कैलासबावु श्रेष्ठ
बागलुङ, २९ माघ । बाग्लुङ्गमा क्रियाशील पत्रकारको लागि शुक्रबार निःशुल्क मिर्गौला जाँच सम्पन्न भएको छ ।
नेपाल प्रेस युनियन बागलुङको आयोजनामा शिविरमा पत्रकार र अन्य गरी ८४ जनाले मिर्गौला परीक्षण गराको धौलागिरि अञ्चल अस्पतालले जनाकारी दिएको छ । शिविर चलाउन धौलागिरि अञ्चल अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले प्राविधिक सहयोग गरेको थियो ।
मिर्गौलाबारे जनचेतना अभिवृद्धि गर्न शिविरबाट टेवा पुगेको शाखाका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।


