×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अब सरकारले चेकबाट होइन अनलाइनमार्फत दिने छ भुक्तानी

  •  
  • बिहिबार, फागुन १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, फागुन १२ गते । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार (फागुन–१५ गते)देखि अनलाइनमार्फत गरिने भएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भुक्तानी पाउने पक्षबाट सम्बन्धित कार्यालयलाई पहिलो चरणमा रु २५ हजारभन्दा माथिको भुक्तानी अनलाइनमार्फत उपलब्ध गराइने जनाएको छ ।

    हाल कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेक जारी गरी कार्यालयमा पठाइन्छ । कार्यालयले उक्त चेक बिल पेस गर्ने पक्षलाई बुझाउँछ । बिल पेस गर्ने पक्षले चेक बैंकमा पेस गरी भुक्तानी लिनेछन् ।

    अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी दिनुभयो । अनलाइनमार्फत भुक्तानीका लागि महालेखाले नेपाल क्लेरिङ हाउस लिमिटेड९एनसिएचएल०मार्फत सम्बन्धित बैंकमा भुक्तानी पठाउँछ । अनलाइनमार्फत भुक्तानी व्यवस्था भएसँगै भुक्तानी पाउन छिटो र सरल हुने उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिनुभयो ।

    हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । अनलाइनमार्फत एक दिनमै भुक्तानी हुने, जनशक्तिको खपत हुने र चेक हराउने तथा च्यातिने समस्या नआउने महालेखाको दाबी छ ।

    महालेखाका प्रवक्ता भण्डारीका अनुसार डिजिटल हस्ताक्षर अनिवार्य नभइसकेको अवस्थामा पूर्णरुपमा अनलाइन भुक्तानी दिन सकिँदैन । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.