाधानी मुक्तिनाथ पुडासैनीले मन्दिरले चर्चेको जग्गा आफ्नै नक्साभित्र रहेको दाबी गरे । ५ जनाको स्वामित्वमा रहेको ५० रोपनी जग्गामध्ये दक्षिणी क्षेत्रमा चन्दा शर्मा एक्लैको २४ रोपनी रहेको पुडासैनीको भनाइ छ । सबै जग्गा प्लटिङका लागि सम्याउने क्रममा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायतले चासो राखेको उनले स्विकारे । तर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयन हुन सकेको छैन । प्लटिङका काम जारी राखिएको छ । ‘मन्दिरलाई अहिले भइरहेको स्थानभन्दा करिब २ सय मिटर तल उत्तरपट्टि सार्न शनिबार शिलान्यास गरिएको छ,’ उनले भने, ‘केही दिनमा मन्दिर रहेको डाँडालाई पनि सम्याइनेछ ।’

    मन्दिर सेरोफेरोको जमिन सम्याइँदा मन्दिर क्षेत्रको भाग उच्च भागमा देखिएपछि स्थानीय बासिन्दा, प्रशासनलगायत सर्वसाधारणले समेत सार्वजनिक महत्त्वको मन्दिरलाई धरापमा पार्न लागिएको भन्दै चासो देखाएको पुडासैनीले स्विकारे । ‘मन्दिर नितान्त निजी स्वामित्वको जग्गामा रहकाले सम्बन्धित निकायबाट मलाई कुनै अप्ठेरो पर्दैन,’ उनले भने, ‘मैले प्रधानमन्त्रीलाई नै भेटेर स्पष्टीकरणपत्र दिइसकिएको छु ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.