काठमाडौं, १ फागुन । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको बैठकले डीआईजी चन्दलाई नेपाल प्रहरीमा र एआईजी सिंहलाई सशस्त्र प्रहरीको आईजीपीमा नियुक्त गरेको हो ।


