नवीन लामीछाने/लमजुङ्ग
माघ २२ गते । लमजुङ सदरमुकाम बेसीशहरमा प्रथम तामाङ सांस्कृतिक महोत्सव शुरु भएको छ ।
तामाङ जातिहरुको साँस्कृतिक पर्व २८५३ औँ सोनाम ल्होछारको अवसरमा पारि आयोजना गरिएको महोत्सवको एक कार्यक्रमकाबीच कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गर्नुभएको छ ।
‘भाषा लिपी मौलिक सँस्कृति तामाङको पहचिान, उत्पादन
निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवमा तामाङ भाषा, संस्कृति, परम्परागत खाना, तामाङ गाउँहरुका फोटो, तामाङ जातिले गरेका कृषि उत्पादनहरुको प्रर्दशन, घरेलु तथा हस्तकला प्रदर्शनी, स्थानीय भिर मह,तामाङ खानाका परिकारहरु समावेश गरिएका छन् ।
२ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक ५० हजार जनाले अवलोकन गर्ने र ५० लाख बराबरको कारोवार हुने अपेक्षा गरिएको छ । विभिन्न स्थानीय उत्पादन लगाएत खाना र हस्तकलाका गरि १२ वटा स्टल निर्माण गरिएको आयोजकले बताएको छ ।
नवीन लामीछाने मनाङ २२ माघ
मनाङस्थित स्याल्क्यु खोला लघुजलविद्युत आयोजना बिग्रिएपछि सदरमुकाम चामे अन्धकारमा परेको छ । आयोजनामा जडित टर्बाइनमा गम्भिर समस्या आएपछि विगत ३ दिनदेखि सदरमुकाम चामे लगायत असापासका गाउँलेहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार सदरमुकाममा विद्युत आपुर्ति बन्द भएपछि टेलिफोन, इन्टरनेट, फ्याक्स लगायतका महत्वपूर्ण सेवाहरु पूर्ण रुपमा बन्द भएका छन् । “१९ गते बिहानदेखि विद्युत आपुर्ति बन्द छ ।” सहायक प्रजिअ पन्तले भने, “विद्युतका कारण सरकारी कामकाजमा समेत समस्या आएको छ ।”
जिल्ला प्रशासन कार्यालयमा विद्युत नभएपछि कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्राहीलाई नागरिकता दिन समस्या भएको प्रजिअ पन्तको भनाई छ । उनका अनुसार जिल्ला विकास समितिमा सोलार जडान गरिएकोले प्रशासनको नागरिकता फाँटको कम्प्युटर नै जिविसमा लगेर सेवाग्राहीलाई सेवा दिइएको छ । “हामीले विद्युत नभएपछि प्रशासनबाट दिदै आएको नागरिकता जिविसबाट दिन थालेका छौं ।” उनी भन्छन्, “जसरी पनि सेवाग्राहीलाई सेवा त दिनैप¥यो ।” कारोबार अनलाइनमा खबर छ ।
स्थानियबासीले एनसेल कम्पनीको मोबाइल सेवा भने चलेको बताएका छन् । विद्युत अभावका कारण स्थानियहरु मोबाइल चार्ज गर्नका लागि सोलार भएका ठाउँमा लाइन लागेर चार्ज गर्ने गरेको सहायक प्रजिअ पन्त बताउँछन् ।
लमजुङमा प्रथम ऐतिहासिक तामाङ सांस्कृतिक महोत्सव शुरु
लमजुङमा प्रथम ऐतिहासिक तामाङ सांस्कृतिक महोत्सव शुरु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


